पत्रकार शर्माको निधन

          |   प्रकाशित मितिः शुक्रबार, कार्तिक २९, २०७६     ::: 19 पटक पढिएको   |  

स्व. पत्रकार डिलप्रसाद शर्मा ।

दैलेख कात्तिक २९ । पत्रकार डिलप्रसाद शर्माको उपचारका क्रममा सिभिल अस्पतालमा बिहीबार निधन भएको छ। बोनम्यारो सम्बन्धी समस्याले पीडित शर्मा चार महिनादेखि उपचाररत थिए। उनको बोनम्यारो प्रत्यारोपणका क्रममा निधन भएको अस्पतालले जनाएको छ। २३ वर्षीय शर्मा ‘साझा बिसौनी’ दैनिक र ‘देशसञ्चार’ अनलाइनमा आबद्ध थिए।

अल्पायुमै शर्माको निधनले स्तब्ध भएको नेपाल पत्रकार महासंघले जनाएको छ। महासंघका महासचिव रमेश विष्टले प्रेस विज्ञप्ति जारी गर्दै शर्माप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै मृत आत्माको चिर शान्तिको कामना गरेको छ। पत्रकार शर्माको बिहिवार नै पशुपती आर्यघाटमा अन्तेष्टी गरिएको छ ।





Leave a comment

Your email address will not be published.


*