मैनबत्तिले घरमा आगलागी हुँदा बालकको ज्यान गयो

          |   प्रकाशित मितिः बिहिबार, कार्तिक १४, २०७६     ::: 25 पटक पढिएको   |  

कात्तिक १४, २०७६ – अमर सुनार
दैलेख –
नौमूले गाउँपालिका–६ गोगनपानीका प्रेमबहादुर थापामगरको घरमा बालिएको मैनबत्तिले मंगलवार राती घरमा आगलागी हुँदा चार वर्षीया बालक इश्वर थापाको ज्यान गएको छ ।
ज्यान जानेमा नौमूले गाउँपालिका–१ तोली निवासी गणेश थापामगरको छोरा हुन् । आमाबुबासंग मामाघर गएका बेला उक्त आगलागी भएपछि बालकको ज्यान गएको हो ।
कोठामा बालकलाई सुताएर आमा जिनीषा थापामगर र बुबा गणेश छिमेकमा देउसी खेल्न गएको बेला पल्लो कोठाबाट सुरु भएको आगोले पूरै घर जलेपछि बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।
खरले छाएको दुई तले घरको माथिल्लो तलामा सुत्ने बालबालिकाले प्लाष्टिकको बट्टा माथि राखेर बालेको मैनबत्ति टेबुलमा राखिएको सल र कापी किताब सल्किएर पूरै घर जलेको इलाका प्रहरी कार्यालय नौमूलेका इञ्चार्ज प्रहरी नायव निरीक्षक कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।
घरसंगै जोडिएको बाख्राको खोरमा समेत आगलागी हँुदा ५ वटा बाख्रा पनि मरेका, घरमा भएको अन्न, लत्ता कपडा सबै नष्ट भएको नौमूले गाउँपालिका–६ वडाध्यक्ष दलबहादुर गुरुङ्गले बताउनुभयो । राति नै परिवारका सदस्यहरुलाई छिमेकीको घरमा सारिएको उहाँले जनाउनुभयो ।
घरको धुरीमा आगो लप्का पुगिसकेपछि छिटो छरितो सबैले भागेर ज्यान जोगाएका तर बालकलाई त्यहाँ सुताएको कुरा आगलागीपछि घटनास्थलमा आमा आइसकेपछि मात्र बालक पोलिएको थाहा भएको थियो ।





Leave a comment

Your email address will not be published.


*