मारुनी नाच संरक्षण नौमुले

          |   प्रकाशित मितिः मङ्लबार, कार्तिक २६, २०७६     ::: 41 पटक पढिएको   |  
फाईल फोटो

दैलेख | नौमुले गाउँपालिका भाँडे गाउँका ६० वर्षका जंगबहादुर सुनाखरी मारुनी नाचका टिम प्रमुख हुन् । बुवा र बाजेबाट मारुनी नाचेको देखेका उनले अहिले त्यही नाचका टिम प्रमुख भएर नाच्ने गर्दछन् । कम्मर मादल भेरेर मादलकै तालमा नाच्ने गरेका सुनाखरी आफुहरुलाई हेर्न गाउँभरबाट ठुलो जमात भेला हुने गरेको अनुभव सुनाउँछन् ।

‘त्यतिबेला अरु मनोरञ्जनको साधन थिएन् ।’ उनले भने, ‘अहिले हेर्नका लागि थुप्रै प्रविधि आएपछि परम्परागत रुपमा रहेको मारुनी नाच सिक्न, हेर्न यूवाहरु छैनन् ।’ गाउँबाटै परम्रागत नाचहरु लोप हुने अवस्थामा पुग्न थालेपछि पुराना पुस्ताहरु चिन्तित छन् । मेला पर्व होस् या शुभ कार्य मारुनी नाचले गाउँमा शोभा नै बढाउने गदथ्यो । विशेषतः मारुनी नाच रातमा देखाउने नाच हो । गाउँमा हुने शुभ कार्यमा मारुनी नाच देखाईन्छ । जनजाति समुदायमा यो नाच विशेष गरि नाच्ने चलन छ । पुरुषलाई महिनाको रुपमा उत्तारेर नाच्ने गरिन्छ ।

उनले गाउँमा हुने खुसीयालीका कार्यक्रममा आफ्नो टिम लगेर मारुनी देखाउने गर्दछन् । घरैपिच्छे हुने खुसीयालीमा मारुनीको माग समेत हुने गर्दथ्यो । अहिले आधुनिक गितहरुले माग हुन छाड्यो । पछिल्ला वर्षहरुमा विगतजस्तो मारुनी नाच गाउँघरमा देखीन छाडेपछि सुनाखरी चिन्तित छन् । पछिल्लो पुस्ता सिक्नका लागि तयार नहुँदा संरक्षणमा जोखिम परेको उनी बताउँछन् । मारुनी नाच देखाउँनका लागि ५ देखी ८ जनासम्म गित गाउने पुरुषहरु, दुई जना गितसंगै मादल बजाउने, अरु दुईदेखी ३ जना मादल कम्मरमा बाँधेर नाच्ने र अन्य दुई जना पुरुषहरु महिलाका कपडा लगाएर मादलको तालमा नाच्ने गरिन्छ ।

महिनाको कपडा लगाएर नाच्नेलाई मारुनी भनिन्छ भने, कम्मरमा मादल बाँधेर नाच्नेलाई पुरुगे भन्ने चलन छ । विशेष गरि मारुनी नाचमा गाईने गितहरु भावुक खालका हुने गर्दछन् । गितमा पुराना ऐतिहाँसिक घटनाहरु, रामायण, सरस्वती लगायतका कथाहरुलाई गितको माध्यमद्धारा गाउने गरिन्छ । गाउँघरमा प्रख्यात मारुनी नाच लोप हुने अवस्थामा पुगेका कारण गाउँपालिका संरक्षणका लागि विभिन्न कार्यक्रमहरु बनाएको नौमुले गाउँपालिकाका अध्यक्ष भद्रे बुढामगरले बताए । गाउँपालिकाले सवै वडामा रहेको मारुनी नाचलाई जर्गेना गर्नका लागि कार्यक्रम समेत गरेको छ ।

यूवा पुस्तामा समेत मारुनी नाच हस्तान्त्ररण गर्नका लागि खुल्ला रुपमा कार्यक्रम समेत गरेको छ । सवैले मारुनी नाच हेरेर आफ्नो गाउँमा प्रर्वधन गर्न अभिप्ररित हुने अध्यक्ष बुढामगरको भनाई छ । जनजाति समुदायमा लोकप्रिय मारुनी नाच गाउँघरबाटै लोप हुने अवस्था आएकाले आफुले बचाउनका लागि लागिपरेको नौमुले सांस्कृतीक संरक्षण कार्यक्रमको संयोजक गगन रोकामगरले बताए । नौमुले गाउँपालिकाले मारुनी नाचसंगै देउडा नाच, झाउरे गित पंञ्चेबाजा, लोकदोहोरी गित लोप हुन लागेको भन्दै संरक्षणका प्रतियोगिता समेत गरेको छ ।
क्याप्सन ः नौमुले बजार भएको साँस्कृतिक कार्यक्रममा मारुनी नाच देखाउँदै द्धारी भाँडेका कलाकार टोली ।





Leave a comment

Your email address will not be published.


*