तीन बालबालिका घाइते

          |   प्रकाशित मितिः शुक्रबार, साउन ३१, २०७६     ::: 22 पटक पढिएको   |  

दैलेख साउन ३१ ।
दैलेखमा शुक्रवार भएको जीप दुर्घटनामा तीन जना बालबालिका सहित सात जना घाइते भएका छन् । महाबु गाउँपालिका–२ मान्मामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका हुन् । खरिगैराबाट दैलेख सदरमुकामतर्फ आउँदै गरेको बा १६ च ४३६६ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना भएको हो । जिप सडकमा चिप्लिएर करिब एक सय मिटर तल खसेको स्थानीयले बताए । गम्भीर घाइते चालक केसीसहित अन्य सबै घाइतेको दैलेख जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताए ।





Leave a comment

Your email address will not be published.


*