जीप दुर्घटना हुँदा १० जना घाइते, चारको अवस्था गम्भिर

          |   प्रकाशित मितिः सोमवार, असार २, २०७६     ::: 64 पटक पढिएको   |  

दैलेख २ असार
दैलेखका ठाटीकाँध गाउँपालिका–३ बहाकोटमा आज जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतबाट ठाटीकाँध तर्फ जाँदै गरेको भे १ च २०९० नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते भएका १० जना मध्ये चार जनाको अवस्था गम्भिर छ ।
दुर्घटनामा ठाटीकाँध गाउँपालिका–४ का जीप साहु ३० बर्षिया लोकेन्द्र बहादुर शाही, सोहि ठाउँका ३० बर्षिया बम बहादुर शाही, ४२ बर्षियाा सुरत शाही र जीप चालक २५ बर्षिया भरत विष्ट गम्भिर घाइते छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक ठाकुर प्रसाद पोखरेलका अनुसार जीप साहु शाहीको टाउको र हातमा गम्भिर चोट लागेको छ भने जीप चालकको कम्मरमा चोट गालेको छ । अन्य दुई जनाको मुख र छातीमा चोट लागेको प्रहरी नायब उपरिक्षक पोखरेलले बताउनुभयो ।
दुर्घटनामा परि ठाटीकाँध गाउँपालिका–४ का ५५ बार्षिया लालसिंह कठायत, ५४ बर्षिया जोक कठायत, २६ बार्षिया टेक बहादुर शाही, ३३ बर्षिया पदम थापा, २२ बर्षिया निम कठायत र ४० बार्षिया मोतिराम कठायत सामान्य घाइते भएका छन् । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको छ । दुर्घटनामा परि गम्भिर घाइते भएका चार जनाको हेलिकप्टरबाट नेपालगंज लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ । ब्रेक फेल हुँदा जीप दुर्घटनामा भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।





Leave a comment

Your email address will not be published.


*