आलम विरुद्ध जन्मकैदको माग गर्दै मुद्दा दर्ता

          |   प्रकाशित मितिः सोमवार, कार्तिक १८, २०७६     ::: 7 पटक पढिएको   |  

रौतहट, कात्तिक १८ गते । २०६४ साल फागुन २७ गते चुनाव प्रसारको क्रममा रौतहटमा भएको बम विष्फोटमा घाइते भएकाहरूलाई जिउँदै इटा भट्टामा जलाएको अभियोगमा आफताब आलम लगायत ११ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।

सरकारी वकिलको कार्यालय रौतहटले उहाँहरू विरुद्ध जन्म कैद समेतका माग गरी तीनवाट छुट्टाछुटै मुद्दा दर्ता गराएको हो । कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थ नियन्त्रण ऐन अन्तगर्त जिल्ला अदालत रौतहटमा निजहरू विरुद्ध मुद्दा दार्ता भएको हो । सो मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयका रौतहटका तर्फबाट खडिन्द्र कटवालले दर्ता गराएका हुन् । प्रहरी हिरासतमा रहेका अफताब आलमलाई आजै जिल्ला अदालत उपस्थित गराउने तयारी भए पनि उहाँसँग बयान भने भोलिबाट शुरु हुने बताइएको छ ।
११ जना प्रतिवादी मध्ये १० जना फरार रहेका छन् । मुद्दामा ३९ पृष्ठ अभियोग पत्रसहित करीब ८०० पृष्ठको मिसिल रहेको छ । सातै अभियोग पत्रमा कर्तव्य ज्यानतर्फ जन्म कैद, ज्यान मार्ने उध्योगतर्फ १० वर्ष र बिस्फोटक पदार्थमा दुई वर्ष कैदको माग दावी गरिएको छ ।





Leave a comment

Your email address will not be published.


*