सेवा निगरानीबारे अभिमुखीकरण

          |   प्रकाशित मितिः मङ्लबार, जेष्ठ ७, २०७६     ::: 84 पटक पढिएको   |  

दैलेख जेठ ७ । जिल्लास्थित नागरीक समाजका प्रतिनिधीहरुलाई सामुदायिक विधालय र स्वास्थ्य संस्थाको सेवा निगरानी मापदण्डवारे अभिमुखीकरण गरीएको छ ।
युएसएआईडीको आर्थिक सहयोग र एफएचआई ३६० र सुन्दर नेपाल संस्थाको साझेदारीमा संचालित नागरीक समाज : पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत मंगलवार नागरीक समाजका प्रतिनिधीहरुलाई सो अभिमुखीकरण गरीएको हो ।
सो अभिमुखीकरण कार्यक्रममा नागरीक समाजका प्रतिनिधीहरुलाई सामुदायिक विधालय र स्वास्थ्य संस्थाको सेवा निगरानीका मापदण्डवारे जानकारी गराईएको थियो । सामुदायिक विधालय र स्वास्थ्य संस्थाको सेवा प्रवाहको अवस्थावारे नागरीक समाजवाट मापदण्ड अनुसार अनुगमन गर्नका लागि सहज वनाउन गरीएको सो अभिमुखीकरणमा नमुनाको रुपमा मापदण्डअनुसार अनुगमन गर्न जिल्लाका दुईवटा सामुदायिक विधालय र एउटा स्वास्थ्य संस्था छनौट गरीएको छ । अभिमुखीकरणमा भएको छलफलवाट स्वास्थ्य संस्था अन्र्तगत गुराँस गाउँपालिका वडा नंं. ४ मा रहेको रतिखोला स्वास्थ्य चौकी र सामुदायिक विधालयअन्र्तगत गुराँस गाउँपालिका वडा नंं.८ मा रहेको मालिका मावि र नारायण नगरपालिका वडा नं.१ मा रहेको त्रिभुवन मावि छनौट गरीएको छ । ति सामुदायिक विधालय र स्वास्थ्य संस्थाको अवस्थावारे अध्ययन अनुगमन गर्न ९ सदस्यिय निगरानी समुह पनि गठन गरीएको छ । समुहको संयोजकमा नागरीक समाजका अगुवा खड्गवहादुर सिजापति र सदस्यहरुमा कृष्णवहादुर थापा, शक्तिराम वुढा, टेकराज आचार्य, यज्ञराज थापा, रजनी योगी, रेखा थापा, भुपेन्द्र खड्का र उदय अधिकारी रहनु भएको छ । सो समुहले ति सामुदायिक विधालय र स्वास्थ्य संस्थाको अध्ययन अनुगमन गरीसकेपछि अवस्था विश्लेषण गर्ने वुझिएको छ ।





Leave a comment

Your email address will not be published.


*