भोजपुरमा प्रहरी र विपल्व कार्यकर्ताबीच भिडन्त, जिल्ला इन्चार्जको मृत्यु

          |   प्रकाशित मितिः बुधबार, असार २५, २०७६     ::: 14 पटक पढिएको   |  

काठमाडौँ – भोजपुरको सदरमुकाम नजिकै बुधबार बिहान ८ बजे प्रहरी र विपल्व समूहबीच दोहोरो भिडन्त हुँदा एक जना विपल्व कार्यकर्ताको मृत्यु भएको छ । भिडन्तमा विपल्व समूहका ओखलढुंगा इन्चार्ज निरकुमार राईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानकारी दिए । स्तै उक्त घटनामाप्रहरी जवान सञ्जिव राईको छातीमा गोली लागेको छ।प्रहरी स्रोतले उनको मृत्यु भएको पुष्टि गरेपनि प्रहरीले आधिकारिक रुपमा घोषणा गरेको छैन।
प्रहरीले विपल्व कार्यकर्ताको साथबाट एक थान लोडेड पेस्तोल समेत बरामद गरेको छ।





Leave a comment

Your email address will not be published.


*