धातुस‘गको नाता

          |   प्रकाशित मितिः सोमवार, कार्तिक १६, २०७२     ::: 155 पटक पढिएको   |  
दुर्गा गीरी

दुर्गा गीरी

परापूर्व कालदेखि नै महिलाहरुलाई बनावटी सुन्दरतामा रमाउने बानी परीसककोे पाईन्छ । छोरा जन्मने देखि नै गरिने स्याहार सुसार र छोरी जन्मने वित्तिकै गरिने स्याहार सुसारमा फरक परेको हुन्छ । हाम्रो समाजमा जन्मदैमा नै विभेदको जरा गाडीसकेको हुन्छ । साथसाथै व्यवहार पनि त्यहि तरिकाले नै गर्ने गरिएको छ । छोरालाई कडा परिश्रमी हुनु, राम्रो पढि लेखि ठुलो मान्छे हुनु, निडर हुनु,भन्ने जस्ता आर्शिवाद दिदै खुला वातावरणमा हुर्काउने,बढाउने र पढाउने गरिन्छ तर छोरीलाई सधै लजालु स्वभावको हुनु, ठुला मान्छेको अगाडी शिर झुकाउनु, धेरै मान्छेको अगाडी गएर नवस्नु र नवोलनु सधै शुशिल स्वभावको हुनु भनि वन्द वातावरणमा नै हुर्काउने र पढाउने गरिन्छ । यसरी आर्शिवादको साथै व्यवहार पनि सिकाउने गरिन्छ ।
आजभन्दा करिव ३० वर्ष पहिले छोरालाई विद्यालय पठाइन्थ्यो भने छोरीलाई डोको नाम्लोको साथ घरायसी काममा लगाउने गरिन्थ्यो जस्ले गर्दा छारीलाई कामकाजमा लगाउने गरिन्थ्यो जसको कारण सानो उमेरमा नै विहेवारी गरि अर्काको घरमा पठाइन्थ्यो छोरीलाई विहे गर्दा कोशेलीका साथै गरगहना गक्ष अनुसार जतिसक्दो धेरै ल्याउनको लागि भनिन्थ्यो र दाइजोलाई प्राथमिकता दिइदैनथ्यो । गक्षअनुसारको सामान्य सरसामान दिने गरिन्थ्यो ।
यसरी समयको अन्तरालसंगै विकास हुने क्रममा महिला तथा छोरीलाई निर्जीव खनीज पदार्थसंग तुलना गर्न भने कम भएको छैन । चेतनसशिल अनि पढेलेखेका मानिसहरु जस्ले समाज परिवर्तन गर्ने जिम्मेवारी कॉधमा वोकी समाजमा समाजसेविको रुपमा रहेका छन् । तै पनि के ठिक र के वेठीक भनि छुट्याउन सकिरहेका छैनन् । जस्ले गर्दा त्यसको प्रभाव विश्लेषण गर्न सकिरहेको छैन् । छोरीको नाक, कान छेडी सुन लगाइ सुन्दरता बढाउन खोजिरहेका हुन्छ । छारीलाई गरगहना र विभीन्न डिजाइनका कपडाहरुमा रुमल्याइरहेका हुन्छन् । शिक्षा प्रदान नगरेको त हैन तर जिवन उपयोगी तथा प्राविधीक शिक्षा दिन सकिरहेको भने छैन्, श्रीमानको घरमा गएर श्रीमानको कमाइमा नै निर्भर रहनुपर्छ भन्ने जानकारी गलत सन्देश दिइरहेका हुन्छ । आफ्नो छोरीलाई अरुको छोरी भन्दा बढि गरगहना अनि दाइजो दिन पाएकोमा गर्भ गर्दछन् । छोरीको विहेमा घरपक्षबाट कति तोला बरावरको सुनको गहना ल्याउने भनि तोकी दिन्छन् र घरपक्षले पनि दाइजो आशा गरेका हुन्छ भने के के ल्याएछ भनि हेर्नको लागि गाउ‘घर छरछिमेक नै आतुर भएको देखिन्छ । अरु दाजुभाइको सामुमा सकभर धेरै सरसामान र भाडाकुडा दिन पाएको भए, धेरै खर्च गर्नपाएको भए अरुको भन्दा समाजमा मान तथा सम्मान धेरै पाइने थियो भन्ने चिन्तन भइरहेको हुन्छ । पढेलेखेका महिलाहरुले पनि यसको वारेमा अस्विकार भने गरेको पाइदैन् । मेला तथा चाडवाडमा गरगहना लगाउने चलनमा भने झन दिन दिनै होडवाजी चलिरहेको छ ।
गरगहना लगाउन र तडक भडक गर्न नसक्ने मानिसहरुलाई यो अन्धविश्वासी समाजमा होच्याउने,सामाजिक रुपमा पन्छ्याउने र घृणा गर्ने गरिन्छ । तर छोराहरुलाई भने राम्रो शिक्षा दिनको लागि बाहिर पठाउने र लगानी पनि वढि गर्ने गरेका छन् भने उनिहरुलाई कुनै पनि शौन्दर्यता तथा धातुसंग तुलना गरि हेर्ने गरेको छैन् । लक्षसम्म पुग्नको लागि बाटो फराकिलो पार्नको लागि सहज वातावरणको श्रृजना गरिरहेको छ । अनि हाम्रो समाजले पश्चातमा पुगेर छोरा र छोरी माथि तुलना गरीरहेको हुन्छ । छोरा बराबर छोरीहरु काममा सक्षम छैनन् । कमजोर हुन्छन भनिन्छ र व्यवहारमा पन्छ्याउने काम गरिन्छ । १ तोला सुनको मूल्य बराबरको एउटा कम्प्यूटर किनिदिएर उनिहरुको ज्ञान तथा सिप विकास गर्ने वातावरणको श्रृजना गर्नुपर्ने हुन्छ । साधारण तथा घर नजिकको विद्यालय तथा कलेजमा प्राय पढाउने प्रचलन रहेकोमा उच्च शिक्षा तथा प्राविधिक शिक्षा प्रदान गरेको खण्डमा मात्र जिवन सधैभरि नै सुखी अनि खुसी हुदै जिवन सुध्रनुको साथै उनिहरुको सन्ततिहरुको भविष्यमा सकारात्मक प्रभाव हुने देखिन्छ । यो समाजलाई अगाडी बढाउनको लागि जति छोराको भूमिका रहेको छ त्यति नै छारीको पनि भूमीका रहेकोले छोरीको विहेमा दिइने दाइजो तथा भाडाकुडा र अनावश्यक खर्चको सट्टामा छोरीलाई उच्च तथा प्राविधीक शिक्षा दिनुपर्ने सामाजिक नितिको निर्माण गरिनुपर्छ । दुलाहाले कति तोला सुन र दुलैले कति दाइजो ल्याए भनि हेर्ने यो समाजको कुसंस्कारयुक्त प्रवृत्तिलाई परिवर्तन गरिनुपर्ने हुन्छ । यस्तो किसीमको दाइजो र गरगहनामा छारीलाई किन्ने र वेच्ने संस्कारको अन्त्य गर्नको लागि राष्ट्रिय नितिमा यो विषय पनि उल्लेख गरिएको हुनुपर्छ ।
साच्चै यो देश अनि समाजलाई परिवर्तन गर्नको लागि उच्च ज्ञान र सिपलाई प्राथमिकता दिनु जरुरी छ, भने आत्मनिर्भर वन्नको लागि सुन तथा अन्य धातुका गरगहना आयात गरि त्यसको व्यापार व्यावसाय संचालन गर्नु भन्दा त्यसको सटमा अन्य अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरुको स्थापना गर्नमा नेपाल सरकारले नै पहल गर्ने पर्ने देखिन्छ ।
लेखक सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखमा कार्यरत हुनु हुन्छ





Leave a comment

Your email address will not be published.


*