सुत्केरी लिएर फर्कदै गरेको बस दुर्घटना : एकको मृत्यु सात जना घाइते

          |   प्रकाशित मितिः मङ्लबार, साउन ७, २०७६     ::: 30 पटक पढिएको   |  

दैलेख साउन ७ ।
दैलेख पश्चिमको आठबिस नगरपालिका–४ राकमकर्णाली स्वास्थ्य चौकीबाट सुत्केरी लिएर खिड्कीजिउँदा तर्फ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कर्णाली राजमार्ग अन्तरगर्त राकमकर्णालीको जिरो पोइन्टमा बस दुर्घटना भएको हो । ना ५ ख ७२४३ नम्बरको बस दुर्घटना हुँदा आठबिस नगरपालिका–४की ३० बर्षिया धिर्जा माझीको घटना स्थलमै ज्यान गएको राकम प्रहरी इन्चार्ज प्रहरी नायब निरिक्षक विष्णु गिरीले बताए । गिरीका अनुसार १० जना सवार बसमा अन्य यात्रु भने सामान्य घाइते छन् ।
सुत्केरी महिला र बच्चा सकुशल रहेको प्रहरी नायब निरिक्षक गिरीले अन्नपूर्णलाई बताए । बस आज विहान करिब ५ः४० मा दुर्घटना भएको हो । सामान्य घाइतेहरुको राकमस्थित खोलीबजारमा रहेको मेडिकलमा उपचार भईरहेको छ । बस मोड्ने क्रममा बस दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।





Leave a comment

Your email address will not be published.


*