शिक्षक नै वास्तविक अगुवा

          |   प्रकाशित मितिः आइतवार, कार्तिक ८, २०७२     ::: 387 पटक पढिएको   |  

atma sirआत्माराम भट्टराई

विद्यालयमा दिइएका शारीरिक एवं मानसिक सजायबाट बालबालिका प्रताडित भएका घटनाहरु हाम्रा अगाडी ताजै छन् । यसका साथै विद्यँलयमा गरिने दूव्र्यवहारका कारण पनि बालबालिका भयमूक्त हुन सक्दैनन् । शिक्षक वा ठूला विद्यँर्थीले खास गरी केटीहरुको गाला सुम्सुम्याउने, मसार्ने, ढाडमा धाप मार्ने गर्नाले पनि बालीकामा नकारात्मक असर पर्न जान्छ । केटा र केटीलाई जोडेर गाली गर्ने, विवाह गरेको भए यती उती छोरा छोरी हुन्थे भनि अवहेलना गर्ने गर्नाले पनि बालबालिका भयमूक्त हुदैेनन् । जब बालबालिकाले सजाय पाउछन् उनीहरुलाई तनाव हुन्छ । फलस्वरुप बालबालिकाले विद्यँलयमा नपढी भाग्ने, अपशब्द÷फोहोर शब्द बोल्ने, आक्रमण गर्ने, गाली गलौच गर्ने, हतियार लिई कक्षाकोठामा आउने, कक्षामा पढाइप्रति ध्यान केन्द्रित नगर्ने, विद्यँलय नियम नमान्ने, विद्यँलय÷कक्षाकोठामा धुम्रपान गर्ने, गृहकार्य नगर्ने, कक्षामा हो–हल्ला गर्ने, बेन्च वा डेस्क, भित्तामा जथाभावि लेख्ने, अरुको सामान चोर्ने, भौतिक सम्पत्ति तोडफोड गर्ने जस्ता अनुशासनजन्य अस्वस्थ व्यवहार गर्दछन् वा दोहो¥याउछन्ः ।

हाम्रो समाजमा पशुलाई पिट्नु क्रुरता र अमानवीय मानिन्छ, वयस्कलाई पिट्नु अपराध मानिन्छ तर बालबालिकालाई पिट्नु सामान्य मानिन्छ । हामीसंग तर्क के छ भने उनीहरुलाई सुधार गर्न पिट्नु आवश्यक छ । दण्ड वा सजाय बालबालिकालाई अनुसासनमा ल्याउने साधनको रुपमा प्रयोग गरीएको छ र मानिसमा सोहि अनुसारको धारणा रहेको छ । भनिन्छ दण्ड दियो भने विद्यँर्थीले फेरीे गल्ती दोहो¥याउदैन, सजायको प्रयोग गरी बालबालिकबालाई सहि मार्गमा हिडाउन सकिन्छ तथा सजायको विकल्प नै छैन । कतिपय शिक्षकहरुको धारणा त के रहेको छ भने म सानो हु“दा मेरा शिक्षकले पनि मलाई सजाय दिन्थे, खोई म ठीकै छु । तर त्यसो होइन ।

हाम्रो परम्परागत सोचाइ छ कि गृहकार्य नगर्नु विद्यँर्थीले गल्ती गर्नु हो । अनि हामी शिक्षक उसलाई कुनै न कुनै सजाय दिइहाल्छौं तर सोच्दैनौं कि उसले गृहकार्य नगर्नुमा हाम्रो पनि कुनै दोष छ कि ? हामीले उसलाई बुझाउन सकेनौं कि ? अभिभावकले गर्ने वातावरण मिलाइदिएनन् कि ? उसले सिक्न नसक्नु, नबुझ्नु, घरमा गृहकार्य गर्ने वातावरण नपाउनु के उसको गल्ती हो त ? होइन भने उसलाई सजाय किन ? कक्षामा विद्यँर्थी बढी हुनु के त्यो सजाय पाउने बालकको गल्ती हो ? होइन भने उसलाई सजाय किन ? चकचक गर्दछ अनि नपिटी हुदैन भन्ने धारणा हामीमा छदैछ । चकचक गर्नु बालबालिकाको विशेषता हो । उसले आफ्नो विशेषता देखायो भन्दैमा सजाय पाउनु पर्दछ र ? यो कहा“को नियम हो ? नबोल्ने, टोहोलाउने, चकचक नगर्ने र कुनै प्रतिक्रिया नदेखाउने भयो भने त हामीले यो बालक पक्कै पनि असामान्य हो भनि बुझ्नु पर्दछ र उसलाई आवश्यक उपचार गर्ने तर्फ लाग्नुपर्दछ । प्रश्न उठ्न सक्दछ, के विद्यार्थी शान्त भएर बसेपछि मात्र शिक्षकले पढाउने हो त ? पक्कै होइन होला । विद्यँर्थीले एउटा सानो गल्ती गर्दछ, शायद सो गल्ती सिकाइको क्रममा पनि हुनसक्दछ, अनि उसले सजाय पाउछ । सजायको बदला अर्को गल्ती गर्छ, पूनः सजाय पाउछ र अन्तमा उ निस्कन नसक्ने गरी चक्रव्यूहमा फस्छ र एउटा अमानव बनेर निस्कन्छ । सजायले बालबालिकामा खराव कार्य गर्न हौसाउछ, बलियोले निर्वलियो माथी अन्याय गर्ने सोच बढाउछ ।

दक्षिण एशियामा मानव विकास प्रतिवेदनले नेपालमा १४ प्रतिशत विद्यार्थीहरु शिक्षकको पिटाइ वा डरका कारण विद्यालय छोड्छन् भन्ने कहालीलाग्दो विवरण सार्वजनिक गरेको छ । त्यसैगरी सेभ द चिल्ड्रेन र हातेमालो सञ्चारले २०६१ सालमा काठमाण्डौ उपत्यकाका कक्षा ६, ७ र ८ मा अध्ययन गर्ने विद्यार्थीै र सोही विद्यालयमा अध्यापन गराउने शिक्षकवीच गरिएको अध्ययनअनुसार ८२ प्रतिशत विद्यार्थीले शिक्षकहरुबाट सजाय दिने गरेको तथ्य उजागर गरेका छन् भने ७१ प्रतिशत विद्यार्थी आफैले सजाय पाएको खुलासा गरेका छन् । सजायको कारणका सन्दर्भमा ७२ प्रतिशत गृहकार्य नगर्दा, १९ प्रतिशतले कक्षामा हल्ला गर्दा र ६ प्रतिशतले साथीको विरुद्धमा उजुरी गर्दा शिक्षकले सजाय दिएको बताए । शिक्षकको आचार, विचार र ब्यवहारको बालबालिकाले अनुकरण गरिरहेका हुन्छन् ।

विश्वका धैरै देशहरुमा कानुनी रुपमा अमान्य मानिएको शारीरिक सजाय व्यवहारमा भने लागू भएको देखिंदैन । विश्वका धैरै देशहरुमा बालबालिकाहरु शारीरिक सजायबाट पिडित छन् । नेपालमा २०६५ साल मंसिर ६ गतेका दिन शिक्षा मन्त्रालय, शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र, प्लान नेपाल, सेभ द चिल्ड्रेन, तथा युनिसेफको संयुक्त प्रयासमा भयरहित सिकाइका लागि शारीरिक सजायको अन्त्य गर्ने र विद्यालयमा आत्मसम्मानका साथ सिक्ने वातावरणको प्रवद्र्धन गर्ने उद्देश्यका सार्थ राष्ट्रिय अभियानको सुरुवात गरे । त्यसै गरी विद्यार्थीहरूको पठनपाठनको अधिकारलाई सुनिश्चितता तथा सुलभता प्रदान गर्दै बिना व्यवधान सुव्यवस्थित र शान्त वातावरणमा विद्यालयहरूको निरन्तर सञ्चालनको सुनिश्चितताको लागि मिति २०६८ जेष्ठ ११ गते बसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले विद्यालयलाई शान्तिक्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

नेपालको संविधान २०७२ मा मौलिक हकअन्तर्गत धारा ३९ को उपधारा ६ मा कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन उल्लेख भएको र उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन नपाइने र त्यस्तो ब्यवहार गरिएको ब्यक्तिलाई कानूनले निर्धारण गरेबमोजिमको क्षतिपूर्ति दिइने संवैधानिक ब्यवस्था सुनिश्चित गरेको छ । विद्यालय सुधार योजना २००९ –२०१५ ले पनि पठनपाठनको क्रममा कुनै पनि विद्यार्थीलाई कुनैपनि किसिमको सजाय दिन नहुने विषयलाई उल्लेख गरिएको छ । जसमा भनिएको छ कि विद्यालयमा कुनै पनि बालबालिकालाई कुनै पनि किसिमको भौतिक दण्ड सजाय दिइने छैन । बालबालिकाहरू लाई भौतिक दण्ड सजाय गर्ने शिक्षक र विद्यालयलाई दोषी मानिनेछ । यस क्रममा शिक्षकलाई उसले पाउने ग्रेड घटुवा गर्ने र विद्यालय व्यवस्थापन समितिलाई चेतावनी दिएर अनुशासनसम्बन्धी कारवाही गरिनेछ ।

विद्यँलय बालबालिकालाई टिकाउने हुनुपर्दछ । बालबालिकालाई विद्यँलय जाउँ जाउँ लाग्ने वातावरण विद्यँलयमा हुनुपर्दछ । विद्यँलयमा बसौं बसौं, पढौं र कक्षा नछाडौं भन्ने भावना बालबालिकामा जगाउने खालको वातावरण विद्यालयमा हुनुपर्दछ । विद्यालयमा बालबालिकालाई कुनै पनि दण्ड विना शिक्षण गरिनुृपर्दछ । उनीहरुलाई बालमैत्री वातावरण विद्यँलयमा प्रदान गरिनुपर्दछ । बालबालिकालाई कुनै पनि डर, त्रास वा भय हुनुहुदैन । नजाने वा सिक्न नसकेकोमा बारम्बार शिक्षकले कुनै डर, त्रास, तनाव उत्पन्न नगराई सिकाउने वातावरण विद्यँलयमा हुनुपर्दछ । बालबालिकाले खेल, गीत, कथाको माध्यमबाट शैक्षिक सामग्री प्रयोग गरी सिक्न पाउनुपर्दछ । यसरी बालबालिकाले विद्यालयमा कुनै डर, त्रास, तनावबाट मुक्त भई सहभागीतामूलक रुपमा बालमैत्री वातावरणमा सिक्नु नै भयरहित सिकाइ हो ।

जबसम्म बालबलिकाले विद्यँलयमा आत्मसम्मान पाउदैनन् तवसम्म उनीहरुको सिकाइ सार्थक हुदैन । हामी कसैलाई विद्यँर्थीलाई दण्ड दिने रहर छैन तर हामीले त्यसलाई बाध्यता मानिरहेका छौं । त्यसको मूल कारण हो शिक्षकमा विद्यमान परम्पारागत सोंच र परम्परागत शिक्षण विधि जसलाई टेवा पु¥याइरहेका छन् निरक्षर अभिभावक र घरपरिवारको सजायसहित वातावरणले । बालअधिकार र बालमनोविज्ञानका बारेमा शिक्षक अनविज्ञ हुनु र बिद्यालय बालमैत्री नहुनुले पनि बालबालिकाले सजाय भोगिरहेका छन् । सम्पूर्ण बिद्यालय परिवार विद्यालयमा भौतिक पूर्वाधार सुधार र शिक्षकका सेवा सुविधा बढाउन तल्लिन रहन्छ र सोहि बमोजिम योजना बनेको हुन्छ तर दण्डरहित शिक्षण सिकाइको योजना कहिल्यै बन्दैन र बाल अधिकार संरक्षण्ँका बिषयमा कसैले सोच्दैन ।

बालबालिका र शिक्षामा लगानि गर्न असक्षम तथा लगानि गर्न नचाहने मानसिक गरीबी पनि यस अभियानको बाधक बनेको छ । गरिवीका कारण बालबालिका विद्यँलय भोकै जाने वा दिउसो खाजा खान नपाउदा भोकको कारण उसले एकाग्रता गर्न नसक्दा सजाय पाउछ भने अर्को तर्फ नियमित विद्यालय नजाने, पोशाक नलगाउने, शुल्क नतिर्ने, कपीकलम नलग्ने गर्दा पनि सजाय पाइरहेका छन् । कक्षाको आधारमा शिक्षक संख्या नहुँदा भएका शिक्षकलाई कार्यबोझ पर्न गई तनावका कारण दण्ड दिने साथै सेवासुविधा कम भन्ने महशुस भएको खण्डमा शिक्षकमा खिन्नता एवं तनाव सृजना भई रिस बालबालिकामाथि पोख्ने अबश्था पनि रहिरहेको छ । शिक्ष्ँकबाट मात्र नभई आफुभन्दा ठूला बिद्यार्थीबाट पनि बालबालिकामा भय रहन्छ । कक्षामा कम उमेर र बढी उमेका बालकालिका भएमा ठूलाबाट सानालाई जहिले पनि भय रहन्छ । पासफेलमूखी परीक्षा प्राणालीका कारण बालबालिकालाई परीक्षारुपी भुतले तर्साइरहेको हुन्छ । यी सबै कुराहरुलाई बढवा दिने हाम्रो धार्मिक परम्परा रहिरहेको छ । हिन्दु धर्म अनुसार पुुत्र १० वर्ष नपुग्ने बेलासम्म माया दिनुपर्छ, १० देखि १४ वर्ष सम्म ताडना दिनुपर्छ र १४ वर्ष पुगेपछि मित्रको व्यवहार गर्नुपर्छ भन्ने मान्यता रहिरहेको छ ।

बालबालिकाको भयरहित र सम्मानजनक वातावरणमा सिक्न पाउने अधिकार सुनिश्चित गर्ने पहिलो जिम्मेवार तथा अगुवा भनेका शिक्षक हौं । हामीले आफ्नो परम्परागत सोच, धारणा एवं शिक्षण विधिलाई समयसापेक्ष बनाइनुपर्दछ । बालबालिकालाई अनुशाशनमा ल्याउने अन्तिम बिकल्प दण्ड होइन । उनीहरुको व्यवहार परिबर्तन गर्नुपर्दछ र व्यवहार निर्माणमा सकारात्मक अनुशासन विधिको प्रयोग गरौं । बिद्यालयका नीति नियम निर्माणमा बालबालिकाहरुको पूर्ण संलग्नता र सहभागिता सुनिश्चित गरौं र बालबालिकाको आवश्यक्ता र समस्या बुझि सहयोगी वातावरण र बालमैत्रीपूर्ण शिक्षणसिकाइ वातावरण तयार गरौं । बालबालिकाहरु समुहमा खेल्न मन पराउछन त्यसकारण बालबालिकाहरु समूहमा सहयोगी भई चरित्र निर्माण गर्न सक्ने अवस्था सिर्जना गरौं । सानै उमेरदेखि बालबालिकालाई शान्ति शिक्षाको प्रत्याभूत दिलाउदै तनावमुक्त र रमाइलो शिक्षणसिकाइ वातावरण तयार गरौं । आप्mनो परम्परागत शिक्षण बिधिलाई पमिार्जन गरौं । विद्यालयमा दिइने शारिरीक सजायको साधन लµी र पञ्जालाई सिकाई सामग्रीमा परिमार्जन गरौ । लµी र पञ्जाको सहायताले गणितका जोड घटाउ सिकाउँ । स्थानमान तालिका सिकाऊ । लामो–छोटो, मोटो–मसिनो को आकार सिकाउँ । गुणन तालिका सिकाउँ । नाप शिक्षणको लागि प्रयोग गरौ । भाषा शिक्षण नाम, विशेषण आदि को शिक्षण गर्न प्रयोग गरौ । औंलाका नाम सिकाउँ । विज्ञानमा नरम– कडा, तातोे– चिसो शिक्षण गर्न प्रयोग गरौं ।

सहभागितामूलक शिक्षणसिकाइ क्रियाकलाप तर्जुमा र कार्यान्वयन गरौं । हाम्रो काम पढाउने नभइ सिकाउने हो र सिक्नका लागि सहजिकरण गर्ने हो । त्यसकारण बालबालिकाले कसरी सिक्छन् त्यसको उपाय खोजौं । पाठ्यक्रमको प्रयोग गरौं । सिकाइ उपलब्धिमा आधारित शिक्षण सिकाइ क्रियाकलाप गरौं । निरन्तर मूल्याङ्कन गरी सुधारात्मक शिक्षण गरौं । बालबालिकालाई माया गरौं । उनीहरुलाई बिद्यालयमा सुरक्षित छौं भन्ने महशुस गराउँ । उनीहरुको आत्मबल बढाऔं र अघि बढ्ने कार्यमा उत्प्रेरित गरौं । हामी आफू उदाहरणीय बनी विद्यँर्थीहरुलाई असल व्यवहारको अनुशरण गर्न सक्ने मौका दिउँ ।

आज सम्म हामीले बालबालिकालाई एउटा पूर्ण मानवको रुपमा लिएनौं । उनीहरुका इच्चा र सपनाहरु सधै वयस्कहरुद्वारा थिचिए । उनीहरुलाई पिट्नुलाई हाम्रा मान्यता र सामाजिक संस्कारहरुले बैधता प्रदान गरेको छ । हामीले हिजो बाल्यकालमा हँमीलाई पिट्ने व्यक्ति प्रति कस्तो धारणा बनाएका छौं । पक्कै पनि उनीहरुप्रति हाम्रो सद्भाव छैन । हामी संगै पढ्ने कति साथीहरु विद्यालयमा पिटाइ खाएकै कारण विद्यालय छोडेर हिडेको हामीले नै देखेका छौं ।

हामी ज –जस्ले बाल बालिकालाई विद्यालय पिटेका छौं, हाम्रो एउटै उद्देश्य भनेको ती बालबालिकामा हामीले चाहे अनुसारको सुधार ल्याउनु हो । तर परिणाम उल्टो आएको हुन्छ । बालबालिकामा सुधार पनि आएको हुदैन र उसलाई मानसिक, शारिरीक, संवेगात्मक तथा सामाजिक रुपमा कहीं न कही असर परेकै हुन्छ । त्यसो भए अव हामीले आफ्ने खुट्टामा बञ्चरो किन हान्ने त ? आजै देखि बालबालिकालाई एउटा पूर्ण र विशेष अवस्थाको मानवको रुपमा व्यवहार गर्दै उसलाई स–सम्मान बांच्ने र सिक्ने वातावरण श्रृजना गरौं । यसका लागि विद्यालयका वास्तविक अगुवा हामी शिक्षक नै हौं ।

लेखक सेभ द चिल्ड्ेनका जिल्ला कार्यक्रम संयोजक पदमा कार्यरत हुनुहुन्छ ।





Leave a comment

Your email address will not be published.


*