दुर्घटनामा पाँच घाइते

          |   प्रकाशित मितिः बुधबार, जेष्ठ ८, २०७६     ::: 62 पटक पढिएको   |  

दैलेख जेठ ८।
दैलेखको नारायण नगरपालिकाको नमुना बस्ती नजिक बलेरो जीप दुघर्टना भएको छ । दैलेख बजार देखी ५ जना यात्रु र १० बोरा कुखुराको दाना लिएर भैरबी गाउँपालिकाको सिलिङ्ग जादै गरेको भे १ च २८०१ नम्बरको बलेरो जीप बुधबार नारायण नगरपालिका वडा नं २ को नमुना बस्ती नजिकै दुघर्टना भएको हो । जीप ब्रेक फेल भई करीब साढे ४ बजे तिर दुर्घटना हँुदा ५ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका ५ जना मध्ये ४ जनाको अवस्था सामान्य रहेको छ । दुई बर्षिया सन्दिप सार्कीको अवस्था भने गम्भीर रहेको दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताउनुभएको छ । घाइतेको अहिले दैलेख अस्पतालमा उपचार भइरहेको छ । जीप सडक देखि ५० मिटर तल रुखमा अडिएको थियो । जीप चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





Leave a comment

Your email address will not be published.


*