दुर्घटनामा चार घाइते

          |   प्रकाशित मितिः सोमवार, अशोज १३, २०७६     ::: 40 पटक पढिएको   |  

दुर्घटनामा परेको (माइक्रोबस) हाइस ।

दैलेख असोज १३ ।
कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतबाट दैलेख तर्फ आउँदै गरेको हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । १५ जना यात्रु लिएर दैलेख तर्फ आउँदै गरेको बा ४ ख ३७३६ नम्बरको (माइक्रोबस) हाइस दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरीमा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरुको उपचारका लागि सुर्खेत तर्फ लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

हाइस सडकको नालामा पल्टिएकाले ठुलो दुर्घटना हुनबाट जोगिएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।





Leave a comment

Your email address will not be published.


*