प्रदेश प्रमुख परियारले सम्हाले पदभार

          |   प्रकाशित मितिः बुधबार, कार्तिक २०, २०७६     ::: 50 पटक पढिएको   |  

जनकपुर – प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले बुधबार पदभार ग्रहण गरेका छन् । परियारलाई प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले जनकपुरस्थित कार्यालयमा स्वागत गरेका छन् ।

बुद्ध एयरको बिहानको जहाजमा जनकपुर अवतरण गरेका प्रदेश प्रमुख परियारलाई एयरपोर्टमै संघीय सरकारका मन्त्री उपेन्द्र यादव र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरे ।
प्रदेश २ मा सरकार रहेको समाजवादी पार्टी अध्यक्ष रहेका यादव बुद्ध एयरबाटै काठमाडौं फर्किने क्रममा दुवै जनाको भेटघाट भएको हो । ‘मिथिलानगरी जनकपुरमा स्वागत छ’ मन्त्री यादवले प्रदेश प्रमुख परियारलाई स्वागत गर्दै भने । प्रदेश प्रमुख परियार श्रीमती र नेपाली सेनाको निजी अंगरक्षकसहित जनकपुर पुगेका हुन् । प्रदेश प्रमुख परियारलाई एयरपोर्टमा नेकपाका सांसद, नेता र मेयरहरुले भब्य स्वागत गरे ।
एयरपोर्टबाट सोझै प्रदेश प्रमुखको कार्यालय रहेको जनकपुर चुरोट कारखानामा परियार पुगेका थिए । त्यहाँ उनलाई सरकारमा मन्त्री, सचिव र कर्मचारीहरु स्वागत गरेका थिए ।





Leave a comment

Your email address will not be published.


*