वर्गीय असमानताको खाडल

          |   प्रकाशित मितिः सोमवार, साउन २०, २०७६     ::: 160 पटक पढिएको   |  

दिपेन्द्रकुमार विसी
नेपाललाई समाजबाद उन्मुख समृद्ध राष्ट्र नेपाल बनाउने उदेश्य जबसम्म देशलाई तत्कालीन उग्र दलालीपन परिस्थितीबाट उकास्न सकिदैन तबसम्म पुरा हुन सक्दैन् । समृद्धि नेपालको सपना सपना झै हुनेछ । वर्गीय समीकरणको असन्तुलन रहेको नेपाली समुदाय एक वर्गबाट अर्को वर्ग स्वतह अपमानित हुनु परेको छ । मैले वर्गको कुरा उठान गर्दा सामान्य तवरले सोझो अर्थमा परिभाषित गर्दा वर्गलाई कुनै पनि व्यक्तिको आफनो सम्पत्तिको आधारमा सरकारका हरेक क्षेत्रमा समाजको सामु देखाउने उसको जमात तथा प्रभाव र उसको दैनिक जिवनशैलीले समाजमा पारेको प्रभावलाई बुझ्न सकिन्छ ।

नेपालको परिप्रेक्ष्यमा तिनवटा वर्गलाई प्रष्ट छुट्याउन सकिन्छ, निम्न, मध्यम र उच्च । सोझो अर्थमा भन्दा निम्न वर्ग भन्नाले एक छाक टार्न हम्मे हम्मे पर्ने, एक छाकलाई एक दिन श्रम गर्नु नै पर्ने, आम्दानी बराबर खर्च हुने बचत नै नहुने स्थितिका जनतालाई बुझिन्छ । मध्यम वर्ग भन्नाले केहि थोरै पुर्खाको सम्पत्ति पनि भएका एक बर्षको कमाई बाट थप ६ महिनाको लागी खर्च धान्न सक्ने स्थितिका, सामान्य कमाई गरि जिविका चलाएका व्यक्तिहरुलाई बुझिन्छ । उच्च वर्ग भन्नाले जसको जीवन शैली नै विशिस्ट, पुर्खाको सम्पतिले दुई÷चार पुस्ता पाल्न सकने मासिक लाखौं लाख आम्दानी तथा बचत हुने सबै थोकले परिपुर्ति भएका व्यक्तिहरु बुझिन्छ ।
आम्दानीको क्षेत्रहरु धेरै रहेका, महंगा महंगा स्रोत साधनको प्रयोग गर्नेहरुलाई धनी महाडिया भनेर चिन्न सकिन्छ । तर नेपालमा तिनवटा वर्ग बिच मात्रै विभेद नभई एउटै वर्ग बिच सामान्य धनसम्पतिको फरकपनले वर्गीय असमानता देखिन्छ ।

नेपालमा उग्र दलाली पुँजीवादले गाँज हालिरहदाँ जसले मान्छेले मान्छे बेचेर सम्मान पाएका छन् । पैसा हुनेले सबै ठाउँ आफ्नो प्रभाव पारेका छन् । भ्रष्टाचार, कालोबजारी जस्ता गैरकानुनी धन्दा चलिरहेका छन् । भ्रष्टाचारीहरुको संख्या बढेसंगै माग पनि बढेको छ भने भ्रष्टाचार गर्ने तरिका पनि परिवर्तन गरेका छन् । अलिकति आर्थिक जायजेथामा कोही कसैको तलमाथि देखिए समाजमा सम्मान र अपहेलना तत्काल नै फरक पर्न पुग्छ । हिजोको समुदायमा रहेकोे जातीय विभेद जस्तै आजको समुदायमा वर्गीय विभेद देखापरेको छ ।
तत्कालिन माओवादीको दश बर्षे युद्ध, तथा २०६२/०६३ को जनआन्दोलन संगै राणाशासनको अन्त्य गरि प्रजातन्त्र स्थापना देखि नै विभिन्न आन्दोलनले जातीय विभेद विरुद्ध थुप्रै कदमहरु चालिए । अहिले पनि जातीय समानताका कदमहरु चलिरहेका छन् । आजको समयमा जात सानो ठुलो भएर होइन गाँठ सानो ठूलो भएर हेपिने र सम्मानित हुने संस्कार चलेको छ ।
सबैको चाहना धेरै पैसा कमाउने छ । सबैको चाहाना बिलासिता जीवन जिउने, महंगा चिजको प्रयोग गर्ने, सान मान देखाउने दुनियाँ यसैको खोजीमा छ । धन कमाउनु छ भन्दै अनि धनी छु भन्दैमा हेपिनु भएन । कतिपय सन्दर्भमा धन नहुनेहरु प्रत्यक्ष धन हुने महाडियाहरुबाट हेपिएका छन् । कतिपय पैसाको पछाडि दौडिएको यो समुदायको मुल्यांकन र संस्कारले वर्गीय बिभेदमा परेमा छन् । आज अरुको तुलनामा पैसा हुने मान्छेसंग सबै थोक छ ।

‘हिजो जात हुनेको राज थियो त आज गाँठ हुनेको राज छ, त्यसैले अब जातीय आरक्षणको आन्दोलन छाडेर वर्गीय तथा श्रमिक समानताको लागि जुटौं ।’

धन हुनेहरुसंग सबै थोक भएर, धनसम्पत्ति अथाह भएर, राजधानी र बजारमा महलै महलका हबेली भएर, शरीरभरी हिरा, मोती सुन चाँदिले भरिएर त्यसमा मलाई कुनै ईष्र्या छैन तर उसले सम्पत्ति जोडेको गैरकानुनी बाटो, उसले पैसाले पैसा नै किनेको बाटो, धनको नाममा गरिब माथी गरेको शोषण, उसका कारण समाजमा पारेको मनोवैज्ञानिक प्रभाव, समाजमा फैलेको धनी बन्ने प्रतिस्पर्धा र अपनाउने गैरकानुनी बाटो प्रति ठुलो ईष्र्या भनौ या सरोकार भनौं यसमा मेरो ठुलो आपत्ति छ ।
आज किन सबै जनताका सन्तानले डाक्टर बन्ने शिक्षा पाएनन् ? किन गरिबको छोरा इन्जिनियर भएनन ? किन गरिबले उपचार पाएन ? आज किन सुत्केरी आमा र बच्चा उपचार नपाएर मरे ? किन जनता बिरोजगार भए ? किन डाक्टरले शल्यक्रिया सहि तरिकाले गर्न सकेन ? किन सर्वसाधारणको छोरा नेता बन्ने आँट राखन सक्दैन ? किन पैसा कम हुने नेता चुनाव जितन सक्दैन ? किन दाइजो नलिएको नाममा चेली जीउँदै जल्छे ? किन गरिबको छोरा उच्च शिक्षा पढन सक्दैन ? किन गरिबले महंगा रेस्टुरेन्टमा कारमा बसि जान सक्दैन ? किन एक प्रेमीले धनी खान्दान कि केटीलाई प्रेमिका बनाउन चाहान्छ ? केटीले धनी केटा किन चाहान्छ ? किन एक किसान या मजदुरले आफ्नो सन्तानलाई राजधानीका बिद्यालय पढाउन सक्दैन ? किन किसान ‘बाबु छिटै पैसा कमाउन तिर लाग’ भनेर सन्तानलाई भन्छ ? किन एउटा बालक साथीभाई माझ आफुलाई गरिब देख्छ ? किन यो लेखक वर्गीय समानताका कुरा गर्छ ? हो यस्तै अथाह प्रश्नको कारण भनेकै वर्गीय आसमानता हो ।

यसले मुलुक वर्गीय असमानताको खाडलमा चुर्लुम्म डुबेको छ प्रष्ट देखाएको छ ।
हिजोको समयमा जसरी सामाजमा तल्लो र माथिल्लो जाती अनि त्यसै अनुसारको सामाजिक संस्कार र मानमयार्दा थियोे त्यही परम्परा वर्गीय संस्कारमा रुपान्तरण भएको छ । हिजो सामाजमा जातिका आधारमा देखिने विभेद दलित सरह निम्न वर्ग, जनजाती सरह मध्यम वर्ग र वाहुन, क्षेत्री ठकुरीसरह उच्च वर्गीय जनमानस पर्छन् ।
आज समाजमा कहिकतै जातीय विभेद भए जस्तो मान्छौ त्यो कदापी पनि जातीय विभेद होइन । त्यो मात्रै वर्गीय बिभेद हो । कुनै जाती पछाडी परेको छैन् बस गरिब जनता पछाडी परेको छ । जातीय विभेद गर्नेहरुलाई हेक्का होस दलित, जनजाति बाहुन, क्षेत्री सबै एउटै मानव जाति हो । बिगतमा जात पनि त्यही धनसम्पती या वर्गकै आधारमा छुट्टाएका हुन् । गरिबहरु तल्लो जाती भनिदिए धनिहरु माथिल्लो जाति बनाइएका हुन् ।
हामीले नेपालगन्जको राप्तिपारीमा बस्ने एक सामान्य परिवारको चौधरी र थारु र नेपालका सबैभन्दा धनी व्यक्ति बिनोद चौधरीलाई गर्ने तपाईं हाम्रो सम्मानजनक व्यबहार, कर्णालीमा रहने कपडा सिलाएर र बाजा बजाएर जीवन चलाउने दलित समुदाय र हाम्रा मन्त्री जगत बिश्वकर्मा, आदिलाई हामीले गर्ने सम्मान र पश्चिम बिकटमा कोदोर आलु खेती गरेर बसेका मगर र नेपाल सरकारका उर्जा मन्त्री बर्षामान पुन र पुर्व सभामुख ओनसरी घर्ती मगरलाई हामीले गर्ने सम्मान हामी आफै अनुभव गर्न सक्छौ ।

के बिनोद चौधरीलाई चौधरी भनी जातका आधारमा हेप्न सक्छौ ? अँह कदापि सक्दैनौ तर नेपालगन्जको एक गरिब चौधरिलाई जो पानी पुरी बेच्ने गर्छ । त्यसलाई हेपेर हिडने गर्छौ । त्यही भैसीको मासु घरमा पकाएर खाने जनता र त्यही भैसीको मासु (बफ मम) रेस्टुरेन्टमा खाने बाहुन क्षेत्री, त्यही बफ बेचेर साहुँ बनेका मालिकलाई तपाई हामीले गर्ने व्यवहार । यो जातीय विभेद कदापी होइन वर्गीय विभेद हो । जसमा श्रमिक वर्ग सधै अपहेलित हुन पुगेका छन् ।
तपाई हामीलाई महसुस हुनुपर्ने, जातीय आरक्षणका कुरा गर्ने आदरणीय व्यक्तित्वहरुमा नि महसुस हुनुपर्ने हो तपाईंलाई बचपनमा हेप्ने क्षेत्री या बाहुन आज तपाईंले उसलाई रेस्टुरेन्टमा पार्टी दिदाँ कति आत्मीय देखिन्छ महसुस गर्नुहोस् ।

त्यो पनि हिजो बचपनमा उसले गरेको वर्गीय विभेद नै हो । तपाईंले बाल्यकालमै नास्ता खुवाउने र तपाईसंग पैसा हुन्थ्यो भने उसले तपाईलाई हेप्ने नै थिएन । वर्गीय विभेदका कारण हिजो दलितले बाहुनको घर पस्न आँट नगरे झै आज गरिबले महंगा, सरकारी या निजि स्कुल पढन आँट नै गर्न सक्दैनन् ।
उपचारको लागी महंगा मेडिकलमा धाउन सक्दैनन् । हिजो समाजमा पार्टी भोज गर्दा तल्लो जााति चुुुलो तिर जानु हुन्न भनेझैं आज गरिब ठुला तारे होटलका पार्टीमा जान र पार्टी भोज गर्न आउनुुुहुन्न भनेझैं प्रत्यक्ष प्रभाव परेको छ । वर्गीय असमानता कारण शिक्षा लिने बिद्यालय नै अलग छ, सरकारी सेवा लिने तरिकानै अलग छ । कुनै सरकारी या गैरसरकारी कार्यालयमा जाँदा कोट पाइन्ट चस्मा लाएर स्ट्यार्न्र्डड रूपमा जाने व्यक्ति र एउटा सदरी, जाँगे र ढाका टोपी लाएर जाने हातमा माटो लागेका व्यकतिहरु जो श्रमजीवीहरुलाई कुनै सम्मान छैन ।
त्यही व्यक्ति हो जसले सडक साईडमा बसेर जुता सिउने गर्दा र उसले बजारमा कोठा लगेर पसल गर्दा तपाईहरुले हेर्ने दृस्टीकोण र उसले महसुस गर्ने सम्मान कति फरक छ । तरकारी, सागसब्जी उमार्ने किसान र त्यही तरकारी बेच्ने तरकारी पसले, त्यही तरकारी किनेर खाने तपाई हामी, अनि महाड्याहरुमा कतिको फरकपन छ ? आज देशमा ‘जसरी पनि पैसा कमाउ धनी बन’ भन्ने संस्कारको सिर्जनाले नेता, मन्त्री सरकारका कर्मचारी, इन्जिनियर, डाक्टर, पत्रकार, न्यायाधीश किसान, डकर्मी सबै भ्रष्ट बन्न थालेका छन् ।

श्रमजीवीहरुलाई सम्मान गर्ने प्रवृती नहुदाँ बिदेशीने दर पनि बढदै छ । आज त्यही धनी र गरीब बिचको अन्तरबिभेदका कारण सरकारले लिने लोकसेवा परिक्षामा, शिक्षक सेवा कोटा, नेपाली सेना प्रहरीका जागीरका लागी खोलिएका अवसर अन्य सरकारी कोटासंगै अझ गैरसरकारी संघ संस्थाका हाकिम जस्ता पदमा सर्वसाधारणका छोराछोरी भन्दा धनी बाबुका छोराछोरीले जागीर पाउछन् किनकी उनिहरुले एक गुणस्तरीय शिक्षा लिएका हुन्छन् ।

दोस्रो कारण विभिन्न आरक्षणका कोटाको लागि पैसाको तथा राजनीतिक चलखेल गरि सरकारबाट सिफारिस लिएर, अर्को मौखिक परिक्षा आदि परिक्षामा घुस दिएर, यसकै मुख्य उदाहरणको रुपमा त्रिभुवन बिश्वबिद्यालयमा पढने एकजना विद्यार्थीका प्रत्येक बिषयमा अत्याधिक पैसा लिएर प्रमाणपत्र लिई गोल्ड मेटलसम्म लिन पुग्नु जस्ता नाजायज कदम पनि एक वर्गीय असमानता भित्र पर्छ । किनकी धनी बन्ने संस्कार र सम्मान नभएको भए बिश्वबिद्यालयका पदाधिकारी इमान्दार बन्थे भने विद्यार्थीसंग पैसाको अभाव भएको भए परिश्रम गरि पढेर प्रमाणपत्र लिन्थ्यो होला ।
यता कानुनी क्षेत्रमा हेर्दा ‘नेपालको कानुन दैबले जानुन’ भन्दापनि ‘नेपालको कानुन पैसाले किनुन’ भन्ने भनाई सिर्जना हुन जान्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै भ्रष्टाचार हुन्छ । सर्वोच्च अदालत जस्तो क्षेत्र आर्थिक चलखेलमा निर्णय लिन्छ । सरकारका योजना, मन्त्रीले दिने बिकासका टेन्डर पनि आफुलाई कमिसन उच्च आउने व्यक्तिहरुलाई दिइन्छ । वर्गीय अन्तरद्धन्द्ध, उग्र दलाली पुँजीबादी व्यवस्थाका कारण हाम्रो देश नेपालमा हरेक पटक काण्डहरु पनि चलिरहन्छ्न् ।
भ्रष्टाचारी हुनेहरु पनि पैसा वाला नै हुन् ।

हामीले सधै पाँच सय देखी पाँच लाख सम्मका भ्रष्टाचारी चाही पक्राउ परे भन्ने खबर सुनेका छौँ तर सुन तस्करी, वाइडवडी, ललितानिवास कब्जा गर्ने अपराधी, भ्रष्टाचारी पक्राउ परेको खबर जनताले कहिले सुन्ने ? करोडौं, अरोबौ, खरोबौ भ्रष्टाचार गर्नेहरू किन पक्राउ पर्दैनन् भन्ने कुराको लेखाजोखा पनि भ्रष्टाचारमा कति धनिवाला व्यक्ति, हाकिम, मन्त्री, नेता सामेल छ भनेर प्रष्ट पार्दछ ।
यस्ता उच्च वर्गीय सामेल भ्रष्टाचार र अपराधका काण्ड भए भन्ने सुनिन्छ तर सजाय पाए भन्ने कहिल्यै सुनिदैन । देशमा अपराधीहरु पनि पैसा तिरेर रिहाई हुन्छन् भने अधिकांश सुरक्षाकर्मी, न्यायाधीश कमर्चारी पनि पैसा तिरेर नै बन्छन् । धनी व्यक्ति त्यतिबेला गरिब खुटिन्छ जब गरिब जेहन्दार विद्यार्थीहरुलाई सरकारले छात्रवृत्ति दिन्छ त्यतिबेला उनिहरु गरिब हुँ भनेर देखिन्छन् । सरकारले दिने गरिबी छात्रवृत्ति पनि आखिर ती नै धनी महाडियाका सन्तानहरुले नै पाउँछन् उनिहरुले छात्रवृत्ति पाउँदा सजिलै गरिब हो भनेर सिफारिस ल्याउन सक्छन् तर सर्वसाधारणका छोराछोरीहरुले सिफारिस पाउन नि मुस्किल परेको हुन्छ ।

आजभोलि सामुदायिक बिद्यालयमा आकर्षण बढाउन सरकारी बिद्यालय पढे छात्रवृत्ति दिने व्यवस्था गर्दा आज भोलि त धनीहरुका छोराछोरीको नाम सरकारी स्कुल तर पढाइ भने महँगा निजि बिद्यालयमा गर्छन । अन्तिममा सोर्स फोर्स लगाएर छात्रवृत्ति पनि लुटिहाल्छ्न । पीडा एकले पाउँछ राहत अर्कोले पाउछ । यो देशमा पुँजीवादमा रहेको वर्गीय असमानता र आर्थिक प्रलोभनले मानव दानव बनेका छन् ।
गरिब गरिब हुँदै गएका छ्न धनी धनी हुँदैछन दुइ वर्ग बिचको अन्तर बढदै गएको छ । वर्गीय बिभेदको अन्त्य गरि समाजबाद उन्नमुख समृद्ध राष्ट्र नेपाल निर्माणका लागि हामी सबै नेपाली जुटनुपर्छ । अरु कुनै विभेद छैन त्यो मात्र भ्रम मात्र हो । तपाई हामी बिच समाजमा देखिने आसमानत भनेकै वर्गीय असमानता हो । बिद्यालय पढने विद्यार्थीहरुको पोशाक एउटै मात्र भएर सामानता कायम हुँदैन । सबै जनताले पाउने सेवा र पहँुचमा एकरुपता आउनु जरुरी छ । एसइईपछि निजी बिद्यालयमा पढ्ने कि सामुदायिक बिद्यालयमा पढने भनी अभिभावकको छनोटले गुणस्तरीय शिक्षा भन्दा पनि सस्तो र महंगो बिद्यालयको खोजी गरिन्छ र गुणस्तर पनि त्यसै शुल्क अनुसार फरक देखिन्छ ।
यो दृष्टिकोणबाट सर्वसाधारणले चाहेको शिक्षा लिन सकेका छैनन् । सरकारले छात्रवृत्ति, आरक्षण, राहत प्रदान गर्दा गरिब जनताको पहुँचमा हुनुपर्छ । देशका सम्पुर्ण निजि बिद्यालयहरुलाई मर्ज गरि सामुदायिक बिद्यालयमा रुपान्तरण गरिनुपर्छ । भ्रष्टाचार, पैसा र राजनीतिक चलखेलमा बिषलाई अमृत बनाउन खोज्नु सरासर गलत हो । सरकारले शैक्षिक प्रणाली एउटै सेवा सुबिधाको उपयोग समान तरिकाले गर्नुपर्छ ।
हरेक नागरिकको भविष्य निर्माणमा सरकारले जिम्मा लिनुपर्छ भने अभिभावकले राज्यको लागि श्रम गरेर योगदान दिनुपर्छ । श्रमको उच्च कदर गर्दै समाजबाद अन्तरगत समानता कायम गरिनुपर्छ । सबैले आरक्षण र छात्रवृत्ति पाए सरहको अनुभती दिलाउनुपर्छ । राज्यका तर्फबाट समाजबादी कदम चालिनुपर्छ । जनताले पिडा, श्रमको राहत पाउनुपर्छ न की कुनै जातीय राहत होइन् । जब सामाजबादी व्यवस्था लागु हुन्छ कुनै आरक्षणको आवश्यकता पर्दैन । हामी हिजोको बाटोमा होइन आज र भबिष्यको तीब्र बिकास र समानताको बाटोमा हिड्नु जरुरी छ । वर्गीय समानता आजको आवश्यकता हो । अब हामी सबैको उदेश्य समाजबाद तर्फ हुनुपर्छ । श्रमजीवी वर्गको सधै सम्मान गर्ने सस्कारको विकास हुनु जरुरी छ ।





Leave a comment

Your email address will not be published.


*