कृष्णबहादुर महराको नाम संसदको वेबसाइटबाट हट्यो

          |   प्रकाशित मितिः बिहिबार, अशोज १६, २०७६     ::: 27 पटक पढिएको   |  

असोज १६, काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभाको वेबसाइटबाट कृष्णबहादुर महराको नाम हटाएको छ।

संघीय संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महरामाथि बलात्कारको बरोप लगाएपछि महराले सभामुख पदबाट मंगलबार राजीनामा दिएका थिए। राजीनामा दिएसँगै प्रतिनिधिसभाको वेबसाइटबाट उनको नाम हटाइएको हो।

यो पनी पढ्नुहोस्ः सभामुख पद रिक्त: नेकपाले सभामुख र उपसभामुखमध्ये एक पद त्याग्नुपर्ने अवस्था

वेबसाइटमा सभामुखको ठाउँ खाली राखिएको छ। वेबसाइटको होमपेजमा सभामुख र उपसभामुखको फोटोसहितको प्रोफाइल लिंक हुन्छ।

मंगलबार बिहान बसेको नेकपा सचिवालय बैठकले पदबाट राजीनामा दिन महरालाई सुझाव दिएको थियो।





Leave a comment

Your email address will not be published.


*