उसको सम्झनामा दुई शब्द

          |   प्रकाशित मितिः मङ्लबार, साउन २१, २०७६     ::: 806 पटक पढिएको   |  

गत वर्ष साउन २१ गते, आजकै दिन केही कामका लागि मेरो यात्रा राकमकर्णालीको लागि तय गरेको थिए । म १० बजे राकमकर्णाली तिर लागे । त्यो दिन असाध्यै वर्षाका कारण रतीखोला बढेकोले खोला तर्न मलाई समस्या भयो । फिर्ता हुँ भने कार्यक्रमका लागि सहभागी बोलाई सकेको छु । फिर्ता नहुँ भने खोला तर्न सकिदैन् । पैसा लिएर भाईहरुले खोला तारिदिए । मैले कार्यक्रम रद्ध गर्नुभन्दा पैसा तिरेरै भएपनि खोला तर्न ठिक ठाने ।
दिउँसोको तिन बजिसकेको थियो । म राकमकर्णाली पुगे । अत्याधिक वर्षाका कारण सहभागीहरु पनि कार्यक्रममा उपस्थित हुन सकेनन् । त्यसपछि भाई डिल्ली खनाल र म राकमकर्णाली बजार घुमि सकेपछि पाँच बजेतिर नास्ता खानाको लागि राकमकर्णालीकै एउटा होटलमा बसिरहेका थियौ । मोबाईलमा रिङ्गटोन बज्यो । हेर्दा म्याडमको नम्बर थियो । मेरो घरमा प्रायः विहान बेलुका बाहेक दिउसो फोन गर्ने चलन छैन् । किन फोन ग¥यो होला भन्ने सोच्दै फोन रिसिभ गरे । आवाज पञ्चरत्न दाईको थियो । नेटवर्कले काम नगरेका कारण कुरा नबुझिएपछि बाहिर निस्किए । र उहाँले हतारमा भन्नु भयो प्रदिप सिरियस छ । माया मेडिकलमा नभएर क्षेत्रिय हस्पिटलमा ल्याएका छौ । जति सकिन्छ छिटो आईज । मेरो बानी त्यति धेरै हतार गरिहाल्ने थिएन् । र मैले सोचे त्यति धेरै ठुलो समस्या छैन् होला । तर मनले मानेन फेरी कल गरे । दाईले उही कुरा दोहो¥याउनु भयो त छिटो आईजा । त्यसपछि मेरो मन पनि आत्तियो र म घर तिर लागे ।
मसँगै डिल्ली भाई पनि थिए । बाटो भरी फोन आईरहेको थियो । मोबाईलको आवाज पटक पटक सुनिरन्थ्यो । सबैले सहानुभूती दिने भाषामा शव्दहरु बोलिरहन्थे तर प्रष्टसँग भन्न सक्दैनथे । मैले उनीहरुको भाषा बुझिसकेको थिए कि अव प्रदिप हामीसँग रहेन् । त्यही भएर होला सबैले बोल्ने भाषा र शैलि एकै नासको थिएन् । बाटो भरी उही अनुहार झल्किरहन्थ्यो । उही स्वर सुनिन्थ्यो । र मनमा लाग्थ्यो अब ऊसँग कहिल्यै भेट हुँदैन । अर्काे मनले सोचिरहेको थियो कति खेर ऊ सँग भेट हुन्छ र उसलाई आनन्दले अंगालो हालेर अंकमाल गर्न सक्छु ।
मसँगै सुर्खेत जानको लागि दैलेखबाट साथीहरु रतिखोलासम्म आएका रहेका छन् । त्यहाँसम्म मोटरसाईकल चलाएर आफै आएको थिए । खोला तर्न नसकेपछि मोटरसाईकल त्यही छोडेर त्यसै गाडीमा फर्के । बाटोमा नानाथरी कुराहरु खेल्दै थिए । जति घर नजिक आउदै थियो त्यति मन पनि आतिदै थियो । गाडीमासँगै आएका कोही भन्दै थिए हस्पिटल जाऊँ । कोही भन्दै थिए हैन घर जाऊँ । मैले हस्पिटल जान आग्रह गरे तर अरुले नमानेपछि हामी घरमै गयौ । झण्डै रातीको १० बजि सकेको थियो होला । घर अगाडी सडक भरी मान्छे नै मान्छे थिए । घर भित्र मान्छे थिए । घर आगन भरी मान्छे थिए । संख्यामा धेरै भए पनि मैले नचिनेका अनुहार भने कमि थिएनन् ।
र मेरो नजरले उसैलाई खोजिरहेको थियो । घर नजिकै पुग्दा मेरो आवाज प्रदिप भनेर निष्कियो । म प्रदिपलाई अंगालो हालेर चुम्बन गर्न आतुर थिए । म उसलाई मायाले सुम्सुम्याउन चाहान्थे । त्यो हुल भित्र उसलाई खोजीरहे तर मैले न उसको आवाज सुन्न पाए न भौतिक शरिर नै देख्न सके । केवल मेरो आखाँ भरी आशु थियो । निराशाले भरीएको मन थियो । मन थाम्न नसकेर छोरीलाई अंगालो हाल्दै आशुको माध्यमबाट भावनाहरु पोख्ने प्रयास गरे ।
उज्यालो भयो । केही मान्छे घरमै सुतेका थिए त कोही आउदै थिए । उसलाई हस्पिटलमा राखिएको रहेछ । मैले सबै कुरा बुझने प्रयास पनि गरिन् । मेरो मन उनसलाई भेट्न आत्तिएको थियो । मेरा हातहरु उसलाई छुन आत्तिएका थिए । म घरमा आउदा मेरो सधै झोला खोल्ने उ । बुबा आउदै छ भन्दा बाटो हेरी बस्ने उ त्यो दिन, हस्पिटलको चिसो छिडिमा मस्तसँग निदाईरहेको थियो । उसलाई भेटे । एकोहोरो उसलाई हेर्ने मेरो मन थियो । न मन थाम्न सके, न आँखाबाट आशु रोक्न सके । समयले पनि नेटो काटि सकेको थियो । उ हामीबाट कहिल्यै नफर्किने गरी जादै थियो । उसको अन्त्यहिन यात्राकालागि विदाईका हातहरु हल्लाउन आफन्तहरु आतुर थिए ।
घाटमा उसलाई अन्तिम समय सम्म हेर्दै गरे । उसको वरीपरी ज्वालाका लप्काहरु बलिरहेका थिए । उ आगोको लप्का भित्र खेलीरहेको थियो । आगो निभ्दै गयो र उसका अवशेषहरु पनि हराउदै गए । घाटमा सुर्य अस्ताई सकेका थिए । अध्यारो बढदै गयो । झ्याउकिरीका आवाज सुनिदै थिए हामी घरतिर फर्कियौ ।
विगतलाई सम्झिदा
दुई छोरा र एक छोरी तिन भाईवहिनी मध्ये उ अलि मसँग नजिक थियो । अरु नानी बाबुहरुलाई कार्य व्यस्तताका कारण त्यति धेरै समय मैले दिन सकेको थिईन् । म उ सँग असाध्यै धेरै खेल्थे उ अलि चकचके पनि थियो । चकचके केटाकेटीलाई मन पराउने मेरो बानी छ । उ असाध्यै जिद्धी गथ्र्याे । कहिले काहि त रुवाउने सम्मको उसको व्यवहार हुन्थ्यो । उ रिसायो भने कैयौ घण्टा ढोका थुनेर कोठा भित्रै बस्दिनथ्यो । उसको नजिक कुनै भाडा हुन्थेनन । झ्यालका ठोकाहरु राख्थेन् । जब शान्त हुन्थ्यो त्यसपछि उ जत्तिको असल र राम्रो अरु हुन्थेनन् । उसका विचित्रका रुची र स्वभावहरु थिए । ति रुचीहरु बदलिदै जान्थे । उसले सानै उमेरमा दर्जनौ फुटबलहरु फुटाल्यो होला । एक वर्ष जति उसले कराते खेल्यो । गित संगितमा उसको रुची भएका कारण कराते छुटाएर उसलाई संगितमा व्यस्त गराउने मैले सोचेको थिए । पछिल्लो पटक हार्माेनियम बजाउने उसको रहर पुरा गर्न नपाउदै आफै अलप भएर गयो ।
शुरु गरिएको यात्रा अन्त्य हुन्छ । जन्म पछि मृत्यु निश्चित छ । फलेका फलहरु सबै सफल हुदैन्न । म पनि यस्तै सोच्थे, मृत्यु सामान्य हुन्छ, मृत्यु निश्चित छ । मैले पढेको, सिद्धान्त भन्दा भोगेका अनुभवहरु फरक हुदाँ रहेछन् । ति यादहरुले मलाई कैयौ दिनसम्म निदाउन दिएन्न र सधै गिज्याईरहे । आज उ हामीसँग भएको भए एघार वर्षिय बालापनको उकालो चढिरहेको हुन्थ्यो र उसको जन्मदिनका लागि भव्य तयारी गरिएको हुन्थ्यो होला । हरेक अभिभावकको सन्तुष्टि आफ्ना बालबालिकालाई खुसि तुल्याउनु हो । म उसको खुशिलाई जिवन्तता दिनका लागि आफ्ना सबै खुशिहरु त्याग्न तयार थिए । उसको लागि न कुनै अभाव थियो न कुनै बन्देजहरु थिए । अन्त्यमा, बाबु म तिमिलाई त्यही शुभकामना दिन चाहान्छु जुन खुशिसाथ तिमी मसँग रमाएर बसेका थियौ त्यही खुशिकासाथ त्यहाँ पनि रमाएरै बस्नु । वितेका एक वर्ष :…………………..।





Leave a comment

Your email address will not be published.


*