सामाजिक सञ्जालको बिकास

          |   प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६     ::: 54 पटक पढिएको   |  

प्रेम बहादुर सुनार

सामाजिक सञ्जाल अचेल मानिसहरु अक्षर तस्बिर रेखाचित्र श्रव्यदृश्य वा तिनीहरुको सम्मिश्रणबाट तयार पारिएका सूचना सन्देश वा विचारहरु आदान प्रदान गरी अन्तरत्रिया गर्दछन । यसरी अन्तरक्रियात्मक सञ्चारलाई सहज तुल्याउने इन्टरनेटमा आधारित एप्लिकेसनहरुलाई सामाजिक सञ्जाल अर्थात् सोसल मिडिया भनिन्छ ।

यी एप्लिकेसनहरुले समान चासो भएका मानिसहरुको विश्वव्यापी सञ्जाल निर्माण गर्न विभिन्न जानकारी आदान प्रदान गर्न तथा समसामयिक विषयवस्तुमाथी प्रतिक्रिया जनाउन सघाउँछन् । कप्लान र हाइन्लेइनका अनुसार सोसल मिडिया भनेको इन्टरनेटको वेब २।० प्रविधिमा आधारित कम्प्युटर एप्लिकेसनहरुको समूह हो जसले प्रयोगकर्ताद्धारा निर्मित वस्तुहरुको उत्पादन वितरण विनिमय र उपभोग गर्दछ । वेब २।० भनेको अनलाइन अन्तरक्रियात्मकता सञ्जालीकरण विनिमय र सहकार्यलाई सुदृढ पार्न इन्टरनेट प्रविधि हो । चान्डलर र मून्डेका विचारमा सोसल मिडिया भनेको मानिसहरुले एकआपसमा अन्तरक्रिया गर्ने माध्यम हो जसमार्फत इन्टरनेट सिजर्त अभौतिक समुदायमा सूचना तस्बिर र विचारहरुलाई सिर्जना साझेदारी वा आदानप्रदान गरिन्छ ।
त्यस्तो इन्टरनेट सिर्जित सामाजिक सञ्जालमा परिचित वा अपरिचित स्थानीय वा भौगोलिक दुरी भएका जुनसुकै उमेर समूह वर्ग लिङ वा पहिचान भएका मानिसहरु आबद्ध हुन सक्छन् ।
यस्ता सोसल मिडिया एप्लिकेसनहरु मोबाइल आइप्याड कम्प्युटर लगायतका विद्युतीय उपकरणमा सहजै उपलब्ध हुन्छन् ।

गैररेखीय सञ्चार पद्धतिमा आधारित भएकोले यसमा भएका विषयवस्तुलाई नियन्त्रण गर्न प्रतिक्रिया दिन छलफल गर्न वा परिमार्जन गर्न सकिन्छ ।बहुप्रविधिको सम्मिश्रण हुनु तुलनात्कम रुपमा सस्तो हुनु व्यापक र असीमित क्षेत्र हुनु प्रयोगकर्तामैत्री हुनु । उही समयमा सम्प्रेषण गरिनु तुरुन्तै पृष्ठपोषण प्राप्त गर्न सक्नु अन्तरक्रियात्मक हुनु र बारम्बार अद्यावधिक गरिनु सोसल मिडियाका विशेषताहरु हुन् । व्यापक पहुँच सहज प्रयोग अन्तरक्रियात्मक एवम् तत्कालै अद्यावधिक हुने जस्ता कारणहरुल् गर्दँ सोसल मिडियाहरु परम्परागत सञ्चार माध्यम भन्दा भिन्न छन् ।उदाहरणका लागि परम्परागत सञ्चारमाध्यमहरु निश्चित भौगोलिक क्षेत्रमा सीमित रहन्छन् ।तर सोसल मिडियाहरु विश्वव्यापी रुपमा प्रयोगकर्ताहरु समक्ष पुग्न सक्छन् । त्यसै गरी परम्परागत सञ्चार माध्यमहरुको तुलनामा सामाजिक सञ्जालनहरु कम खर्चिला र बढी अनौपचारिक हुन्छन् ।
सामान्य साक्षरता भएको व्यक्तिले पनि सोसल मिडिया सञ्चालन गर्न सक्छन् ।अझैपनि परम्परागत सञ्चार माध्यमका उत्पादनहरु जस्तै अखबार उपभोक्तासमक्ष पुग्न धेरै समय लगाउँछन् तर सोसल मिडिया मार्फत प्रेषित सन्देश तत्कालै पुग्छ ।परम्परागत सञ्चार माध्यममा एक पटक प्रकाशित सामग्रीहरु परिमार्जन गर्न मिल्दैन तर सोसल मिडियामा प्रकाशित सामग्रीहरुलाई प्रतिक्रिया वा सम्पादन मार्फत तुरुन्तै परिमार्जन गर्न सकिन्छ ।

त्यसैले परम्परागत माध्यमहरु समेत सोसल मिडिया मार्झत जनसम्पर्क एवम् सञ्चार उत्पादनहरुको प्रवर्द्धन गरिरहेका छन् । सामाजिक सञ्जालको विकास परम्परागत हिसाबले बुझ्ने हो भन्ने सोसल मिडिया भनेको समाज वा समुदायमा सञचारका लागि प्रयोग गरिने सुलभ माधेयम भनेर बुझ्न सकिन्छ । नेपालमा प्रचलित कटुवाल प्रथा हुलाक सेवा स्थानीय पत्रपत्रिका वा सामुदायिक रेडियो समेत यो परिभाषा अन्तर्गत पर्दछन् ।तर अहिले प्रचलनमा भएको सोसल मिडियाको अवधारणा कम्प्युटर र इन्टरनेट प्रविधिसँग सम्बन्धित छ ।सर्वप्रथम ड्युक विश्वविद्यालयका टोम ट्रस्कट र जिम एलिसले सन् १९७९मा युसनेट नामक विश्वव्यापी छलफलपद्धतिको विकास गरे जसमा इन्टरनेट प्रयोगकर्ताहरुले सारवननिक सन्देशहरु राख्न पाउँथे ।यो अचेलको इन्टरनेट फोरम वा बुलेटिन बोर्डको पूर्ववर्ती स्वरुप थियो ।
युसनेटबाट नर्थकेयारोलाइना र ड्युक विश्वविद्यालयमा सञ्चार सम्बन्ध स्थापना भएको थियो । इन्टरनेटको विकास हुनु भन्दा करिब एक दशकअघि नै यसको विकास भएकाले यसलाई आधुनिक सोसल मिडियाको पूर्वाधारका रुपमा मात्रै लिन सकिन्छ । इन्टरनेटको विकास पछि सन् १९९४ मा बेभर्ली हिल्स इन्टरनेटले सुरु गरेको जिओसिटिज् लाई आधुनिक सोसल मिडियाको प्रस्थान विन्दु मान्न सकिन्छ । सामाजिक सञ्जाल निर्माण गर्नै उद्देश्यले सन् १९९६ मा कम्युनिटिज् सन् १९९७ मा सिक्सडिग्रीज् र सन् १९९८ मा ओपनडायरी सञ्चालनमा आए ।

यी नेटवर्किङ् वेबसाइटहरुले प्रयोगकर्ताहरुलाई साथी बन्न निम्तो पठाउने साथी बनाउने सन्देशहरु पठाउने वा बुलेटिन बोर्डमा प्रकाशित गर्ने सुविधाहरु उपलब्ध गराए । अझ ओपनडायरी ले इन्टरनेटमा डायरी लेख्दै गरेकाहरुलाई एउटै समुदायभित्र आबद्ध हुन उत्प्रेरित गत्यो । यसका प्रयोगकर्ताले अन्य डायरी लेखकहरुलाई साथी बनाउन र उनीहरुका लेखमा प्रतिक्रिया लेख्न पाउने सुविधा दियो पछि अस्तित्वमा आएका ब्लग र सामाजिक सञ्जाल साइटहरुले यिनै वेबसाइटमा भएका विशेषताहरुलाई आधार बनाएको पाइन्छ ।
युजनेट कम्युनिटिज् जिओसिटीज् र सिक्सडिग्रीज् जस्ता वेबसाइटहरुमा सुरु देखि नै ब्लगिङका विशेषताहरु भएता पनि सन् १९९७ देखिमात्र ब्लगको अवधारणा विकास भयो । प्रारम्भमा वेबलग भनेर चिनिए पनि पछि यसलाई छोट्याएर ब्लग मात्रै भन्न थालियो ।ब्लगको अवधारणा लोकप्रिय हुँदै गर्दा ब्लगर १९९९ वर्डप्रेस २००३ जस्ताब्लग साइटहरु सुरुभए । साथै सामाजिक सञ्जाल बनाउन मिल्ने माइस्पेस २००३ लिंक्डइन २००३ फेसबुक २००४ पिलकर २००४ युट्यर्ब २००५ टिवटर २००६ टम्ब्लर २००७ जस्ता सोसल मिडिया एप्लिकेसनहरु सञ्चालनमा आए । ब्लगकै अवधारणामा विविधता पस्कने यी एप्लिकेसनहरुलाई माइक्रो ब्लग पनि भनिन्छ ।उच्च गतियुक्त इन्टरनेटको उपलब्धले सोसल मिडियाहरुमा सर्वसाधारणको सहभागिता अनपेक्षित रुपले बढ्यो ।

सन् २०१२ अक्टोबरयता फेसबुकका प्रयोगकर्ता मात्रै एक अरबभन्दा बढी छन् । नेपालमा सामाजिक सञ्जाल विश्वका धेरै विकासोन्मुख देशहरुजस्तैनेपाल पनि डिजिटल डिभाइडबाट ग्रस्त छ । यहाँका बहुसङख्यक मानिसहरुमा इन्टरनेटको पहुँच पुगेको छैन ।इन्टरनेट पहुँच भएका धेरैजसो मानिसले कम सुविधा भएका मोबाइल उपकरणहरु मार्फत इन्टरनेट चलाइरहेका छन् । बिजुली कटौती तथा कम गुणस्तरीय सुस्त गतिको इन्टरनेटले व्यक्तिको गुणात्मक क्षमतामा खासै परिवर्तन ल्याउन सक्दैन । तर पनि नेपालमा फेसबुक टिवटर युट्युब जस्ता सोसल मिडियाहरु पत्रकार एवम् सर्वसाधारण बीच लोकप्रिय बन्दै गएका छन् । बढी प्रयोगकर्ता भएका सोसल मिडियाहरुमध्ये नेपालमा फ्सबुक अग्रस्थानमा छ । यसमा स्टाटस अपडेट फोटो तथा भिडियो अपलोड टेक्स्ट तथा भ्वाइस च्याट सन्देश पठाउने लगायतका धेरै सुविधा छन् । नेपाली सञ्चारकर्मीहरु माझ ज्यादै लोकप्रिय अर्को सोसल मिडिया एप्लिकेसन टिवटर हो जसमा १४० क्यारेक्टरमा सीमित रहेर सूचना लेख्न सकिन्छ ।
नेपाल पत्रकार महासङ्घले गरेको अध्ययन अनुसार नेपालका सञ्चारकर्मीहरुले सूचना सङ्कलन प्रमाणीकरण सम्पादन जस्ता पत्रकारितात्मक प्रक्रियाका लागि सोसल मिडियाको उल्लेख्य प्रयोग गरिरहेका छन् । उक्त अध्ययनले पत्रकारिताका विषयवस्तुहरुलाई पाठक वा दर्शक सम्म पुर्यािउन सोसल मिडिया प्रभावकारी भएको छ ।

त्यसैगरी सेन्टर फर मिडिया रिसर्चले गरेको सर्वेक्षणमा नेपालको राजनीति तथा सामाजिक परिवर्तनका लागि सोसल मिडियाको प्रयोग महत्वपुर्ण हुने उल्लेख छ । अचेल पत्रकारिता क्षेत्रका लागि आवश्यक पर्ने परम्परागत हुलाक सेवाको करिब ९० प्रतिशत काम इमेल र सामाजिक सञ्जाल मार्फत हुने गरेको उक्त अध्ययनले देखाएको छ ।
बि।सं।२०७२ मा आएको विनाशकारी भूकम्प लगायत उद्धार र सहयोगका लागि विभिन्न सामाजिक सञ्जालहरुले गरेको योगदानसरहानीय छ । म सुरक्षित छु भन्ने फिचर राखेर गुगल र फेसबुकले मानिसहरुलाई सम्पर्कमा ल्याउन मद्दत गरे । फेसबुकले नेपालका लागि चन्दा सङ्कलन अभियान सुरु गरेको १५ दिनमा १ करोड ५० लाख अमेरिकी डलर उठ्यो जसमा फेसबुकले २० लाख थपेर अन्तर्राष्टिय चिकित्सक सङ्घ मार्फत नेपाल मा सहयोग पठायो ।

भिडियो कुराकानी गर्न मिल्ने अर्को सोसल मिडिया स्काइप ले भूकम्प पछि लगक्तै छ हप्ता सम्म स्काइपबाट नेपालका कुनै पनि टेलिफोन नि स्शुल्क कुराकानी गर्ने व्यवस्था मिलायो । फेसबुक टिवटर जस्ता साइटहरुबाट नेपालमा भएको क्षति विश्व समक्ष पुग्यो भन्ने चन्दा सङ्कलनको अभियान तीव्र पारियो । केही अपवादलाई छाडेर संसारभरिका मानिसहरुले नेपाललाई परेको सङ्कटमा साथ र सहयोग दिए । यस बाहेक गम्भीर बिरामी परेका नेपालीहरुको उपचार गर्न विद्यालय पुस्तकालय धार्मिक स्थल निर्माण गर्न अलपत्र परेका बालबालिकालाई सहयोग गर्न अचेल विभिन्न सोसल मिडियाका साइटहरु प्रयोग भइरहेका छन् । तर प्रत्येक दिनजसो लामो समयसम्म हुने विद्युत् कटौती अंग्रेजी भाषाको समस्या स्मार्टफोनमा पहुँच आदि कारणले गर्दा नेपालमा सोसल मिडियाहरुको प्रयोग अझै सहज हुन सकिरहेको छैन ।

अनलाइन पत्रकारिताका लागि अहिले मूलत एउटै चुनौती छ आर्थिक स्थायित्व र दीगोपन ।उद्योगी व्यापारीहरुले अझै पनि परम्परागत माध्यम लाई नै विज्ञापन पत्याउने गरेको अवस्था छ । अखबारको बिक्रीवितरणबाट पनि दुई चार पैसा आर्जन हुन्थ्यो त्यो समाप्त भएको छ । टेलिभिजनमा मासिक शुल्क तिर्ने ग्राहकहरु हुन्छन् तर अनलाइन मा त्यो सम्भावना पनि कम छ । यी सवालहरुको उक्तर अनुमान गरे जति जटिल छैन । इतिहासमा रेडियोका उत्पादनहरु पनि नि शुल्य नै वितरण गरिएका हुन् । ज्यादै नगन्य रुपमा मात्रै रेडियो का ग्राहक बनेको इतिहास छ । पत्रपत्रिका वितरणबाट आउने पैसा भन्दा पत्रिकाको छपाइ र ढुवानी खर्च बढी छ । तसर्थ अबको अनलाइनले टेलिभिजनको जसरी ग्राहक बनाउने र विज्ञापनलाई आफुतर्फ आकर्षित गर्ने हो । त्यो पनि बिस्तारै सफल हुँदैछ । नेपालमै पनि अनलाइनखबर डटकम ले विज्ञापनबाट उठेको पैसाबाट अनलाइन सञ्चालन खर्च धानेको दाबो गरेको छ ।

नेपालमा पनि सयौँको सश्र्ख्यामा रहेका साप्ताहिक पत्रपत्रिकाहरु अब बन्द हुँदै अनलाइनतर्फ जाँदैछन् । रेडियो र टेलिभिजनले इन्टरनेटमा आपनो उपस्थिति मात्रै जनाएका छैनन्। धेरैजसोले अनलाइन प्रसारण पनि चलाएका छन् ।बजारले समाचारको प्रभावकारिता हेर्ने हो ।अनलाइनमा मात्रै सीमित सेतोपाटी र अनलाइनखबर जस्ता पोर्टलहरुमा प्रकाशित समाचारले अहिले राम्रै प्रभाव पार्न थालेको छ ।तसर्थ सञ्चारका परम्परागत माध्यमहरुले डाइनोसर हुने कि नँया ढङ्गले रुपान्तरण हुने भनी प्रष्ट हुन अबेर भइसक्को छ ।

लेखक मध्यपश्चिम विश्वविधालय सुर्खेतमा आमसंचार तथा पत्रकारितामा अध्ययनरथ बिधार्थी हुन ।





Leave a comment

Your email address will not be published.


*