ट्याक्टर दुर्घटनाामा तीनको मृत्यु, चार गम्भीर घाइते

          |   प्रकाशित मितिः बुधबार, असार ११, २०७६     ::: 74 पटक पढिएको   |  

अछाम 
मंगलसेन, असार ११ गते ।
जिल्लाको चौरपाटी गाउँपालिकाको सोकटमा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 
बुधबार बिहान चौरपाटी गाउँपालिका–३ शोकटस्थित कोलगैरामा से १ त ७८३९ ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु र चार घाइते भएका हुन् । 
मृत्यु हुने चौरपाटी गाउँपालिका–२ का दशपल्ले माविमा कक्षा ९ मा अध्ययरत लक्ष्मी साउँद, ८ कक्षा अध्ययनरत काली साउँद र सोही विद्यालयबाट एइइ परीक्षा दिएर बसेका रमेश साउँदको रहेको शिक्षक लोकबहादुर बोगटीले जानकारी दिनुभयो । 
घटनामा गम्भीर घाइते हुनेमा कक्षा ६ मा अध्ययनरत उत्तम साउँद, कक्षा ८ मा अध्ययनरत मानबहादुर भुल र कक्षा ९ मा अध्ययनरत शारदा साउँद रहेका छन् । सोही ट्याक्टरमा दुर्घटनामा परेकी कक्षा १ मा अध्ययनरत सरस्वती साउँद भने सामान्य घाइते भएकी प्रहरीको भनाइ छ । घाइते चारै जनालाई उपचारका लागि चौरपाटी स्वास्थ्य केन्द्रमा पुर्याएको छ ।
बालुवा ल्याउन सेती नदीतर्फ जाँदै गरेको विद्यार्थीसहितको ट्याक्टर ओरालोमा अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाका बारेमा अनुसन्धानका लागि मंगलसेन, साँफेबगर र चौरपाटीबाट प्रहरी गएको बताइएको छ । ट्याक्टरका चालक भने हामफालेर बाँच्न सफल भएका छन् ।





Leave a comment

Your email address will not be published.


*