टी १० लिग: पारसको टिमले पहिलो खेलमा बराबरी खेल्यो

          |   प्रकाशित मितिः शनिबार, कार्तिक ३०, २०७६     ::: 39 पटक पढिएको   |  

एजेन्सी । यूएईमा जारी टी १० लिग क्रिकेटमा पहिलो खेलमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का रहेको टिम आबुधाबीले टिमले कलन्दरसँग बराबरी खेलेको छ ।

यो खेलमा पारस खड्काले ब्याटिङमा नटआउट तीन रन बनाए पनि बलिङ भने गर्न पाएनन् ।

पहिलो खेलमा नै प्लेइङ सेटमा परेका पारस पाँचौ नम्बरमा ब्याटिङमा आएका थिए । जसमा उनले पहिलो बल फेस गर्दा दुई रन लिएका थिए । अर्को तर्फ ब्याटिङ गरेका कोरी एन्डरसनले लगातार बाउन्ड्री प्रहार गरेकाले पारसले खासै ब्याटिङको मौका पाउनन् ।

तर पनि उनले एन्डरसनसँग रनिङ बिट्वीन द विकेटमा राम्रो गरेका थिए । तर उनले दोस्रो बलमा रन लिन सकेनन ।अन्तिम बलमा उनले थप एक रन लिन सफल भए ।

जसका कारण उनको टिमले २० ओभरमा ६ विकेट गुमाउदै एक सय तीन रन बनाएको थियो । जवाफमा कलन्दर्सले पनि १० ओभरमा तीन विकेट गुमाउँदा एक सय तीन रन बनाउँदा खेल बराबरी भयो । जसका कारण दुवै टिमले अंक बाँडे ।





Leave a comment

Your email address will not be published.


*