मृत्युको भर्याङ्ग मुनी

          |   प्रकाशित मितिः बुधबार, साउन २२, २०७६     ::: 414 पटक पढिएको   |  

मान्छे जन्मनु र मृत्यु हुनु प्रकृतिको नियम हो । समय क्रमसँगै जसरी हरेक व्यक्तिहरुको समय स्कुलबाट सुरु हुन्छ । आकांक्षा र म कक्षा एक देखिका साथी थियौ । आकांक्षा कक्षामा प्रथम, दोस्रो र तेस्रो नआएको कुनै वर्ष हुन्थेन । उसको जन्मजात गुणझै भएको थियो । प्रथम, दोस्रो र तेस्रो आउँनु । उसका बाबा मजदुरी गर्न छिमेकी मुलुक भारतमा गएका थिए । बाबा हरेक महिना घर खर्च भनेर पैसा पठाइदिन्थे । आमा घर समाल्थिन । अशिक्षाको चपेटामा परेर चुरोट असाध्यै तान्थिन । घरमा आकांक्षाको आमा, भाई र आकांक्षा मात्र थिए । आमा चुरोट पिउने भएपनि छोराछोरीलाई अशिक्षाले गर्दा यसको लत बसेको कुरा बारम्बार सुनाउँथिन ।
आकांक्षा कक्षा दश अर्थात् एस एल सी उर्तिण गरेर शहरमा पढ्न जाने कुरा चलाउँछे । आमा पैसा नभएर पठाउन नसक्ने कुरा सुनाउँछिन । भारतमा मजदुरी गरिरहेका बाबालाई फोन गरेर कुरा राख्छे । बाबाको मन हो । नाई भन्न सक्दैनन् । शर्त राख्छन् । तिमीले एस एल सी मा प्रथम श्रेणी ल्याउनुपर्छ । आकांक्षाको मेहनतको अगाडि प्रथम श्रेणी केही पनि थिएन । उसले सजिलै हुन्छ भनी । उसको बाबाले सोचेका हुन्छन् । गाउँबाट अहिलेसम्म कसैले नल्याएको प्रथम श्रेणी ल्याउनु ‘बाघको मुखबाट जुँगा झिकेर ल्याउनु’ समान हो । समय बित्दै गयो । तीन महिना पछि एस एल सी को नतिजा प्रकाशित भयो । नतिजा हेरेर आकांक्षा रुन्छे । उसको विशिष्ट श्रेणी पुग्न दुई प्रतिशत मात्र कम हुन्छ । उसले गाउँका सबैलाई जिल्ल पार्छे । बाबालाई फोन गरेर दुई प्रतिशतले विशिष्ट श्रेणी नपुगेको खबर सुनाउछे । बाबा रोएको आवाज आउँछ । के भयो बाबा ? प्रश्न गर्छे । मेरी छोरी । तिमीलाई जसरी पनि म शहर पढ्न पठाउँछु । आकांक्षा यति शब्द सुन्न बित्तिकै खुशीले नाच्छे र हुन्छ बाबा भन्दै फोन काट्छे ।
शहर पढ्न जाने कुराले आकांक्षामा नयाँ रक्त सञ्चार प्रवाह हुन थालिसकेको हुन्छ । उसलाई घर नछोडुन्जेल निन्द्र नै लाग्दैन । एस एल सी को नतिजा प्रकाशित भएको तेस्रो दिनमा आकांक्षा घरबाट शहरको यात्रा तय गरी । आमालाई धेरै चुरोट नतान्न भन्छे भाईलाई राम्ररी पढ्नु भनेर सम्झाउँछे । अतीत उसको भाई आमाले तानेर फालेका चुरोटका ठोसाहरु बटुलेर सल्काउन शुरु गरिरसकेको हुन्छ । आकांक्षाको र अतितको उमेर अन्तर दुई वर्ष मात्र थियो । गाउँमा सबैलाई बाई..बाई… भन्दै मनलाई हलुङ्गो बनाएर आकांक्षा निस्कन्छे । कहिल्यै गाउँ नछोडेकी आकांक्षाका लागि बाटामा देखिएका हरेक दृश्यहरु नयाँ थिए । त्यसैले पनि मन छुन्थे । ऊ बेलाबेलामा आँखा बुझेर गहिरो श्वास लिन्थी । उसलाई हरेक दृश्यहरुले तलतल सम्म छुन्थे । आफैसँग प्रश्न गर्न बाध्य हुन्छे । म आजसम्म कुन संसारमा थिए ?
ऊ शहर नपुग्दै फरक भइसकेकी थिई । लगभग छ घण्टा बसमा चढेर शहर पुग्छे । उसलाई कहिल्यै नदेखेको शहर बहुत प्रिय लाग्छ । हरेक व्यक्तिहरु शुन्दर देख्छे । अग्ला अग्ला घरहरु देख्छे । उसले कहिल्यै नदेखेका गाडीहरु देख्छे । ऊ शहर प्रति खुब रमाउँछे । मामाघर यहि भएकोले उसलाई बस्न समस्या भएन । आकांक्षाको बाबाले पहिले नै फोन गरेर आकांक्षालाई मामा घर बस्ने व्यवस्था मिलाइसक्नु भएको थियो । आकांक्षा गाडीबाट झर्न बित्तिकै हेलो आकांक्षा कसैको आवाज सुनिन्छ । नजिकै जान्छे हजुर भन्छे । म तिम्रो मामाको छोरी प्रकृति । ए, दिदी हजुर । स्कुटीमा बस्न भन्दै प्रकृति स्कुटी स्टार्ट गर्छे । गाउँमा हुर्के पनि बोल्न आकांक्षा पनि एकदम स्मार्ट थिई । प्रकृतिसँग उसको पहिलो प्रश्न थियो । दिदि स्कुटीलाई कति पर्छ ? प्रकृतिले हासी मजाक गर्दै किन्न लाग्यौ कि के हो भनेर उडाइदिन्छे । स्कुटी किनेर चढ्ने इच्छा आकांक्षाको भित्री आत्माले भनेको थियो । चाहेको थियो ।
मामाघर आइपुग्यो । आकांक्षाको स्वागत गर्न मामा माइजु घरको गेटनेर उभिएका हुन्छन् । आकांक्षा स्कुटीबाट बिस्तारै झर्दै मामा माइजुलाई दर्शन भन्छे । मामाले प्रकृति तर्फ इशारा गर्दै भान्जी थाकेकी होलीन । कोठामा लैजाउ भन्छन् । उनी दुबै जना कोठामा जान्छिन । गाउँघरमा हरेक चिजहरु पुराना, फोहोर, मैलो देखेकी आकांक्षाले यहाँको सम्पूर्ण चिजहरु सफा, शुन्दर, चिटिक्क देखेकी थिई । उसलाई बजारका सामान्य भन्दा सामान्य चिजहरुले पनि मन छुन्थे । दिन बित्दै गए । आकांक्षा बजार आएको एक महिना बित्यो । प्रकृतिले उसलाई बजार बुझाइसकेकी थिई । आकांक्षामा समयक्रम अनुसार मामाघर नबस्ने बिचार आउँछ । विज्ञान जस्तो विषय पढ्न पनि धेरै पर्छ । मामाघर बसेपछि हो ( हल्ला हुन्छ । केही न केही काम गर्नु पर्छ । राम्ररी पढ्न पाइदैन भनेर । बाबालाई फोन गरेर छुट्टै कोठा लिएर बस्ने कुरा चलाउँछे । बाबा फोनमा छोरी तिम्रो इच्छा भन्नुहुन्छ । उसले बाबा सँग कुरा गरेको भोलिपल्ट कलेज नजिकै कोठा सार्छे ।
आकांक्षा बजार आउनुको पहिलो उद्देश्य बजार बुझ्न थियो । दोस्रो उद्देश्य पढ्न थियो । आकांक्षाको कलेज शुरु भएकोले केहि केटी साथीहरू पनि भइसकेका थिए । आकांक्षा निरन्तर कलेज जाने भएकोले पनि सबैको नजरमा परेकी थिई । आकांक्षा एक्लै भएकोले उसकी साथीहरू कहिलेकाही पढ्ने निहुले आकांक्षाको कोठामा गफ गर्न आउथिन । आकांक्षा पढाइमा मेहनती भएकाले पनि धेरै केटी र केटा साथीहरू उसलाई माया गर्थे । एघार कक्षाको परीक्षा सबै साथीहरूले दिए । अनि घुम्न जाने कुरा चल्यो । सबैजना खालि समय भएकाले पनि घुम्न धेरै नै जान्थे । केही समय पछि खालि समय भएपनि आकांक्षा कसैसँग जान्थिन ।
एक्लै हिड्ने, एक्लै कुरा गर्ने सबै एक्लोपनको लत बसिसकेको थियो । उसलाई साथीहरू पटक्कै मन छाडेको थियो ।बाह्र कक्षाको पढाइ शुरु भयो । आकांक्षाको बानीमा परिवर्तन आएपनि उसको पढाइमा परिवर्तन आएको थिएन। ऊ निरन्तर कलेज जान्थि । कक्षा बाह्रको पढाइ शुरु भएको समयमा आकांक्षाले कलेज कै सबभन्दा महङ्गो मोबाइल किनेको कुरा कलेज भरी फैलिएको थियो । उसले महङ्गो मोबाइल कसरी किनी यो प्रश्न धेरै साथीहरूको मनमा उब्ज्यो तर उसलाई सोध्ने आट कसैले गर्न सकेन । कलेजमा हुने कार्यक्रममा प्रायःजसो साथीहरू आकांक्षा कै मोबाइलबाट फोटोहरु खिच्थे ।
आकांक्षा नियमित कक्षामा उपस्थित भएपनि प्राक्टिकल कक्षामा अनुपस्थित थिई । ऊ सधैं कोठाबाट निस्के पनि स्कुलमा कहिले पनि जान्थिन । दिउँसो एघार बाह्र बजे निस्केपछि राति सात आठ बजे कोठामा आउथी । उसको व्यवहार सबै बदलिएको थियो । कक्षा एघारको नतिजा प्रकाशित भयो । आकांक्षा कलेज कै सर्वोत्कृष्ट नम्बर ल्याउने विद्यार्थी थिई । शहरकै सबभन्दा महङ्गो होटलमा त्यो दिन साथीहरूलाई उसले पार्टि दिई । आकांक्षालाई पार्टि हुन्छ भन्ने कसरी थाहा भयो होला ? उसका साथीहरूको कौतुहल्ताको विषय थियो । तर, उनीहरूले उसलाई सोध्ने आट गर्न सकेनन् । पार्टि यस्तो हुदो रहेछ भनेर बल्ल थाहा पाएका थिए ।
कक्षा बाह्रको पढाइ चलिरहेको थियो । आकांक्षाको पढाइबाट बिस्तारै ध्यान हट्दै थियो । दिन बित्दै गए कक्षा बाह्रको परीक्षा शुरु भयो । आकांक्षाले कक्षा बाह्रको परीक्षा दिई । र, त्यसपछि ऊ स्वतन्त्र पंक्षी भई । ऊ अब जता पनि उड्न सक्छे । आकांक्षाको समयले उसलाई के गरौ के गरौ भनेर बारम्बार सोधिरहेको थियो । यहीँ समयमा उसले एउटा स्कुटी किन्छे । यो खालि समयको सहहृदयी साथी उसकी मामाकी छोरी प्रकृति बन्न पुग्छे। स्कुटी भएपछि जहा पनि जान मिल्ने जता पनि जान मिल्ने । ऊ मामा घर सम्म पनि पुगि । मामाघर स्कुटी चढेर पुगेको देखेर मामा हैरान भएका थिए । भान्जी भर्खर गाउबाट बजार झरेको समयमा राम्ररी सिगान पुछ्न सक्थिनन्। अहिले फिल्मको हिरोईन जस्ती भएर आएको देख्दा मामा अचम्म परेका थिए ।उनलाई पनि समयले प्रश्न गर्न दिएन । उनी पनि बुझक्कड भए ।
आकांक्षा साझ कोठामा आएर पल्टिरहेकी थिई ।उसलाई श्वास फेर्न गाह्रो भयो । उसले केही नभए जस्तै गरेर महिनौ कटाइ । ऊ कोठा मै बसेर विभिन्न पुस्तकहरु पढ्ने गर्थि । डेढ महिना बित्दा पनि आकांक्षाले वास्ता नै गरेकि थिइन । उसलाई एकदिन गह्रौं भारीले च्यापेजस्तो महशुस भयो । उसलाई ज्वरो, खोकी, चाडै थकाइ लाग्ने यस्ता लक्षणहरु देखिन थाले । ऊ चेकअपका लागि अस्पताल गई । रिपोर्ट भोलि आउँछ । भोलि आउँनुहोला डाक्टरले भने । हुन्छ भनेर कोठा तिर गई । भोलिपल्ट रिपोर्ट लिन गई । डाक्टर उनलाई नै पर्खेर बसेका थिए । हुन त! आकांक्षा कोलाई पो मन पर्थिन र ? उसको रुपमा हरेक व्यक्तिका नयन रोकिन्थे । उसको पछाडि केटाहरूको लाइन थियो । कतिपय केटाहरूले उसका लागि झगडा सम्म गरेका थिए ।
ऊ सेलिब्रेटि भन्दा कम थिइन । डाक्टरले आकांक्षा उनको अगाडि पुग्न बित्तिकै प्रश्न गर्छन् । तिम्रो यो सुन्दरता जन्म जात नै ल्याएकी हौ कि पछि बनाएकी हौ ? आकांक्षाको तार्किक क्षमता अतुलनीय थियो । उसले छोटा शब्दहरूमा भन्छे हरेक नारी जन्मजात नै शुन्दर हुन्छे । र, चाहे त्यो बस्तु होस् या मान्छे यसलाई सिङ्गारिएन भने यो फोहोरी डस्टबिन बन्न पुग्छ ।
त्यसैले थोरै मेहनत गरेर मैले आफुलाई सिङ्गारेकी हु । त्यसैले सबैकी प्रिय भएकी छु । उसका प्रेरणादायी कुरा सुनिरहेका डाक्टर शान्त स्वरमा भन्छन् । तिमी साच्चिकै सबैकी प्रिय छौ । एच आई भी एड्स सँग आज तिम्रो बिबाह हुदैछ। तिमी दुलही बन्दैछौ । डाक्टरका यति शब्द सुन्न बित्तिकै ऊ छागाबाट खसे झै हुन्छे । ऊ चिच्याइ चिच्याइ रुन थाल्छे । रिपोर्टमा एच आई भी पोजेटिभ देखिन्छ ।
कति सम्म रुन सक्थि र ? डाक्टरले शान्त हुन भन्छन् । जे हुनु थियो भइहाल्यो । यसको समाधान रुनु होइन । हासेर जिउनु हो । तिमीलाई रोग मात्र लागेको हो । तिम्रो जिन्दगी सकिएको होइन । तिमी हरेक दिन बाच्छौ । अरु व्यक्तिहरु पनि हरेक दिन बाच्छन्। तिमीले आजसम्म अहिलेसम्म के गर्यौ त्यो महत्त्वपूर्ण कुरा होइन । अब आज भन्दा उता अर्थात् अगामी दिनहरुमा के गर्छौ त्यो महत्त्वपूर्ण हुन्छ । तिमीले त! आफुलाई भाग्यमानी सम्झनुपर्छ ।
यहाँ केहि नगरेर पृथ्वीको भार बनेका जिउदा मुर्दाहरु धेरै छन् । त्यसैले हरेक व्यक्तिले आज मेरो अन्तिम दिन भनेर जिउने हो भने आफ्ना सपनाहरु पुरा हुन धेरै समय लाग्दैन । हरेक दिनलाई अन्तिम दिन भनेर जिउनुमा छुट्टै आनन्द छ । मज्जा छ । तिमी बाजुञ्जेल युवाहरुको प्रेरणाकोको स्रोत पनि बन्न सक्छौं । तिमी जस्तो शैक्षिक योग्यतामा सर्वोत्कृष्ट व्यक्ति यस्तो रोगको शिकार बन्न सक्छौ भने। समान्य भनिने अन्य व्यक्तिहरु जो पनि यो रोगको शिकार बन्नसक्छन् । अब युवाहरूलाई बचाउँनुपर्छ । धेरै सम्झाइसकेपछि । आँसु पुछ्दै ऊ उभिन्छे । र, केहि नभए झैं गर्छे । ऊ अस्पतालबाट निस्कनै लागेकी हुन्छे। डाक्टर रोक्न भन्छन् । तिमी जस्तै एकजना केटी एक महिना देखि यो अस्पताल बसिरहेकी छन । मेरो सल्लाह मान्छौ भने तिमी उनी सँगै बस । आकांक्षा उनीलाई भेट्न आत्तिन्छे । र, सोध्छे उहाँ काहा हुनुहुन्छ ? डाक्टर आकांक्षालाई लगेर उक्त केटी भएको कोठामा भित्र जान भन्छन् । जब आकांक्षा भित्र मात्र के पसेकी हुन्छे ऊ थचक्क बस्छे । त्यो बिरामी हुने केटी अरु कोही नभएर उसकी मामाकी छोरी प्रकृति थिई । दुई बैहिनी अङ्गालो हालेर घण्टौ रुन्छन । आकांक्षा र प्रकृतिका बाबा आमा शिक्षा दिए पनि असल संस्कार दिन नसकेको कुरा स्विकार्छन् । त्यसपछिका दिनहरूमा उनीहरू विभिन्न प्रेरणादायी कार्यक्रमहरु लिएर ठाउँ ठाउँ गाउँ गाउँमा पुग्छिन् ।





Leave a comment

Your email address will not be published.


*