लास लिएर गएकाे ट्रयाक्टर दुर्घटना

        अमर सुनार   |   प्रकाशित मितिः बुधबार, अशोज २२, २०७६     ::: 214 पटक पढिएको   |  

दैलेख – हिजाे साँझ खाेलाले बगाएर मृत्यू भएका दम्पतीकाे लास दाहसंस्कार गर्न काेटिला जाँदै गरेकाे लु २ त ४६९३ नम्बरको ट्रयाक्टर महाबैथान नजिक दुर्घटना हुँदा एक जना महिलाको घाइते भएकी छिन् ।नारायण नपा-२ कुसाडाकी ४८ वर्षकी पूर्णा बिककाे दाहिने हात भाँचिएको छ । ट्रयाक्टरमा सवार १७ जना अरुलाई सामान्य चाेट लागेकाे छ । 

सिकारु चालकले सन्तुलन गुमाएपछि ट्रयाक्टर सडकमै पल्टेकाे प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक दशैं विदामा गएकाे कारण सिकारु चालकले ट्रयाक्टर चलाएका थिए । स्थानीयले घाइतेकाे उद्धार गरी उपाचारकाे लागि दैलेख अस्पताल पुराएका छन्, घटनास्थलमा प्रहरी पुग्दै गरेकाे बताइएको छ ।

दुल्लू नपा-११ कालभैरका ४५ वर्षका इन्द्रबहादुर सुनार र उहाँकी श्रीमती ४० वर्षकी खगिसरा सुनार नारायण नपा-२ कुसाडास्थित माइतीमा दशैं मान्न जाँदा छामघाट खाेलाले काेटिलाघाटबाट बगाउदा दुबै जनाकाे ज्यान गएकाे थियाे ।

दैलेख जिल्ला अस्पतालमा मृतकहरुकाे शव परीक्षणपछि दाहसंस्कार गर्न लास लैजाँदै गर्दा काेटिला जाने बाटाेमा गेट नजिकै ट्रयाक्टर पल्टेकाे हाे ।





Leave a comment

Your email address will not be published.


*