प्रतिनिधिसभामा तीन विधेयक पेश

          |   प्रकाशित मितिः आइतवार, असार २२, २०७६     ::: 75 पटक पढिएको   |  

काठमाडौँ — प्रतिनिधिसभाको आइतबारको बैठकमा सदनसमक्ष तीन विधेयक पेश भएको छ । बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५, बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५ र खानेपानी तथा सरसफाइ विधेयक, २०७५ पेश भएका हुन् ।

दुई विधेयक कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले र खानेपानीमन्त्री बीना मगरले खानेपानी तथा सरसफाइ विधेयक, २०७५ पेश गरका हुन् ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्नेछ ।





Leave a comment

Your email address will not be published.


*