अचानक हुनसक्छ हृदयघात, कसरी जोगिने ?

          |   प्रकाशित मितिः बुधबार, कार्तिक २०, २०७६     ::: 79 पटक पढिएको   |  

के हो हृदयघात ?

हृदयघात, मुटुलाई रगत आपूर्ति गराउने कोरोनरि धमिनि वा धमिनिका शाखा भित्रै आकस्मात रगत जम्नगइ रगतको थेग्लाले धमिनि थुनिदिदा थुनिएको भाग भन्दा अगाडि हृदयका मांशपेशीहरूअक्सिजन र अन्य पोषकतत्वहरुको अभावमा मर्नगइ देखापरेको आपतकालिन समस्या हो ।

यो समस्या आकस्मात देखापर्ने भएपनि यसको पछाडि लामो सिलसिला जाडिएको हुन्छ । विशेषतः कोरनरी धमिनीभित्रै आफै रगत जम्नुको पछाडि धमिनीका भित्ताहरुहरुमा लामोसमयदेखि कोलेस्टेरेल क्याल्सियम र मृत्तकोषहरूजम्मा भएर धमनी साँघुर्‍याउने, अथेरोस्केलेरोमिस भन्ने रोग जिम्मेवार छ ।

उपरोक्त पदार्थहरूजम्मा भएर धमिनी सागुरिएको ठाउँमा धमिनीले आफ्नो लचकता गुमाउछ र तन्तुहरूलाई रगतको माग ज्यादा भएको अवस्थामा फैलिएर अतिरित्त रगत आपूर्ति गर्न सक्दैन ।

यसो हुदा साघुरिएको ठाउँमा नसाको भित्रि पत्र जसलाई इन्टिमल लेयर भनिन्छ च्यातिन पुग्छ र रगत क्याल्सियम र कोलेस्टेरोल वनाएको खस्रो सतहको सम्पर्कमा आइ नसाभित्रै जम्न पुग्छ फलतः जमेको रगतको थेग्लाले पुरै धमिनीलाई थुनिदिन्छ र थुनिएको भाग भन्दा अगाडि धमिनीले आपूर्ति गरेको हृदयतन्तहुरु अक्सिजन र पोषक तत्वको अभावमा मर्न जान्छन् ।

यसरी हृदयतन्तुहरूमर्न जादा मुटुले रगत पम्प गर्न सक्दैन । साथै अन्य संवेदनशिल अगंहरुमा पनि रक्त आपूर्ति हनु नसक्दा व्यक्तिको मृत्यु हुन जान्छ ।

अधिकतर हृदयघात मुटुलाई ज्यादा दवाव पर्ने अवस्थाहरूजस्तै चिल्लो खाना पेटभरी खाएको, रिसाएको, दुखी भएको, तनावमा परेको, विहानको समयमा, खाना खाएर सुतेको अवस्थामा र एन्जियो प्लाष्टि वा अन्य हृदयका शल्यक्रिया गर्दा गर्दै हुने गर्दछ ।

हृदयघातका जोखिमहरु

हृदयघातका जोखिमहरुलाई उल्ट्याउन सकिने र उल्ट्याउन नसकिने गरेर दुई समूहमा विभक्त गरिएको छ ।

उल्ट्याउन सकिने जोखिमहरुको मूख्य कारण भनेको अव्यवस्थित जीवनशैली हो । अव्यवस्थित जीवनशैलीकै कारण ७५ प्रतिशत मुटुरोग र ९० प्रतिशत हृदयघात सम्वन्धि मुटुरोग लाग्ने कुरा विभिन्न अनुसन्धानबाट प्रमाणित भइसकेको छ । उल्ट्याउन सकिने जोखिमहरुमा मानसिक तनाव, चिन्ता, भय र उदाशिनता, उच्चरक्त, कोलेस्टेरोल, ट्राइगिलिस्राइड, एलडिएल र निम्नरक्त एचडिएल, कम एन्टिअसिडेन्ट भएको खाना, उच्चरक्तचाप, मधुमेह, मोटोपन, व्यायम र श्रमको कमी र धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन, खानामा रेसा र चोकरहरुकोकमी र टायप ए व्यक्तित्व र मदिरापान आदि हुन ।

उल्ट्याउन नसकिने जोखिमहरुमा उमेर लिंग र अनुवंशीक प्रभावहरू पर्दछन् । तर, आज हृदयघातको विरक्तलाग्दो तथ्यांक वृद्धिमा उल्ट्याउन नसकिने भन्दा उल्ट्याउन सकिने जोखिमहरुको मूख्य योगदान छ ।

विज्ञहरूभन्छन् कम उमेरमा भइरहेको हृदयघातको उत्प्रेरक भनेकै हाम्रो अप्राकृतिक जीवनशैली (भोजन, व्यायम, विश्राम, विचार र व्यवहारको अव्यवस्थापन) हो ।

मानव र प्रकृति विचको वढ्दो दुरी, वातावरणिय प्रदूषण, मानसिक तनाव, गरिष्ठ भोजन, श्रम र व्यायमवाट पन्छिने अल्छि वानी आफ्ना हठ अडान र निर्णयप्रति अडिग रहने हठी व्यक्तित्व, शरीरको आवाज (आहार निन्द्रा, भय मैथुन) जस्ता प्राकृतिक चाहनाहरुको उचित व्यवस्थापन गर्न नसक्नु जस्ता जीवनशैलीसँग सम्वन्धित कारकतत्वहरू हृदयघात लगायत अन्य मुटुरोगहरुको मुख्य कारक हुन् ।

जीवनशैली परिवर्तन

जीवनशैली परिवर्तन गरेर हृदय रोग र हृदयघातको जोखिमलाई कम गर्न सकिन्छ भनि वैज्ञानिक तथ्य र आधारहरूसहित हृदयरोगको सफल उपचार गर्ने पहिलो व्यक्ति अमेरिकी चिकित्सक डा। डिनअर्निश हुन् । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायम, विश्राम, विचार र व्यवहारको हृदयमैत्री हुनेगरी ठीक समायोजन गर्नु हो ।

१. चिल्लो ब्यावश्थापनः रगतमा ट्राईग्लिसराईड र कोलेस्टेरोल बढेका रोगीलाई हृदयघातको उच्च सम्भावना रहन्छ । वनस्पतिबाट प्राप्त चिल्लो ९खाने तेललाई० हामी मेडिकलको भाषामा ट्राईग्लिसराईड भन्छौ भने प्राणीबाट प्राप्त चिल्लो ९घ्यू र बोसोलाई० हामी कोलेस्टेरोल भन्दछौ ।

मुटु रोग लागेकाले ट्राईग्लिसराईड र कोलेस्टेरोल नभएको खाना खानुपर्ने हुन्छ । तसर्थ मुटुरोगीले पूर्ण शाकाहारी हुन जरुरी छ । दाल, तरकारी पकाउदा पनि तेल नहालिकन पकाउने कला ९श्भचय यष् अिययपष्लन० सिकेर तेल रहित खानेकुरा मात्र खानु पर्दछ ।

नदेखिने चिल्लो पदार्थका श्रोतहरु, बदाम, काजु, मुङ्फली, नरिवल जस्ता तौलिय फलहरू पनि खानु हुदैन । तेल घ्यूमा बनाएको तर चिल्लो नदेखिने खानेकुरा जस्तै चाउचाउ, बिस्कुट, नुडल्स्, जङ्कफूड, फस्टफूड, आदि पनि खानु हुदैन । कार्बो निक पेय र अल्कोहलिक पेय जस्ता खालीक्यालोरी दिने पदार्थ पनि मुटुको लागि राम्रो होइन ।

२. रेशा र चोकरको समायोजनः मुटुरोगबाट बच्न खानमा रेसा र चोकर युक्त खाद्यानहरुको समायोजन हुन जरुरी छ । सलाद, हरीया सागसब्जि, चोकरयूक्तपीठो, रातोचामल, सग्लै अन्नहरुमा रेसा र चोकरको मात्रा ज्यादा हुन्छ ।

३.भिटामिन र एण्टिअक्सिडेण्टको समायोजनः भिटामिन ए, सी र ई पाईने खानेकुरा र एण्टिअक्सिडेण्ट युक्त भोजन मुटु रोगीकालागि अपरिहार्य छ ।

हरिया कलिला मौसमि साग, अंकुरीत गेडागुडि वा जमरामा एण्टिअक्सिडेण्ट को मात्रा ज्यादा हुन्छ । एण्टिअक्सिडेण्टले थुनिएका नसा खोल्न र घात पछिको घाउ निको पार्न मूख्य भूमिका खेल्छ ।

४. नुन नियन्त्रणः खानामा नुनको मात्रा दैनिक दुई(तीन ग्राम मात्र होस् । अजिनोमोटो, सोडियमवाइकार्वोनाइड र सोडियम वेन्जोएट जस्ता बेकिङ्ग पाउडरको प्रयोग मुटु मैत्री होइन ।

अचार, आलुचिप्स, कुरकुरे, पाँउ जस्ता अतिरित्त लवण राखिएका खाद्ययपदार्थले मुटु रोगको जोखिम बढाउँछ ।

५. खाने बानीमा सुधारः

पेटभरी ठुसी-ठुसी खाने बानी त्यागौं । दिउसो होस वा राती खाने बित्तिकै सुत्नुहुन्छ भने तत्कालै यो बानी छाडौं ।

ठोस भोजन दिनको दुइ पटक मात्र होस् । रात्रीकालिन भोजनमा अन्नको मात्रा जति सक्दो कम होस् । अन्नको सट्टा दाल, तरकारिको सुप, उसिनेको सागसब्जी र तरकारी जस्ता चाडै पच्ने खाना खाने गरौं ।

६. दैनिक ३० मिनेट व्यायाम वा योगः

मुटुरोगीले ब्यायाम गर्न भनेर कहिले पनि कठिन ब्यायाम वा श्रम गर्नु हुदैन । एरोविक ब्यायामको मुटुरोग रोकथाम र नियन्त्रणमा ठूलो भूमिका छ । यसका अलावा अंग ब्यायाम, रिढ ब्यायाम, सिथिलिकरण ब्यायाम, प्रातः भ्रमण जस्ता हल्का ब्यायाम नियमित गर्नु पर्छ । ब्यायाम गर्दा शरीरका सम्पूर्ण जोर्नीहरू चलेको हुनुपर्छ ।

एकपल्ट हल्का पसिना निकाल्ने र शरीरको कोमल अङ्गलाई समेत प्रवाभित पार्ने खालको ब्यायामले मुटुरोगमा राम्रो काम गर्दछ । दक्ष योग गुरुबाट मुटुरोगीले गर्ने योग आसन सिकेर नियमित अभ्यास गर्दा पनि हृदयघातको जोखिम कम गर्नु र मुटुरोग उल्ट्याउन मद्दत गर्छ ।

७. प्राणायामको नियमित अभ्यासः चिकित्सा शास्त्रमा प्राणयाम लाई स्यामप्याथेटिक प्राणायाम र प्यारा(स्यामप्याथेटिक प्राणायाम गरि दुई समूहमा बाडिएको छ ।

मुटु रोगीले भस्त्रिका, कपालभाति, सूर्यभेदन, मुर्छा जस्ता स्यामप्याथेटिक प्राणयामहरू गर्नु हुदैन । अनुलोम(विलोम, नाडिशोधन, बाम नाशिका श्वासन, उज्जयी, भ्रमरी र यौगिक श्वासन (पेट, छाति र कन्धा द्वारा गरिने श्वासन० आदिको दैनिक २० मीनेटको अभ्यास मुटुरोगको लागि राम्रो हो ।

८.ध्यानः वैचारिक ओहपोहबाट टाढा भएर हरेक घटनामा साक्षिभाव विकाश गरि शाश्वतताको खोज गर्ने कलालाई ध्यान भनिन्छ । मनमा विचार चलुन्जेल मुटुमा स्ट्रेस परिरहन्छ । अतः ध्यान गर्दा मन अमन बन्ने हुदा मुटुलाई गहिरो बिश्राम मिल्दछ ।

९.भरपुर निन्द्रा लिऔः राति चाढै खाना खाने र खाएको तीन घण्टा ९पेट खाली भएपछि० मात्र सुत्ने गर्नु पर्छ । निद्रा नआउनेहरुले चिकित्सकको सल्लाह अनुसार औषधि खाएर भएपनि सुत्ने प्रयास गरौं । दिउसोसुत्ने, विहान अबेरसम्म सुत्ने, राति चाढै नसुत्ने, र खानाखानेबित्तिकै सुत्ने बानी मुटुका लागी खतरनाक मानिन्छ ।

१०. बिश्रामको कला सिकौः शारिरिक तथा मानसिक रुपले विश्राम लिनका लागी योग निद्रा, माइन्ड साउन्ड रेसोनेन्ट टेक्निक , प्राणिक इनरजाईजीङ्ग टेक्निक , सेल्फ मेनेजमेन्ट अफ एक्सेसिभ टेन्सन , जेकब्सन प्रोग्रेसिभ मसल्स् रिल्याक्सेसन टेक्निक डिप रिल्याक्सेसन् टेक्निक , क्विक रिल्याक्सेसन टेक्निक , ईन्स्टेन्ट रिल्याक्सेसन् टेक्निक जस्ता बिश्रामका विधिहरूसिकेर अभ्यास गर्ने गरौं ।

११.आनिबानीमा सुधारः हृदयरोगवाट बच्न अव्यवहारिक र पुरा नहुने महत्वकांक्षावाट वच्नुपर्छ । आफ्नो मनको भावनाहरू सम्वधोन गर्न, अरुको भावनाहरुको सम्मान गर्न, समाज र परिवारको मान्यताहरूसँग समन्जस्य गर्न सिक्नुपर्छ । धेरै सम्पति र नाम कमाउने वा उन्नती गर्ने चाहनामा आफुलाइ तिरोहित गर्नु हुदैन ।

१२. सकरात्मक सोच राख्नुहोसः सकारात्मक चिन्तन हृदयको लागि ठूलो ओखती हो तसर्थ हरेक घटना वा व्यक्तिको उज्यालो पक्षलाई मात्र केलाउने बानी मुटुको लागि राम्रो हो ।

१३. गलत आनिबानीको त्यागः चुरोट, सुर्ति, जाड रक्सि, वा अन्य नसालु पदार्थको सेवन मुटुरोगको ठूलो शत्रु हो

१४. व्याक्तित्वमा बदलावः आफ्नो ब्यक्तिवलाई लचकदार र सर्वप्रिय बनाउँ । अहंकार, घमन्ड र मपाईत्वलाई प्रशय नदिउँ । सानालाई माया र ठुलालाई आदार गरौं । दुःखिहरुसँग करुणा, आनन्दितहरुसँग मित्रता, सज्जनहरुसँग मुदित राखौं भने दुर्जनहरुको वास्तै नगरौं ।

आफ्ना गल्ति तथा भुलहरुलाई फेरी नगर्ने संकल्पका साथ भुलौ । विगतमा भएका कुराहरुलाई लिएर तनावग्रस्त हुने नगरौं ।

ईख लिने, बैरत्व राख्ने, मनमा लागेका कुरा नभन्ने र भावानाको दमन गर्ने ब्याक्ति चाडै हृदय रोगको सिकार हुन सक्छ । नाम र दामको पछाडि मरीहत्ते गर्नेबानी मुटुकालागी राम्रो होइन । ईमान, जमान नैतिकता र धर्मलाई आत्मसाथ गर्दै जति जे हुन्छ त्येसैमा सन्तोष गरौं ।

१५. तनाव ब्यावश्थापनः तनाव विभिन्न कारणले हुनेगर्दछ। तनाव ब्यावश्थापन गर्न तनावको कारण पत्ता लगाएर हटाउने प्रयास गर्नु पर्दछ ।

१६. नियमित स्वास्थ्य चेक-जाँचः मुगुरोग सुसुप्त हत्यारा हो । तर नियमित स्वास्थ्य चेक गरे यो रोगको जोखिम कारक तत्वहरू पत्ता लगाई बेलैमा सचेत हुन र रोग उल्ट्याउन सकिन्छ ।

डा. हेमराज कोइराला





Leave a comment

Your email address will not be published.


*