बन्दले दैलेखमा आंशिक प्रभाव

          |   प्रकाशित मितिः सोमवार, जेष्ठ १३, २०७६     ::: 77 पटक पढिएको   |  

दैलेख जेठ १३ गते ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आह्वान गरेको नेपाल बन्दका कारण आज दैलेखमा आंशिक प्रभाव परेको छ । बन्दका कारण केहि शैक्षिक प्रतिष्ठान र व्यापारीक पसलहरु बन्द भए । बजारमा केहि पसलहरु भने खुल्ला थिए । दैलेखबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेनन् । दैलेख –सुर्खेत सडकखण्ड तथा दैलेख सदरमुकामका सडकमा जीप कार, भ्यान, मोटरसाइकल, अटोरिक्सा जस्ता सवारी साधन निर्वाध रुपमा चलेका थिए । जिल्लामा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
दुई वटा मोटरसाईकलमा आगजनी

दैलेखमा बन्दको आंशिक प्रभाव परेपनि विप्लव समूहका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै कालिकोटबाट दैलेख आउँदै गरेका दुई वटा मोटरसाईकलमा आगजनी गरेका छन् । कालिकोटबाट कर्णाली राजमार्ग हुँदै दैलेख आँउदै गरेको भे ७ प ४७५७ र भे ८ प ३५८ नम्बरको मोटरसाईकललाई विप्लव कार्यकर्ताले आगजनी गरेका हुन् ।
विप्लव कार्यकर्ताले कालिकोटको शुभकालिका गाउँपालिका–१ कर्णाली राजमार्गको कालिकोट खण्ड कालेखोलामा दुई वटा मोटरसाईकल आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक देबेन्द्र मल्लले बताउनुभयो । कर्णाली राजमार्गमा मोवाइल गस्तीमा हिडेको प्रहरी टोली माथी विप्लव समूहका कार्यकर्ताले आक्रमणको प्रयास गरेको प्रहरी निरिक्षक मल्लले बताउनुभयो । उनिहरुले प्रहरीको गस्ती टोलीमाथी कर्णाली राजमार्गको सडकमाथीबाट ढुंगा खसालेको प्रहरी निरिक्षक मल्लले जानकारी दिनुभयो ।





Leave a comment

Your email address will not be published.


*