दैलेख दुर्घटना : मृतक सबैको सनाखत (अपडेट)

          |   प्रकाशित मितिः शुक्रबार, मंसिर १३, २०७६     ::: 637 पटक पढिएको   |  

दैलेख : दुर्घटनाग्रस्त माइक्रो बस (हाइस) ।

दैलेख मंसिर १३ । दैलेखमा माइक्रो बस (हाइस) दुर्घटना हुँदा घटना स्थलमै ज्यान गुमाएका तीनै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा विरेन्द्रनगरनगरपालिका–३ सुर्खेतका ५७ बर्षीय थिरे सुनार, सानोश्री नगरपालिका– ८ बर्दियाका २९ बर्षीय नामबहादुर बडुवाल र उनका पत्नी २७ बर्षीय कमला बडुवाल रहेको दैलेखका डिएसपी हरिबहादुर ओलीले बताए ।
दुर्घटनामा चालक सहित १५ जना घाइते भएको डिएसपी ओलीले जानकारी दिए । घाइते हुनेहरुमा सुर्खेत खजुराका मंगले गुरुङ्ग, मुकेश गुरुङ्ग, दुल्लु नगरपालिका–१० का लक्ष्मी योगी, अबिषेक योगी, सुर्खेत तातापानीका मोहन परियार, चन्द्रा परियार र भिम परियार रहेको प्रहरीले जनाइएको छ ।
यस्तै सुर्खेत सुब्बाकुनाका देवीप्रसाद सुवेदी, धुलियाविटका चन्द्रकली सिगौडी, भगवतीमाई गाउँपालिका–३ का लक्ष्मीप्रसाद उपाध्याय, नौबस्ता बाँकेका कर्णबहादुर बोगटी, लक्ष्मी बोगटी, चामुण्डाविन्द्रासैनी नगरपालिका–४ का लक्ष्मी रावत, नारायण नगरपालिका–४ का दिलबहादुर कटुवाल रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ ।
विरेन्द्रनगर नगरपालिका–१८ का चालक नरेश शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको ढाडमा चोट लागेको दैलेख प्रहरीले जनाएको छ । सुर्खेतबाट दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दैलेखको गुराँस गाउँपालिका–४ घोडाबास नजिकै मुग्र्रा भन्ने स्थानमा दुर्घटना भएको थियो । तीव्र गतिमा रहेको माइक्रो बस (हाइस) पानी भएको खाल्डो कटाउन खोज्दा अनियन्त्रीत भई दुर्घटना भएको चालक शाहीले प्रहरी समक्ष बताएका छन् ।





Leave a comment

Your email address will not be published.


*