पत्रकार डिलप्रसाद शर्माको उपचारका लागि सहयोग गर्न आग्रह

          |   प्रकाशित मितिः शनिबार, साउन ११, २०७६     ::: 19 पटक पढिएको   |  

काठमाडौँ – देश सञ्चारका कर्णाली प्रदेश प्रतिनिधि डिलप्रसाद शर्माको उपचारका लािग सहयोग गरिदिन संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशले आग्रह गरेको छ । समाजका सचिव समेत रहेका शर्माको भारतको गुजरातमा डेढ महिनादेखि उपचार चलिरहेको छ ।

पत्रकार शर्मा बोनम्यारो रोगबाट पीडित छन् । चिकित्सकहरुले शर्माको उपचारको अन्तिम विकल्प बोनम्यारो प्रत्यारोपण रहेको बताएका छन्। बोनम्यारो प्रत्यारोपणका लागि कम्तिमा पनि १५ लाख भारतीय रुपैयाँ लाग्ने बताइएको छ । शर्मालाई बोनम्यारो रोग लागेको तीन महिना अघि मात्रै पुष्टि भएको थियो । उनी आइतबार नेपाल फर्किँदै छन् । संस्थाले पत्रकार शर्माको उपचारका लागि आर्थिक सहयोगका गर्नका लागि नेपाल इन्भेस्टमेन्ट बैंक सुर्खेत शाखामा उनकै नाममा रहको खाता नम्बर ०२२०५०५०७९३१३६मा रकम जम्मा गरी दिन आग्रह गरेको छ ।





Leave a comment

Your email address will not be published.


*