सुर्खेतमा बस दुर्घटना : मृतककाे संख्या तीन पुग्यो

          |   प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६     ::: 33 पटक पढिएको   |  

सुर्खेत भदौ ११ । जाजरकोटबाट नेपालगन्जको लागि छुटेको बस सुर्खेतमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ। ना ४ ख ९३२७ बस भेरीगंगा नगरपालिका सुर्खेतको रत्न राजमार्गको हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा गाडी दुर्घटना भएको सुर्खेत प्रहरीले जर्नाको छ।
घटनामा २९ यात्रु घाइते भएका छन्।
दुर्घटनामा परेर घाइते भएका मध्ये २४ जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमामा ल्याइएको छ। उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमै २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत अझै भइ सकेको छैन।





Leave a comment

Your email address will not be published.


*