दैलेखमा माइक्रो बस दुर्घटना : ३ को मृत्यु, ७ जना घाइते

          |   प्रकाशित मितिः शुक्रबार, मंसिर १३, २०७६     ::: 95 पटक पढिएको   |  

दैलेख मंसिर १३ : दैलेखको गुराँस गाउँपालिका–४ घोडाबास नजिकै (माइक्रो बस)हाइस दुर्घटना हुँदा ३ जनाको ज्यान भएको छ । सुर्खेतबाट दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीका अनुसार ७ जना घाइते भएका छन्। 

घाइतेको उद्वार भइरहेको दैलेख प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले जानकारी दिए । प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको टोली घटनास्थलतर्फ गइरहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको डीएसपी ओलीले बताए।





Leave a comment

Your email address will not be published.


*