खोरमा हुर्कदै ‘कर्णालीको भविष्य’

        रचना सुनार   |   प्रकाशित मितिः आइतवार, भदौ २९, २०७६     ::: 301 पटक पढिएको   |  

उ खोर हुर्किरहेको छ तर उसको काँधमा कर्णाली र सिंगो नेपालको भविष्य छ ।

कुरा भर्खरै मेरो जाजरकोट भ्रमण को हो । करिब २ हप्ताको मेरो जाजरकोटको बसाईले मलाई धेरै पाठ सिकाएको छ । बालबालिकाहरुको बस्तुगत अध्ययन र अनुसन्धान गर्ने क्रममा म सहितको टोली सुर्खेत हुँदै जाजरकोट लाग्यौ । जाजरकोट कर्णाली कै एक अंश भएकाले पनी एक अपनत्वपनको महसुस भईरहेको थियो । हरियाली डाडाँकाडाँ र पानीका स(साना छहराहरुले मनमा निकै नै उत्साह प्रदान गरिरहेको थियो । जाजरकोट ‘थल’ को एक दिनको बसाई पछि हामी सबै आ–आफ्नो कार्य क्षेत्र तर्फ लाग्यौ ।
‘थल’ देखि करिब एक घण्टा हिडेर ‘खारा’ आएर म सोही दिन नै ‘सोडारी’ तर्फ लागे । करिब दुई घण्टा फेरी हिडेर ‘सोडारी’ पुगी एक घरको नजिक पुगे । म एकदमै थकित र पानी प्यासले अताल्लीएको थिए । त्यसैले पानी मागेर खाने हेतुले त्यस घरको आँगनमा पुगे । घरमा कसैको चहल–पहल थिएन । तर पनि भित्र कोही छ की भनी अलि ठुलो स्वरले बोलाए । घरमा को हुनुहुन्छ ? त्यस्तै २–३ पटक बोलाए पछि एक बच्चा रोएको आवाज आयो । म उत्सुक भएर त्यहाँ उभिए अनि माथी तिर हेर्न थाले । केही मिनेट पछी एक सानो बालक बामे सर्दै अघि तिर बढ्यो र सकि नसकि काठको खोपाहरु समात्दै ताते ताते गरी उभियो र म तर्फ हेर्दै झनै रुन थाल्यो ।
म त घरमा कोही छ होला भनी फेरी बोलाए । भित्र को हुनुहुन्छ ? बाहिर बाबु एक्लै रोहिरहेको छ ? बाहिर छिटो आउनुस् बाबु फेरी लोट्ला ? तर भित्र बाट कुनै जबाफ आएन् म छक्क परे ।
सायद म बेस्सरी बेस्सरी बोलेको भएर होला बच्चा पनी अलि डराएको जस्तो गरी मलाई हेर्न थाल्यो । एक छिन हामी दुबै मौन अनी आश्चर्यमा पर्यौ अनी एक अर्कालाई हेरीरह्यौ । बालक निकै नै संकोचमा परेको थियो अनि म अपसोचमा !
वरीपरी काठले बारीएको सानो खोर भित्र एक सानो बालक उसको आमालाई पर्खिरहेको थियो । उसको सुनौला बालल्यकालको हजार दिनहरुले उसको भविष्य कुरी रहेको थियो । अनि हाम्रो नेपालले ‘समृद्ध नेपाल ः सुखी नेपाली’ लाई कुरी रहेको थियो । एकै समयको अन्तरालमा बोकिएका भिन्न–भिन्न सपना र उद्देश्यहरु एक अर्कासँग सम्बन्धित त थिए तर विल्कुलै फरक फरक मोर्डतर्पm खुम्चिएर बसेका थिए ।
मनमा एक विचार आयो की यो रोईरहेको बालकलाई काखमा लिउँ, अनी केही बेर भुलाईदिउ तर फेरी अर्को मनले भन्यो कि नचिनेको अन्जान घरभित्रको बच्चालाई समात्दा देख्ने मान्छे ले के सोच्लान् । यस्तै यस्तै विचारको उतार चढापले मेरो थकान र प्यास त्यही विश्राम गरी विलाए तर मेरो मानसपटलमा धेरै विचारका लहरहरु सलबलाए । त्यतिकै मा म आफ्नो झोला बोकी गरुङ्घगो मन बोकी उकालो लागे । मनमनै सोच्दै हिडे त्यो सुनसान पखेराको बिचमा जतातेतै मकैका अग्लो बोटहरु अनी वर्षाको झ्यालपातहरुले गमक्कै ढाकिएको त्यो निर्जिव घर भित्र उचित हेरचाह र लालन पालन नपाएको एक सजिव बच्चाको भविष्य पनि डमक्कै ढाकिएको थियो त्यसैले त होला यस्ता संवेदनशील विषयहरु पनि सरकारको ध्यानाकर्षणमा आउदैनन् किनकि ति अबोध बालबालिकाहरुले भोग्नु परेको समस्या, बालक आफैले बोल्दैनन् अनी ठुलाबडाले बुझ्ने कोशिस गर्दैनन् ।
मेरो हातमा भएका नमुना घरहरुको नामहरु थिए । जहाँ म रिसर्चको लागी जार्दै थिए । करिब आधा घण्टा हिडे पछी एउटा घर आयो करिब साझँ हुन पनि लागी रहेको थियो म उक्त घरमा पुगे त्यहाँ पनि ३ जना स–साना बालबालीकाहरु आपसमा खेलीरहेका थिए । आमालाई एकै छिन उभिने पनि फुर्सद थिएन । मैले मेरो परिचय दिएर उहाँलाई आफ्नो घरधन्दा पहिले सकाउनुस अनि विस्तारै बसेर कुराकानी गरौला । उहाँ गाईगोरुलाई बाँध्दै छापो ओछ्याउदै, घाँस दिदे बाख्रा थुन्दै यस्तै विविध काममा व्यस्त हुनुभयो । म पनि बसि बियाँलो बच्चाबच्चीहरुसँग कुराकानी गरेर समय बिताउछु भनी कुरा गर्न सुरु गरे ।
तिनै बच्चाबच्ची २, ४ र ६ वर्षका थिए । तर सबै जना धेरै लजाउने र बोल्न पनि डराउने थिए । मेलै धेरै पटक उनीहरुको नाम सोध्दा पनि कुनै जवाफ दिएनन् त्यसपछि मैले मेरो मोवाइलमा एउटा बाल गित लगाएर देखाए अनि उनिहरु विस्तारै मोवाइलको भिडियो तर्फ आकर्षित हँुदै नजिक आए र भिडियो हेर्दै मुस्कुराए । अनि मैले उनिहरुसँग अन्तरकृया गर्न थाले तर उनीहरु मेरो कुनै प्रश्नको जवाफ नजानेको झै मुन्टो अन्तै फर्काउथे । त्यस दृश्यले मलाई बालविकासका लागी समाजिकरण हुन कति आवश्यक छ भन्ने महशुस गरायो ।
आमासँग अन्र्तवार्ता लिइ सके पछि झमक्कै रात पर्न लागी सकेको थियो त्यसैले म त्यहाँ बास दिन अनुरोध गरे तर ति महिला हिच्किचाउदै भनिन् म्याडम बास त दिनु हुन्थ्यो तर हाम्रो मा बत्ति (सोलार) पनि छैन् अनि ओढ्ने आछ्याउने पनि छैन् । हामी त एउटा थडो फाल्छौ अनि ३ आमा छोराछोरी सुत्छौ । बरु तपाई लाई म हाम्रो घर भन्दा माथि स्वयमसेविकाको घरमा बाँस भन्दिछु अनी उहाँले मलाई उक्त घरसम्म बस्न लगिदिनुभयो । त्यहाँ पुगेर दिन भरका घटनाको बारेमा भलाकुसारी गरे अनि दिनको घटना पनि सुनाए ।
उहाँले वडो सामान्य रुपमा जवाफ दिनु भयो । ‘त्यस्तै हो म्याडम यहाँको अवस्था यहाँ धेरै बालबालीकालाई दिनमा खोरमा छोडिन्छ । प्राय बाबुहरु कमाई गर्न इन्डिया जान्छन् अनि ठुला बच्चाबच्चीहरु पढ्न स्कुल गै जान्छन् अनी आमाहरु खेतबारीको काम अनि गाईबस्तु गोठालो र घाँस जादा बच्चालाई त्यो खोर मा हुलेर जान्छन् कहिले छिट्टै आउँछन् कहिले ढिलो हुन्छ ।
अनि मैले सोधे बच्चा बच्ची त्यसमा सुरक्षित हुन्छन् त ? खै खासै त हँुदैन् तर बच्चा आमाले छोड्दा धेरै रुन्छन् अनी रुदा रुदै सुत्छन् । के गर्ने त्यस्तै बाध्यता छ । तर अली २/३ वर्षका बच्चाहरु भने बाहिर आउन खोज्दा कहिले काही लोट्छन त कहिले काँही खेल्दै गोठमा त कहिले बारीमा पुग्छन् । उहाँ आफ्नो काम तिर लाग्नुभयो ।
म त्यस रातभरी सोचीरहे एक नाबालकले पाउनुपर्ने उसका सुनौला हजार दिन उ बाट खोसिएको छ । उ भोकले कराउदा रुँदा उसको आमा खेतबारी अनि मेला पातमा खटिनु परेको छ । उ सँग बोल्ने, खेल्ने, रमाउने कुनै अभिवावक उसको नजिक छैनन्, उ जोर जोरले रुदा भुलाउने मान्छे छैनन् । यदि यो लोट्यो भने उठाउने हात छैनन्, उसलाई भाषा, संस्कार र राम्रो व्यवाहार सिकाउने घर परिवारसँग उसलाई दिने समय छैन, उ एक्लो अनि निरुत्साहित छ । तर उसको काँधमा कर्णालीको भविष्य छ । अनि मलाई संकोच छ उसले भविष्यमा कर्णाली लाई के देला ? अनि यो देशले के पाउँला ?
भोली पल्ट मेरो अवलोकन एक बालविकास केन्द्रमा थियो । त्यहाँ त मलाई अलि आश थियो कि त्यहाँ त बालबालीका लागी केही राम्रो वातावरण होला । म आसाको झिल्को बोकेर विद्यार्थीहरुसँग विद्यालय तर्फ लागे, विद्यालय पुग्न घण्टौ लाग्ने बाटो यति जोखिम थियो कि अलिकति खुट्टा चिप्लिए सिँधै खोलामा अनि बाँच्ने कुनै मौका नमिल्ने, ओहो ! त्यस्तो डरलाग्दो बाटो मैले आजसम्म देखेको थिएन् । तर ति बालबालीका बिहान २ घण्टा अनि साँझ २ घण्टा लगाएर फर्कन्छन् ।

हम्मे हम्मे परेर म बालविकास केन्द्रमा पुगे । अनि कक्षाकोठामा पनि, त्यँहा कार्यालय सहयोगी एउटा कुर्चीमा थिए । बालबालीकाहरु चिसो अनि गिलो गिलो धुलाम्य भुईमा चप्पल ओछ्याएर बसेका थिए । त्यहाँ शिक्षण सामाग्रीको नाममा एउटा सानो सेतोपाटी भुईको भित्तामा अडाएको थियो । अरु कुनै शिक्षण सामाग्री खेलौना थिएन्, बस्नको लागी भुईमा एउटा कार्पेट पनि थिएन ।
अरे कार्पेट त धेरै टाढा एउटा गुन्द्रीसम्म पनि थिएन । यसो बुझेको पाँच कक्षा सम्मको विद्यालयमा जम्मा २ जना शिक्षक अनि बालबिकास केन्द्रको सहजकर्ता २ महिना देखि सुत्केरी विदामा २ महिना देखि सोहि विद्यालयका विद्यालय सहयोगीले जसो तसो बालबिकासलाई भुईमा मिलाएर बसाल्दा रैछन् एक छिन उठ्न पनि दिँदा रैनछन्, अनि मलाई त्यस (इसीडी) पनि सामुहिक खोर भन्दा कम लागेन ।
जहाँ बालबालीका ४ घण्टा हिडेर कक्षाकोठाको भुईमा बसेर डराई डराई दिन बिताउछन् । उनीहरुबाट दक्ष जनशतिm, असल कर्मठ नागरिक अनि आत्मविश्वासी व्यतिmको कल्पना गर्नु यो देश को ‘आकाश को फल आँखा तरी मर’ जस्तै हो ।
जाजरकोट त एक उदाहरण मात्रै हो । कर्णालीका अधिकांश जिल्लाका बालबालिका का विडम्वना उस्तै हो । त्यहाँ ५० वर्ष नाघीसकेका बुवा आमाका १-२ वर्षे सन्तान देखे तर बालबालिका हरुको अवस्था दयनिय देखे ।
सामान्य सरसफाई शिशु स्याहार शिक्षा सुरक्षा अनि पोषण सम्बनिधको चेतना अधिकांश आमाहरुमा न्युन थियो । बालमैत्री वातावरण घर र विद्यालय दुबैमा थिएन्, विद्यालय प्रयाप्त खानेपानी, खेल मैदान, शौचालय थिएन, आवश्यक शिक्षक दरबन्दी थिएन, हिड्ने सुरक्षित बाटो थिएन् नयाँ नयाँ कुरा सिक्ने नेट इन्टरनेट त छदै थिएन्, अरु भन्दा मोवाइलमा फोन समेत लाग्थेन स्वास्थ्य चौकी थिएन अभिभावकमा पर्याप्त ज्ञान थिएन, अनि सरकारको सेवा त्यहाँसम्म पुगेको थिएन ।

त्यसरी घरमा अनि विद्यालयमा गोठमा झै बालबालिका हुर्किरहेका छन् । उनिहरुमा भोली यो वैज्ञानिक युगको प्रतिशपर्धामा उभिने आत्मविश्वास जित्ने कला क्षमता अनि यो देशलाई समृद्घीतिर लैजाने सिप र दक्षता आउँला नआउला भन्ने अन्यौलमै मेरा विचारहरु टिलमिलाएर तर भविष्यमा कर्णालीका बालबालिका हरुका लागी केही गर्नु पर्ने, बाल अधिकार भित्र पर्ने मुख्य ४ आधार स्तम्भ ‘बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागीता’ लाई पुर्ण रुपमा कार्यान्वयन हुन पर्नेमा पहल गर्ने प्रतिवद्घता स्वरुप यो लेख लेख्ने चेष्टा मनमा जाग्यो र भन्न मन लाग्यो राम्ररी मलजल स्याहार गरेको बालिले नै उब्जनी गराउँछ त्यसैले बालबालिकाहरुमा बेलैमा उचित लगानी गराँै तब मात्र देश समृद्घी तर्फ लाग्ने छ । यो मेरो लेखले कहि कतै असर पर्न गएमा म शिघ्र रुपान्तरणका लागी पनि सादर अनुरोध गर्दछु ।





Leave a comment

Your email address will not be published.


*