जाडो छल्न जेष्ठ नागरिकलाई न्यानो कपडा

          |   प्रकाशित मितिः बिहिबार, अशोज १६, २०७६     ::: 48 पटक पढिएको   |  

दैलेख असोज १६ । जाडो बढ्दै गएपछि नारायण नगरपालिका वडा नं. १ ले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । बुधवार आयोजित एक कार्यक्रममा वडाका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको हो । यो कार्यक्रम पहिलो पटक भने होइन् । गत बर्ष झण्डै ५० हजार विनियोजन गरेर जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको थियो ।
चालु आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेटमै एक लाख रुपैयाँ विनियोजन गरेर करिब एक सय जना जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सानो बल्यांकेट वितरण गरिएको नारायण नगरपालिकाका कार्यवहाक अध्यक्ष रमेश केसीले जानकारी दिए ।
उक्त कार्यक्रममा प्रतिनीधि सभाका सांसद रविन्द्रराज शर्माले सरकार जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरु प्रति संवेदनशिल रहेको उल्लेख गरे । सरकारले सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने मात्र होइन उपचार खर्च समेत सहज र शुलभ बनाउने लक्ष्य लिएको बताए ।
कर्णाली प्रदेश सभा सदस्य अम्मरबहादुर थापाले आफुहरु नीति निर्माण तहमा रहेको उल्लेख गर्दै जेष्ठ नागरिकको अधिकार स्थापित गर्न कटिबद्ध रहेको बताए । नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले पर्याप्त बजेट नभएपनि वडाले गर्न खोजेको कार्य सम्मान योग्य रहेको बताए । नारायण नगरपालिकाका कार्यवहाक अध्यक्ष रमेश केसीले आगामी बर्षहरुमा समेत जेष्ठ नागरिकहरुलाई यसरीनै सम्मान तथा न्यानो कपडा वितरण गर्ने बताए ।





Leave a comment

Your email address will not be published.


*