यात्रामा न यात्रीको सम्मान छ, न जीवनको मूल्य

          |   प्रकाशित मितिः आइतवार, मंसिर १५, २०७६     ::: 343 पटक पढिएको   |  

मिलेको सडक, करिब एक सय मिटर अगाडीसम्म अर्काे गाडी आएको हेर्न सकिन्छ । त्यस्ता न घुम्तिहरु छन् नत बिग्रेको बाटो नै छ । करिब पाँच मिटर जत्तिको खाडल पार गर्न तीन मिटर अगाडी देखि गाडीको गियर कम गराएर कम गतिमा हाक्दा सडक सजिलै पार गर्न सकिन्छ । नजिकै घर छ र प्राय ः घर नजिक बालबालिका, बृद्व, पशु चौपायहरु हुने गर्छन् । कहिल्यै गाडि नचलाएको सडक पनि होईन् । बर्षाै देखि यही सडकमा गाडी गुडाउदै आएका सवारी चालकको लापरवाहीले गर्दा दैलेख सुर्खेत खण्डको मुग्रामा मंसिर १३ गते भएको सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् भने १० जना भन्दा बढी घाईते भएर उपचारको लागि अस्पताल लगिएको छ ।
घटना भएको आधा घण्टा पछि म घटनास्थलमा पुगेको थिए । विगतमा प्राय ः दुर्घटना भएका स्थलहरुको निरिक्षण गर्ने हो भने पनि देखिन्छ कम जोखिमयुक्त सडक र विपरित दिसाबाट आएको गाडिलाई सजिलै पास गर्न सकिने स्थानमै सवारी दुर्घटना भएका छन् । अनि मनमनै सोचे यति सहज स्थानमा पनि कसरी गाडी दुर्घटना भयो ?घटनास्थलमा हेर्दा केही घाईतेहरुलाई तत्काल उपचारका लागि सुर्खेत हस्पिटलमा पठाईसकिएको रहेछ । केही वेहोसी अवस्थामै थिए । तीन जनालाई स्टेचरमा राखेर अनुहार ढाकिएको थियो । मैले सोचे उपचारको लागि तयारी गरिएको रहेछ । कसैको कुरा कसैलाई सुन्न फुर्सद पनि थिएन् । कसैलाई नसोधी उनीहरुलाई एकोहोरो हेरे । स्टेचरमा लमतन्न सुतिरेहका ति अपरिचतहरुको कुनै हलचल नदेखेपछि मलाई लाग्यो दुर्घटनामा ज्यान गुमाउने तीन जना यिनै रहेछन् ।
समथल परेका खेतीयोग्य गह््रा र जग्गा भिरालो नभए पनि मुग्राहमा दुर्घटना भएको गाडी एक सय ३० मिटर भन्दा तल खोल्सामा खसेको छ । गाडी रोकिने सम्भावना प्रसस्त हुदाँ हुदै गाडी नरोकिनुले अनुमान गर्न सकिन्छ कि गति आवश्यकता भन्दा धेरै बढी थियो । जस्ले गर्दा न चालकले गाडी रोक्न सके न गाडी बिचमा रोकियो । गाडी जति ओरोलो झर्दै गयो यात्री गाडीको झ्याल र ढोकाबाट फुत्त फुत्त बाहिर खस्दै गए । भिरालो र अप्ठेरो स्थानमा दुर्घटना भए सायद कुनै पनि यात्रु जिवित हुन्थेनन् होला । त्यही दुर्घटना भएको गाडीमा सुर्खेत देखि गुराँसे सम्मको यात्रा गरेका एक जना यात्रीले भने यो चालकले गाडी बहुत हाक्दो रहेछ । आज सुर्खेत देखि २५ मिनेटमा गुराँसे पुगियो । सामान्यतया सुर्खेत गुराँसे मोटर बाईकमा एक घण्टा लाग्छ । घटनास्थलकै अर्का यात्रुले भने बसपार्कमा गाडीवाला यात्रुलाई तानातान गर्छ्न । गाडीवालाले मेरो गाडीमा जाउ भनेर तान्दा त कतिपय यात्रुको कपडा नै च्यातिन्छ त कतै सामानहरु छुट्ने गर्छन् । गाडी छुट्न लाग्यो भनेर जवरजस्ती गाडी भित्र कोचिएका यात्रुलाई एक डेढ घण्टा पर्खाइन्छ । भित्र पसिसकेपछि उभिने पनि ठाउ हुदैन् ।
मेरो बसाई प्राय ः गुराँसे बजारमै भएको हुदाँ गाडिको स्पिड नजिकबाट हेर्ने अवसर मिलेको छ । दुईवटा गाडी सँगसँगै करिब दुई मिटरको अन्तरमा स्पिडले कुदिरहेका हुन्छन् । न पछाडीको गाडीले गति कम गर्छ न अगाडीकोले साईड दिन्छ । ट्राफिकको नियम अनुसार पछाडीको गाडी नजिक आइरहेको जानकारी पाएपछि अगाडीकोले साईड दिनुपर्छ । पछाडीको गाडीले जति सुकै पिछा गरोस तर गाडी चालकहरु साईड दिन तयार हुदैनन् र धुलो उडाउदै अगाडीनै लाग्नमा उनीहरुले आनन्द मानिरहेका हुन्छन् । म प्राय ः बाईकमा यात्रा गर्ने गर्छु । अधिकाँस सडकमा खाल्डा छन् । भएको सानो पिच पनि छोड्ने कसैलाई मन लाग्दैन् । साईड मागेको बेला नदिएपछि कहिले कही तिब्र गतिमा गुडिरहेका सवारी चालकलाई रोकेर सम्झाउ भन्ने जस्तो लाग्छ । फेरी सोच्छु बरफ भित्र न्यानो र आगोमा सितलता खोज्नु मूर्खता हो । राज्यले नियन्त्रण र नियमन गर्न नसकेको निकायलाई म सामान्य नागरिकले के बुझाउन सक्थे । यातायात व्यवसाय भित्र भएका लापरवाही राज्यले राम्रोसँग बुझेको छ । मनपरी भाडा असुली, यात्रुको ज्यान जोखिम हुने गरी सञ्चालन गरिएका सवारी साधन र दादागिरी । तर राज्य चुप छ कसैलाई कार्वाही गर्ने पक्षमा छैन् ।
यस्ता घटना दिनहु घटिरहेका छन् । जन्म र मृत्यु नेपाली समाजको लागि अब कुनै नयाँ कुरा होईन् । यहाँ मान्छेको जीवनलाई पैसासँग तुलना गरिएको छ । जीवनको कुनै मूल्य छैन् । घटनास्थलका अभिव्यक्ति सुन्दा मलाई त झन अनौठो लाग्छ । पिडितलाई न्याय दिनुको साटो रगतको मूल्य तोकिन्छ । विदेशमा सवारी ज्यान दुर्घटना गराउनेलाई आजिवन कारावासको सजाय हुन्छ । तर यहाँ घट्ना घटेकै दिन देखि कागज मिलाउन शुरु गरिन्छ र ३५ दिनको अनुसन्धान पछि जेल मुक्त हुने व्यवस्था छ । यातायात लापरवाहीमा गरिएको यही फितलो कानुनका कारण यातायात व्यवसायी यात्रुप्रति जिम्मेवार देखिदैनन् जस्ले गर्दा हरेक दिन यस्ता घटनाहरु घटिरहेका छन् । केन्द्रीय प्रहरी कार्यालयको तथ्याँक अनुसार २०७० श्रावण देखि २०७५ फागुनसम्म ५७ हजार ४०७ वटा सवारी दुर्घटना मध्ये ५ वर्षमा औषत प्रतिवर्ष ९ हजार ७४१ भन्दा बढी दुर्घटना हुने गरेको तथ्याँक उल्लेख छ । त्यसैगरी पाँच वर्षमा ८२ हजार ९०६ मानिस दुर्घटनामा परेका मध्ये १२ हजार ५२७ ले ज्यान गुमाएका थिए । यो तथ्याँक हेर्दा विगत १० वर्षमा भएको सशस्त्र द्धन्द्धका क्रममा ज्यान गुमाउनेको संख्या भन्दा दोब्बर हो ।
राज्यनै छैन जिम्मेवार
सुर्खेत दैलेख राजमार्ग शुरु भएको दुई दश बढी हुदाँ सम्म पनि सडकको स्तरोन्नतीका लागि राज्यपक्ष बाट कुनै भूमिका खलेको देखिदैन् । राउटे पुरुषले लगाउने लगउटी (धोती) जस्तै ४ मिटरको पिच उप्किएर खाल्डै खाल्डा बनेका छन् । धुलाम्मे बाटोले यात्रुलाई सास्ति छ । साघुरा मोड एउटा गाडी आएको अर्काे गाडीले देख्दैन् । वर्षाै देखिका जिर्ण सडक मर्मत हुदैनन भने सडक विभाग राख्नु र नराख्नुको कुनै अथैनै छैन् । प्रहरी चेक पोष्टहरु कामकाजीका मात्रै छन् । तिब्रगती र यात्रु कोचाकोच गरी सञ्चालन गरिएका सवारी साधनको चेक जाँच नियमित सुरक्षाकर्मीबाट हुदैन् । मन परेको बेला चेक गर्ने र मन नपरेको बेला चेक नगर्ने परिपाटिले गर्दा यात्रु चालकहरुमा लापरवाहीको हद बढ्दै गएको छ । यात्रामा हुने दुर्घटनालाई न्यूनिकरण गर्न सडकको स्तरोन्त्तीका साथै सुरक्षा व्यवस्थालाई कडाईका साथ लागु गर्न आवश्यक देखिन्छ । अर्काेतिर यात्रा गर्दा अपनाउनु पर्ने होसियारी र सुरक्षाको बारेमा स्वयं यात्री र सर्वसाधारण नागरिकहरुमा सचेतिकरण बढाउनु पर्छ ।

सुर्खेत–दैलेख सडकखण्डमा मनपरी भाडा असुली, यात्रुको ज्यान जोखिम हुने गरी सञ्चालन गरिएका सवारी साधन र दादागिरी । तर राज्य चुप छ, कसैलाई कार्वाही गर्ने पक्षमा छैन् ।
राजमार्ग शुरु भएको बर्र्षौ हुँदासम्म सडकको स्तरोन्नतीका लागि सरकारी निकायबाट ठोस कदम चालिएको देखिदैन् । उप्किएर खाल्डै खाल्डा बनेका छन् ।
बाल अधिकारको क्षेत्रमा कार्यरत अधिकारी समसामयक विषयमा कलम चलाउने गर्दछन् ।





Leave a comment

Your email address will not be published.


*