कर्मचारीको सरुवा अब चक्रीय प्रणालीमा !

          |   प्रकाशित मितिः बुधबार, कार्तिक २७, २०७६     ::: 27 पटक पढिएको   |  

२७ कात्तिक, काठमाडौं । निजामती कर्मचारीको सरुवा चक्रीय प्रणालीमा गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले सहमति जुटाएको छ । समितिमा छलफलमा रहेको निजामती कर्मचारी विधेयकमा पूर्वानुमान योग्य हुने गरी कर्मचारीको सरुवाको चक्रीय प्रणालीमा गर्ने विषयमा बुधबार सहमति जुटेको हो ।

‘निजामती कर्मचारीलाई सरुवा गर्दा अनिवार्य रुपमा चक्रीय प्रणाली अवलम्बन गरिनेछ । यसरी सरुवा गर्दा निजामती कर्मचारीलाई सबै भौगोलिक क्षेत्रको अनुभव दिलाउने र पूर्वानुमान योग्य हुने गरी तोकिए बमोजिमको आधार र प्राथमिकता बमोजिम पारदर्शी रुपमा गरिनेछ’ समितिले सहमति जुटाएको विधेयकको दफा २२ मा भनिएको छ ।

मेरो सरुवा कहाँ हुँदैछ भन्ने जानकारी समेत पाउने गरी चक्रीय प्रणालीमा सरुवा गर्ने व्यवस्था विधेययकमा गर्न लागिएको सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले बताए ।

कर्मचारी सरुवामा हालसम्म चक्रीय प्रणाली लागू भएको छैन । स्थानीय तहहरुको आधारमा नेपालको भूगोललाई चार वर्गमा विभाजन गरी कर्मचारीलाई चक्रीय रुपमा सरुवा गर्ने गरी विधेयकमा व्यवस्था गर्न लागिएको हो । स्थानीय तहहहरुलाई क, ख, ग र घ वर्गमा विभाजन गरिनेछ ।





Leave a comment

Your email address will not be published.


*