विश्व वातावरण दिवसको अबसरमा सरसफाई अन्तरक्रिया

          |   प्रकाशित मितिः बुधबार, जेष्ठ २२, २०७६     ::: 64 पटक पढिएको   |  

दैलेख जेठ २२ गते ।
दैलेखको भैरबी गाउँपालिका वडा नंं. ३ मा सरसफाई अन्तरक्रिया गरिएको छ । विश्व वातावरण दिवसको अबसरमा अन्तरक्रिया गरिएको हो । एईआएन लक्जेम्बर्र्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धन (आधार) परियोजनाको सहजिकरण तथा भैरबी गाउँपालिका वडा नं. ३ को हिमालय युवा क्लबको आयोजनामा अन्तरक्रिया गरिएको हो ।

‘स्वच्छ वायु, स्वच्छ जीवन’ नाराका साथ मनाईएको दिवसका अबसरमा वडा स्थित जनप्रतिनीधि, शिक्षक, महिला, युवा, बालबालिकाको सहभागिता रहेको परियोजनाका कृषि प्राविधिक कमल शाहीले बताउनुभयो । सोहि अबसरमा विद्यालयलाई डस्विन प्रदान गरिएको छ ।





Leave a comment

Your email address will not be published.


*