अछाममा जीप दुर्घटना हुँदा दुईको मृत्यु, ५ घाइते

          |   प्रकाशित मितिः शुक्रबार, भदौ १३, २०७६     ::: 104 पटक पढिएको   |  

अछाम : अछामको मेल्लेख गाउँपालिकाको वडा नम्वर ७ नन्देगडामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। अछामको साँफेबगरवाट मेल्लेख गाउँपालिकाको कुस्कोट जाँदै गरेको से १ ज ९८६ नम्बरको जीप नन्देगडा बजार नजिकै दुर्घटना भएको हो।

मृत्यु हुनेमा मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडाका कौशी साउद र सोही ठाउँका किथ्थी साउद रहेको मेल्लेखगाउ पालिका वडा नम्वर ७ का वडा अध्यक्ष नरवहादुर साउदले जानकारी दिए। शुक्रबार साँझ सबा ५ बजेतिर भएको दुर्घटनामा ५ जना घाइते छन्। विस्तृत जानकारी आउन बाँकी छ। 





Leave a comment

Your email address will not be published.


*