छुटाछुट्टै दुर्घटनामा दुईको मृत्यु

          |   प्रकाशित मितिः मङ्लबार, मंसिर ३, २०७६     ::: 21 पटक पढिएको   |  

सल्यान मंसिर २ : सल्यानमा एकजनाको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको कपुरकोट गाउँपालिका १ उनवाङका २३ वर्षीय गोपाल रानाको ससुराली जाने क्रममा भीरबाट लडेर रोल्पामा मृत्यु भएको हो ।

सोमबार रोल्पाको रुन्टीगडी गाउँपालिका ८ स्थित ससुराली हिँडेका गोपाल मंगलबार बिहान रुन्टीगडीकै धुम्का भीरमा मृत अवस्थामा भेटिएको कपुरकोट १ का वडाध्यक्ष बालाराम खड्काले जानकारी दिए ।

यता मोटरसाइकलको ठक्‍करबाट अर्का एकजनाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्‍करबाट घाइते शारदा नगरपालिका ९ सुनचौर निवासी ८० वर्षीया बालिका बिष्टको उपचारको क्रममा मृत्यु भएको हो ।

सोमबार दिउँसो साढे १ बजेको समयमा बाटो काट्ने क्रममा रा ४ प २४२४ नम्बरको मोटरसाइकलले बिष्टलाई छत्रेश्वरी गाउँपालिका ६ लान्तिबजारमा ठक्‍कर दिएको थियो । मोटरसाइकलको ठक्‍करबाट घाइते बिष्टको श्रीनगरमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको थियो।





Leave a comment

Your email address will not be published.


*