फल्न छाड्यो गुराँसेको स्याउ

          |   प्रकाशित मितिः सोमवार, साउन २०, २०७६     ::: 132 पटक पढिएको   |  

सुर्खेत, साउन २० गते । एक समय दैलेख र सुर्खेत जिल्लाको सीमा क्षेत्र रानीमत्ता–गुरा“से स्याउका लागि प्रख्यात थियो । घर–घरमा स्याउका बगैंचा देखिन्थे । यात्रुहरु स्याउको स्वाद चाख्नकै लागि त्यहा“ विश्राम लिने गर्दथे । गुराँसेको स्याउले दैलेख, सुर्खेत र नेपालगञ्जसम्म बजार पाएको थियो । दैलख, जाजरकोट, कालीकोट र जुम्ला लगायतका जिल्लाबाट तराई झर्ने मुख्य नाका भएकाले यहाँ स्याउको स्वाद नलिने कमै थिए । कोशेलीका रुपमा पनि यात्रुहरुले स्याउ किनेर लैजान्थे ।गुराँसेको स्याउ भने अब इतिहास बनिसकेको छ । पछिल्लो एक दशकयता गुरा“से–रानीमत्ता क्षेत्रमा स्याउका बोट देखिन छाडेका छन् । लटरम्मै फलेका स्याउ देखेका त्यतिबेलाका पैदल यात्रीहरु आजभोलि बोट समेत नदेख्दा अचम्मित छन् । गुराँसे बजार भारतीय स्याउले ओगटेको छ । 

गुराँसे लेकाली हावापानी भएको क्षेत्र हो । विसं २०४० मा दैलेखको माथिल्लो गाइबान्ना, रानीमत्ता र गुराँसेका बासिन्दाले ‘रेड गोल्डेन’ जातको स्याउ रोपे । बगैंचा बनाउन ऋण सापट गरी जुम्लादेखि बोटहरु खरिद गरे । शुरु–शुरुमा रामै्र फल्यो । स्याउबाट मनग्य कमाउने कृषकको आशा धेरै वर्ष टिकेन । बोटहरु सुक्दै गए । तापमान वृद्धिकै कारण स्याउ बगैंचा फाँडेर ४० भन्दा बढी कृषकहरु अहिले व्यावसायिक तरकारी गरिरहेका छन् ।

सेरी गाइबान्नाका कृषक रुद्रप्रसाद पौडेलले कृषि विकास बैंकबाट झिकेको ऋण नतिर्दै स्याउका बोटहरु सुकेको गुनासो गर्नुभयो । “बचेका बोटको फल पनि राम्रो लागेन, हावापानीले मेल नखाएपछि बगैंचा फाड्नुप¥यो,” उहाँले भन्नुभयो – “अहिले आलु, काउली, बन्दा, मुला लगायतका तरकारी खेती गरेका छौं ।” किसानले १५ देखि ५०० बोटसम्म रोपेका थिए । “प्रतिबोट रु ५० मूल्य परेको थियो, पचास एकाउन्न सालदेखि स्याउ खेती बिगँ्रदै गयो, सुक्न र राम्रो फल नलागेपछि बगैंचा मास्यौं,” पौडेलले भन्नुभयो ।

“शुरुका वर्षहरुमा स्याउ राम्रै फलेको थियो, एउटै बोटले ६०० जति दाना दियो,” अर्का कृषक दीपक पौडेलले भन्नुभयो – “शुरुतिर रसिलो थियो । पछि दाना स–साना भए । स्वाद पनि हराउँदै गयो ।” 
यहा“को ३०० रोपनीमा दुई हजार ५०० स्याउका बोट रोपिएको थियो । कतिपय कृषकले बोट खरिद गर्दा लागेको ऋण तरकारीको आम्दानीले तिरे । स्याउ खेती गर्दा लिएको रु १० हजार ऋण तिर्न नसक्दा बैंकले स्थानीयवासी पे्रम ढकालको जग्गा नै लिलाम गरेको थियो । उहाँले सबैभन्दा बढी ५०० बोट रोप्नुभएको थियो । स्याउका लागि हावापानी अनुकूल नहु“दा पे्रमजस्ता थुपै्र विपन्न कृषकले ऋण तिर्न सकेनन् । “बगैंचा बनाउ“दा यसरी डुबिएला भन्ने पत्तै पाइएन, बैंकले जग्गा जफत गरिदियो,” ढकाल गुनासो गर्नुहुन्छ – “शुरुका केही वर्ष राम्रै फल्यो । त्यतिबेला सुर्खेत–दैलेख सडक थिएन । पैदल हिँडेर स्याउ बेच्न सुर्खेत झर्नुपदथ्र्यो । जब सडक आयो, तब स्याउ फल्न छाड्यो । ऋणमा मात्रै डुबायो ।”

एकाउन्न सालमा सुर्खेत–दैलेख सडकको ट्र्याक खुल्यो । त्यसअघि पैदल आउजाउ गर्नुपथ्र्यो । गुरा“सेबाट थोक मूल्यमा खरिद गरी डुंगेश्वर, घोडाबास, चुप्रा, धरमपोखरा, गोठीका“डावासीले बिक्रीका लागि लैजान्थे । रुख सुक्दै जानु, दाना पनि राम्रो नलाग्नु, स्वादिष्ट नहुनु, बेमौसममा फुल्न र फल्न थालेपछि किसानले स्याउ मासेका हुन् । लेकाली हावापानी भए पनि पछिल्ला वर्ष गुराँसेमा गर्मी बढ्दै गएको छ जसको प्रत्यक्ष असर मध्यपहाडी क्षेत्रमा फल्ने स्याउ हराउँदै गएको छ ।

समुद्री सतहबाट गुरा“से रानीमत्ता दुई हजार १९८ मिटर उचाइमा अवस्थित छ जुन सुर्खेतसँग सीमा जोडिएको दैलेखको दक्षिणी गुराँस गाउँपालिकामा पर्दछ । कृषि ज्ञान केन्द्र दैलेखका कृषि प्रसार अधिकृत नरेन्द्र थापाले ‘रेड गोल्डेन’ जातको स्याउलाई बढी चिस्यान आवश्यक पर्ने बताउनुभयो । “रेड गोल्डेन जातलाई हिउँ बढी पर्ने र बाहै्र महीना लेकाली हावापानी हुने क्षेत्र उपयुक्त मानिन्छ,” उहाँले भन्नुभयो – “जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै गयो । त्यसकै परिणाम गुराँसेको हावापानी स्याउका लागि प्रतिकूल बनेको हो ।” 
कृषकले स्याउको फल नपाए पनि तरकारीबाट राम्रो प्रगति गर्दै आएका छन् । सुर्खेत–दैलेख सडक कालोपत्रे भएपछि यहा“बाट सुर्खेत एक घण्टामै पुगिन्छ । तरकारी खेतीबाटै अधिकाँश कृषकले सुर्खेत उपत्यकामा घर–घडेरी किनेका छन् तर, मौसममा आएको फेरबदलले मुख्य आयस्रोत तरकारी खेतीमा प्रत्यक्ष असर पुग्न थालेकामा कृषक चिन्तित छन् । विभिन्न रोगकीराका कारण तरकारीको उत्पादकत्व पनि घट्दो अवस्थामा छ । गुराँसे रानीमत्ता क्षेत्रमा सबैभन्दा बढी सिँचाइ र खानेपानीको समस्या छ । रासस





Leave a comment

Your email address will not be published.


*