मृतक सबैको सनाखत

          |   प्रकाशित मितिः शुक्रबार, जेष्ठ १०, २०७६     ::: 110 पटक पढिएको   |  

दैलेख, जेठ १० गते । सुर्खेतबाट खाद्यान्न बोकेर दैलेखको ठाँटीकाँध गाउँपालिकातर्फ जाँदै गरेको ना ८ ख ३२८३ नंको मिनिट्रक दुर्घटनामा परेका तीनै जनाको सनाखत भएको छ । दैलेखको गुराँस गाउँपालिका–१ निगाल झाप्रामा दुर्घटना हुँदा मृत्यु भएका तीन जना ठाँटीकाँध गाउँपालिका–६ का जोरबहादुर थापा, धर्मथापा र दीपेन्द्र थापा रहेको स्थानीय प्रत्यक्षदर्शीले हिमाल खत्रीले बताउनुभएको छ ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखबाट गएको प्रहरी निरीक्षकको प्रेम क्षेत्रीको टोली घटनास्थलमा पुगिसकेको छ । ट्रकमा पेट्रोलको जर्किन राखिएकाले दुर्घटनासँगै पेट्रोलका कारण आगलागी भएको हुनसक्ने क्षेत्रीले बताउनुभयो ।

सडकबाट ३०० मिटर तल खसेको गाडीको पछाडिको चक्का पूरै जलेको छ । मृतकको शव पहिचान गर्न नसक्ने अवस्थामा रहेको तल्लो डुङ्गेश्वर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रहरी ठगीराम शर्माले जानकारी दिनुभएको छ । ट्रकमा भएको चामल, चाउचाउ भिरभरि छरपष्ट परेको स्थानीयले जानकारी दिएका छन् ।





Leave a comment

Your email address will not be published.


*