कर्णालीको गरिबी र भविष्य

          |   प्रकाशित मितिः मङ्लबार, असार २४, २०७६     ::: 21 पटक पढिएको   |  

राजन रावत

कर्णाली भन्नेबित्तिकै भोकमरी, स्वास्थ्य सेवाबाट वञ्चित, शिक्षामा पिछडिएको, दुुर्गम र भौगोलिक रूपमा विकट ठाउँका रूपमा बुझिने गरेको पाइन्छ । यसमा केही सत्यता भए पनि वास्तविक स्थिति भिन्न छ । धेरैजसोले कर्णालीबारे धारणा बनाउँदा अवास्तविक र सुनेकोमा भर पर्ने गरेको पाइन्छ । जो व्यक्ति कर्णालीमा पुुग्छ, उसले नसोचेको कुरा रहेछ भन्दै जिब्रो टोक्न थाल्छ तर जति सम्भावना छन्, त्योभन्दा धेरै समस्या छन् । 
कर्णाली नदेखेका र अनुभव नगरेका व्यक्तिले बनाएको योजनाले कर्णालीको विकास र गरिबी न्यूनीकरणमा कसरी सफलता पाउँछ ? योजनाकारले कर्णालीको वास्तविक वस्तुस्थितिलाई आँकलन गर्न नसकेको स्पष्ट हुन्छ । अहिले भइरहेको कर्णालीको विकासको तरिकाले वास्तवमै समुुन्नत कर्णाली बनाउने न त उद्देश्य लिएको देखिन्छ, न त सही रणनीति नै । छ भने केवल झारा टार्ने मानसिकता । कर्णालीसँग आफ्नो मात्र होइन, देशलाई समृद्ध बनाउने अथाह प्राकृतिक स्रोत र साधन छन् । यसलाई राज्यले उपयोग गर्ने खालका कार्यक्रम नल्याउँदासम्म केही हुुने देखिँदैन । 
समस्याको जड
पहिलेको कर्णाली र अहिलेको कर्णालीमा निकै भिन्नता छ तर पनि कर्णालीवासीको अपेक्षा र यहाँको सम्भाव्यताबमोजिम विकासले गति लिएको पाइँदैन । भूगोल ठूलो छ, जनसङ्ख्या कम छ । उन्नत खेती प्रणालीका लागि दक्ष र मिहिनेती जनशक्तिको आवश्यकता पर्छ जो कर्णालीमा छैन, प्राविधिक जनशक्ति र प्रविधि कर्णालीमा पुग्दैन । यसको परिणामस्वरूप कर्णालीको खेतीयोग्य जमिनबाट उत्पादन कम हुुँदै गएको छ, केहीले गरे पनि पुुरानै तरिकाबाट हुुँदै आएको छ । अझ भनौँ खेतीप्रति मानिसको वितृष्णा नै छ । 
कर्णालीवासीको खाने बानी स्थानीय उत्पादन अनुकूल छैन । खाने बानी परिवर्तन हुुनुु अति आवश्यक देखिएको छ । यसो नहुँदा कर्णालीवासीलाई परनिर्भर बनाउँदै गरिबीतिर धकेल्छ । स्थानीय अन्नपात प्रतिस्थापन हुुने अवस्था छ । यहाँ उत्पादन कम हुने होइन, आवश्यक खाद्यान्न यहीँ उत्पादन हुनसक्छ । 
यति मात्रै होइन, कर्णालीको खेतीयोग्य जमिनबाट पौष्टिक तत्वयुुक्त चिनो, मार्सी धान, फापर, कोदो, जौ, उवा, गहुुँ, कागुनो, सिमी, आलुुको उत्पादन राम्रो हुुन्छ तर यसको प्रयोग गर्ने मानिस कम छन् । सबै सरकारको ढुवानी अनुुदानको चामलप्रति निर्भर हँुुदै आएका छन् । 
कर्णालीका लागि विनियोजन भएको बजेटको ६० प्रतिशत रकम ढुवानीमा खर्च हुुनुु अर्को ठूलो समस्या हो । यसले पनि कर्णालीमा गरिबी बढाउन सहयोग नै गरेको छ । बजेट धेरै विनियोजन हुुने तर काम कम हुन्छ । अझ यसलाई कर्णालीको बजेटको ठूलो हिस्सा हवाईजहाजले लैजान्छन् । अर्को, कर्णालीका स्थानीयवासी हवाई ढुवानीमा निर्भर रहनुपर्ने बाध्यताले दैनिक उपभोग्य सामग्रीदेखि लत्ताकपडा तथा विकास निर्माणका सामग्रीको मूल्य उच्च हुन्छ । 
व्यावसायिकताको कमी यहाँको अर्काे समस्या हो । सडक यातायातले जोडिएपछि जुुम्लामा केही क्षेत्रले व्यावसायिक रूप लिन थालेको भए पनि अन्य चार जिल्लामा यसको सुुरुआत भएको छैन । सम्भावना प्रशस्त भए पनि मानिसमा व्यवसायप्रति आकर्षण हुन सकेको पाइँदैन । 
सम्भावनाका क्षेत्र
कर्णालीको समस्या समधान गर्न राज्यले थोरै कुुरामा मात्र ध्यान दिए पनि कर्णाली अगाडि बढ्ने मार्गप्रशस्त हुुन्छ । हुुम्लामा भएका अथाह प्राकृतिक साधनको उपयोग गर्न सके कर्णाली क्षेत्र र कर्णाली प्रदेशमात्रै होइन, पूरै मुलुक नै लाभान्वित हुनसक्छ । जलस्रोत, जडीबुुटी, फलफूल, पर्यटनको विकासबाट हुुने फाइदा त सबैले बताउँदै आएको विषय हो । यसभन्दा पनि बाहिर प्रचारमा नआएको तर सम्भावना बढी भएका उत्पादन पनि धेरै छन् । कर्णाली क्षेत्रभरि हुुने ढँटेलो फलको खासै उपयोग गरिएको पाइँदैन । यस फलको विशुुद्ध अर्गानिक तेल निकाल्न सकिन्छ । केही मात्रामा यसलाई प्रयोगमा ल्याएर स्थानीयले तेल उत्पादन गर्ने र धेरैजसो आफैँले प्रयोग गर्ने गरेको भए पनि जति मात्रामा यो फल उत्पादन हुुन्छ, त्यसको उपयोग गरिएको पाइँदैन । यो राष्ट्रिय वन, कबुुलियती वन तथा खेतबारीमा पनि लगाउन सकिन्छ । यसलाई व्यावसायिक रूपमा खेती गरेमा स्वरोजगारी सिर्जना गर्न सकिन्छ । भर्खर केही मात्रामा भए पनि यसको बाहिर निकासी हुुन थालेको छ । 
चुली फल कर्णालीको अर्काे सम्पत्ति हो । असार महिनामा पाक्ने यो फल कर्णालीमा मात्र पाइन्छ । यो अहिले खेर गइरहेको छ । यसको बाहिरको फल खाने र भित्रको गुुदीबाट तेल निकाल्न सकिन्छ । बहुउपयोगी यो वनस्पतिलाई डालेघाँस तथा दाउराको रूपमा पनि प्रयोग गर्न सकिन्छ । हाल यसबाट तेल उत्पादन गरी स्थानीयले केही मात्रामा खानेतेलका रूपमा प्रयोगमा ल्याउने गरेका भए पनि यसबाट पनि मूल्यवान प्रसाधन सामग्रीका रूपमा उत्पादन नगण्य छ । कर्णालीभरि उत्पादन हुुने भएकाले यसलाई व्यावसायिक खेती गरेर स्वरोजगारी र आयआर्जन गर्न सकिन्छ । 
कर्णाली क्षेत्रमा उत्पादनको सम्भावना भएको अर्को फल ओखर हो । हाल जति फलेको छ त्यसलाई स्थानीय जनताले रहरले मात्र फलाउने गरेका छन् । यसको व्यावसायिक रूपमा खेती गर्न सके आम्दानी बढाउन सकिन्छ । अर्को अन्नबालीको पनि उत्तिकै सम्भाव्यता छ र यहाँ उत्पादन हुने अन्नबाली पौष्टिक तत्वले भरिपूर्ण छन् । फापर, चिनो, कागुुनो, कोदो, जौ, उवाको उत्पादन पनि निकै हुुन्छ तर व्यापारिक लाभ लिन सकिएको छैन । सिमी र मह पनि कर्णालीका नाम चलेका उत्पादन हुुन् । यसलाई व्यावसायिक रूपमा उत्पादन गर्न सके कर्णालीको गरिबी घटाउन निकै सहयोगी हुुने देखिन्छ । 
कर्णाली क्षेत्रको विकास र त्यहाँको गरिबी न्यूनीकरण गर्न राज्यले सञ्चालन गरेका कार्यक्रम तयार गर्दा त्यहाँको भूगोलबारे जानकारी राख्ने व्यक्ति र स्थानीय लाभग्राहीसँग संवाद गरेर तय गर्ने हो भने कर्णालीलाई छोटै समयमा पनि कायापलट गर्न सकिन्छ । अहिलेको जस्तो विकास गर्ने प्रक्रियाबाट काम गर्दै जाने हो भने अबको कर्णाली ३० औँ वर्षसम्म पनि यस्तै नरहला भन्न सकिँदैन । त्यसका नाममा विगतमा भएका, वर्तमानमा भइरहेका र भविष्यमा हुुने लगानी बालुुवामा पानीसरह हुुनेछ । 
(लेखक गोरखापत्रका हुम्ला समाचारदाता हुनुहुन्छ । )





Leave a comment

Your email address will not be published.


*