दैलेखमा लडेर एकको मृत्यु

          |   प्रकाशित मितिः शनिबार, साउन ३२, २०७६     ::: 39 पटक पढिएको   |  

दैलेख साउन ३२ : कर्णाली राजमार्गबाट लडेर एक जनाको मृत्यु भएको छ। दैलेख पश्चिमको आठबिस नगरपालिका वडा नम्बर ४ कुन्टाका विष्ण माझीको मृत्यु भएको इलाका प्रहरी कार्यालय राकमकर्णालीका इन्चार्ज विष्णु गिरीले जानकारी दिए। प्रहरीले शनिबार बिहान कर्णाली राजमार्गको डाडाआँपखोला नजिकै उनलाई मृत अवस्थामा फेला पारेको हो। 

माझी शुक्रबार रातिनै लडेको प्रहरीका प्रारम्भिक अनुसन्धानबाट देखिएको इन्चार्ज गिरीले जानकारी दिए। उनका अनुसार माझी सडकभन्दा करिब ४० मिटर तल खसेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।





Leave a comment

Your email address will not be published.


*