अनुशासन तोडेका कारण बिमल सहित ४ राष्ट्रिय फुटबलर बर्खास्त

          |   प्रकाशित मितिः शनिबार, कार्तिक ३०, २०७६     ::: 30 पटक पढिएको   |  

काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप २०२२ को छनोटमा कुवेतको खेलअगाडि चार खेलाडीलाई टिमबाट बर्खास्त गरेको छ ।

बर्खास्तीमा पर्नेहरुमा विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी रहेका छन् ।

उनीहरु शुक्रबार राति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही गरिएको एन्फाले जनाएको छ। एन्फाले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई कारबाहीस्वरुप टिमबाट बर्खास्त गरेको हो।

सम्बन्धित- टी १० लिग: पारसको टिमले पहिलो खेलमा बराबरी खेल्यो

नेपाली टिम शनिबार ३ बजे भुटान प्रस्थान गर्दैछ । कारबाहीमा परेका चार खेलाडीले भने भुटानको यात्रा गर्ने छैनन्। उनीहरुको स्थानमा एन्फाले वैकल्पिक खेलाडीलाई भुटान पठाउने जनाएको छ।





Leave a comment

Your email address will not be published.


*