प्रधानमन्त्रीको तेस्रोपटक डायलसिस

          |   प्रकाशित मितिः शनिबार, कार्तिक ३०, २०७६     ::: 19 पटक पढिएको   |  

काठमाडौँ कार्तिक ३० – प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक डायलसिस गरिएको छ । उनले ग्रान्डी अस्पतालमा तेस्रो पटक होमोडायलसिस गराएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक एव‌ं नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष डा. दिव्या सिंह शाह, अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष डा प्रेमराज ज्ञवालीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले नियमित स्वास्थ्य परीक्षण तथा उपचारका गराएको समेत उल्लेख छ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उनी उपचार पश्चात आज (शनिबार) नै निवास फर्कने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मिर्गौलाले एकाएक काम गर्न छाडेपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना भई कात्तिक १२ र १३ गते डायलसिस गराएका थिए।





Leave a comment

Your email address will not be published.


*