तनावमा हुनुहुन्छ ?

          |   प्रकाशित मितिः बुधबार, असार ४, २०७६     ::: 109 पटक पढिएको   |  

■ बबिता बस्नेत

‘तनावमा हुनुहुन्छ ?’ कसैले यस्तो प्रश्न गऱ्यो भने ‘होइन म त रिल्याक्स छु, कुनै तनाव छैन’ भनी जवाफ दिनेहरूको सङ्ख्या कति होला ? सायदै पाउन गाह्रो पर्छ । मानिसको यही मनस्थितिलाई बुझेर हात या चिना हेर्ने कतिपय ज्योतिषीले सुरुमै भनिदिन्छन्, ‘मनमा तनाव भइरहँदोरहेछ ।’ जुन कुरा हरेकलाई शुरुमै मिलेजस्तो लाग्छ ।

तनाव कसलाई छ भन्दा पनि कसलाई छैन ? भनेर सोच्नुपर्ने अवस्था छ । हिजोआज मानिस बढी नै तनावमा देखिन्छन् । बिहानदेखि बेलुकासम्म सबैलाई आ–आफ्नोस्तरअनुसारको तनाव छ । सडकमा हिँडिरहेकादेखि गाडीमा गुडिरहेका हुँदै प्लेनमा उडिरहेकासम्मका अनुहारमा शान्तभाव देख्न गाह्रो छ । सानो छँदा पढाइ सकिएपछि त आनन्द हुन्छ जस्तो लाग्ने, त्यसपछि काम पाएपछि त व्यस्त भइहालिन्छ सबै कुरा ठीक हुन्छ भन्ने लाग्ने, अनि विवाह, बच्चा, सन्तानको पढाइ… ‘यसपछि त सब ठीक हुन्छ, अब त खुसीका दिन आउँछन्, जीवन सहज हुन्छ’ भन्दाभन्दै मानिसको जीवन बितेर जान्छ ।

असनमा नाम्लो बोकेर भारी बोक्ने काम खोजिरहेको व्यक्ति होस् या बिजनेस क्लासमा यात्रा गरिरहेको व्यापारी, जीवनका दुःखहरू आ–आफ्नै प्रकारका छन् । फरक यति हो भारी बोक्ने काम खोजिरहेका व्यक्तिले एक छाक आनन्दले खान पाए उनको समस्या सकिन्छ, बिजनेस क्लासवालाको समस्या विश्वकै उत्कृष्ट मदिरा या फाइभ स्टारको खानाले सकिँदैन ।

जीवनमा सुख र खुसी फरक कुरा हुन् । शुरुमा मानिसले सुखको सपना देख्छ, जब सुख हुन्छ अनि खुसी खोज्न थाल्छ । अनि सुख र खुसीको चाहनामै जीवन गुज्रिएको थाहै हुँदैन । विगतको सम्झना र भविष्यको परिकल्पनाको वरिपरि घुम्दाघुम्दै वर्तमान बाँच्नै नपाई मानिसले संसार छोडिरहेका हुन्छन् । मृत्यु शय्यामा पुगेका मानिसलाई सोधियो भने उनीहरूले भन्नेछन्– मैले सोचेजस्तो जीवन बाँच्नै पाइनँ । सोचेजस्तो जीवन बाँच्न नपाउनुको मुख्य कारण स–साना कुरामा अल्झिएर तनावपूर्ण दिनचर्यामा समय बिताउनु हो ।

जीवनको के भरोसा र ? कुनै पनि बेला मृत्युको सम्भावना बोकेर हामी बाँचिरहेका छौँ । यद्यपि हाम्रा व्यवहार भने आफूले अजम्बरी पाएर आएझैँ छन् ।

आफन्त, साथीहरू, चिनजानका मानिस तथा सार्वजनिक जीवनमा नाम सुनिरहेका व्यक्तिहरूको असामयिक मृत्यु हिजोआज प्रत्येक दिनजस्तो सुनिइरहेको छ । धेरैजसोको मृत्युको कारण हृदयाघात अर्थात् हार्टएट्याक्ट हुने गरेको छ । कोही बसिरहेको ठाउँमा, कोही सुतिरहेको बेला, कोही काममा जाँदै गर्दा, कोही एक्कासि छातीमा असहज भएपछि अस्पताल जाँदा बाटोमै, कोही अस्पतालकै बेडमा । बिरामी नै नभई एक्कासि मृत्युको खबर सुन्दा बाँच्नेहरूको मुटु धड्किनु स्वभाविकै हो । आफन्त र चिनजानका मानिसको मृत्युले अहिले धेरैको मनमा कतिबेला थाहै नपाई आफू पनि गइने हो कि भन्ने परेको छ । हुन पनि जीवनको के भरोसा र ? कुनै पनि बेला मृत्युको सम्भावना बोकेर हामी बाँचिरहेका छौँ । यद्यपि हाम्रा व्यवहार भने आफूले अजम्बरी पाएर आएझैँ छन् ।

युवा उमेरमै हार्टएट्याक्ट किन बढिरहेको छ ? भन्ने प्रश्न चिकित्सा विज्ञानसँग सम्बन्धित भएकाले यसलाई प्राविधिक रूपमा लिनुपर्ने हुन्छ । डाक्टरहरूले यसलाई जीवनशैली र हाम्रो खानपानसँग जोडेर हेर्ने गर्छन् । जीवनशैली, खानपानसँगै तनाव यसको प्रमुख कारण हुने गरेको छ । तनाव केलाई भन्ने, कतिसम्मलाई भन्ने र तनावलाई कसरी लिने भन्ने कुरा मानिसले परिस्थितिलाई हेर्ने दृष्टिकोणमा भर पर्छ । कतिले त्यही कुरालाई सामान्य रूपमा लिन्छन्, कतिले सोही कुरालाई विकराल बनाइरहेका हुन्छन् ।

कतिपय मानिस आफ्नो कुरा अरूलाई पटक्कै सेयर नगर्ने हुन्छन् । कम बोल्नु या मौन रहनु जीवनमा राम्रो कुरा हो । तर, मनमा पीडा राखेर गरिने मौनताचाहिँ घातक हुन्छ । हाम्रो समाज यस्तो बन्दै गएको छ कि आफ्नो मनको कुरा जस्ताको तस्तै सेयर गर्ने मानिस पाउन गाह्रो हुँदै छ । जीवनशैली र परिस्थितिजन्य फ्रस्ट्रेसनले मानिसमा डिप्रेसनका लक्षणहरू पनि त्यत्तिकै देखिइरहेका छन् । प्रतिशत तलमाथि मात्रै हो डिप्रेसन हामी सबैमा हुन्छ भनिन्छ । डिप्रेसनले धेरै मानिस तनावमा छन्, तनावका कारण धेरै मानिस डिप्रेसनमा छन् । तर, हाम्रो मुड या परिस्थितिहरू जस्तो भए पनि शरीर आफ्नै सिस्टममा चल्ने हुँदा उसले गर्ने काम गरिनै रहन्छ । त्यसैले पनि परिस्थितिलाई सहज रूपमा लिने शक्ति हामीले आफैँमा विकास गर्नु आवश्यक हुन्छ । जुन त्यति सहज होइन, तर कोसिस गऱ्यो भने असम्भव पनि छैन ।

हाम्रा भावनाहरूको आदानप्रदान र मनमा भएका कुराकानीको सेयरिङले मानिसको स्वास्थ्यमा महत्वपूर्ण स्थान राख्छ भनिन्छ । हार्टएट्याक्टको ट्रेन्ड हेर्दा महिलामा भन्दा पुरुषमा बढी देखिन्छ । यसको एउटा कारणचाहिँ हाम्रो हुर्काइ हो पनि भन्न मिल्छ होला । म त केटा पो हुँ कहाँ आफ्नो प्रेमिकाले धोखा दिएको कुरा गर्ने, म त लोग्ने पो हुँ कहाँ स्वास्नीलाई आफ्नो दुःख बताउने, म त बाबु पो हुँ जे भए पनि मनमै कुरा राख्नुपर्छ, कहाँ छोराछोरीलाई भन्ने ? बाबुआमाको अगाडि म कमजोर देखिन पनि त भएन… जस्ता कुराले पुरुषहरू प्रायः मनका बोझ हल्का गरिरहेका हुँदैनन् । पुरुष भएर रुनुहुँदैन भन्ने हाम्रो मान्यताले पुरुषले आफ्ना दुःखसुख र पीडाहरू पोख्न पाइरहेका हुँदैनन् ।

हिजोआज पुरुषको अनुहारमा मुस्कान देख्न गाह्रो छ । सुगर, प्रेसरलगायतका रोग नहुने मानिसको सङ्ख्या घट्दै छ, जसको एक मात्र कारण तनाव हो । यसको अर्थ महिला र पुरुषमा मात्रा तलमाथि होला, तर तनाव सबैमा छ ।

हाम्रोजस्तो समाजमा पुरुषले आफ्नो पीडा पोख्नका लागि, आँसु झार्नका लागि मदिरा नै सेवन गर्नुपर्ने अवस्था छ । मेहफिलमा जम्दै गएपछि रोएको देख्नेहरूले लोग्नेमान्छे रोएको साह्रै नरमाइलो भन्ने गरेको सुनिएको छ । रुने कुरा आफैँमा नरमाइलो र चित्तदुख्दो त हो नै, हाम्रो हेर्ने दृष्टिकोणले पनि त्यसमा फरक पारिरहेको हुन्छ । महिलामा तनाव नभएको होइन, घरेलु हिंसादेखि अपमान हुँदै आत्मसम्मानमा चोटसम्म मनभरि लिएर हिँड्नेहरूको सङ्ख्या धेरै छ । अनेक तनावबाट गुज्रिए पनि साथीभाइ, आफन्त, माइती, नातेदारलगायतलाई आफ्ना दुःख सेयर गर्न उनीहरू स्वतन्त्र छन् । महिलाका दुःख, पीडा सुन्ने सङ्घसंस्था पनि छन् । यद्यपि व्यावसायिक जीवनमा अघि बढ्दै गएका महिलाका लागि यसप्रकारका सेयरिङहरू असहज बन्दै गएका छन् । एकजना साथीले भन्थे– हिजोआज पुरुषको अनुहारमा मुस्कान देख्न गाह्रो छ । सुगर, प्रेसरलगायतका रोग नहुने मानिसको सङ्ख्या घट्दै छ, जसको एक मात्र कारण तनाव हो । यसको अर्थ महिला र पुरुषमा मात्रा तलमाथि होला, तर तनाव सबैमा छ ।

‘स्ट्रेस कोपिङ मेकानिजम’बारे हामीकहाँ चर्चा हुने गरेको छैन । योग, ध्यान, सकारात्मक सोच…उपायहरू फररर…भन्न जति सहज छ, हाम्रा स्कुल, कलेज, घर, कार्यस्थल, अभ्यासमै लागू गर्ने वातावरण त्यति देखिँदैन । घटना–सन्दर्भहरूलाई कसरी सहज रूपमा लिने भन्ने कुरा मानिस आफैँले आफूभित्र विकास गर्ने कुरा हो । मानिस हो जीवनमा सोच्दै नसोचेका घटनाहरू एक्कासि भइदिन्छन् । हामी सबैलाई आफ्नो कारणले भन्दा अरूको कारणले हुने तनाव धेरै हुन्छन् जस्तो लाग्छ । तर, ती तनावको व्यवस्थापन भने अरूले गरेर हुँदैन, आफैँले गर्नुपर्छ । माइन्डलाई व्यवस्थित गर्न सक्यो भने धेरै कुराको समाधान निस्किन्छ ।

मानिसको माइन्ड जति डरलाग्दो हतियार हो त्यति नै राम्रो ‘कम्पास’ पनि हो जसले जीवनलाई सही दिशाका लागि मार्ग निर्देशन गर्न सक्छ । बलात्कार माइन्डले गर्ने हो, हतियार पनि माइन्डल नै उठाउने हो, ध्यान पनि माइन्डले नै गर्ने हो । जीवन प्रकृतिको उपज भएकाले प्रकृतिसँगको सम्बन्ध निकट राख्नु आवश्यक छ ।

प्रकृतिजति समावेशी संसारमा केही पनि छैन । प्रकृतिले धनी, गरिब, महिला, पुरुष, तेस्रोलिङ्गी, काला, गोरा केही भन्दैन । पानी पर्दा सबैका लागि पर्छ, हावा सबैलाई बराबरी आउँछ, बाढीपहिरो, भूकम्प, घामको न्यायो सबै बराबरी । अघिपछिको कुरा मात्रै हो मृत्युमा पनि यसले पक्षपात गर्दैन । तनाव कम गर्न आफूले आफूलाई कसरी ट्रेन्ड गर्ने हाम्रो आफ्नै हातमा छ । दुःख र खुसीलाई कसरी लिने हामी आफैँमा निहित छ । अरूको हातमा हाम्रो खुसी र सुख निहित रहेको ठानुन्जेल हामी तनावमुक्त हुँदैनौँ । त्यहाँसम्म पुग्न मानिसलाई केही समय लाग्छ, तर अभ्यास गर्दै जाँदा असम्भव भने छैन । घटना र विचारबाट





Leave a comment

Your email address will not be published.


*