मोरङको धनपालथान गाउँपालिका–२ को अध्यक्षमा कांग्रेसको जित

          |   प्रकाशित मितिः आइतवार, मंसिर १५, २०७६     ::: 28 पटक पढिएको   |  

मोरङ । धनपालथान गाउँपालिका वडा नम्बर २ मा भएको उप चुनावमा नेपाली कांग्रेसका नारायणप्रसाद साह विजयी हुनुभएको छ ।

नेकपाका पंकज मण्डललाई पराजित गर्दै साह विजयी हुनुभएको हो । नेकपाका पंकज मण्डलले १ हजार ४ सय ९७ मत प्राप्त गर्नुभयो भने विजयी नेपाली कांग्रेसका नारायणप्रसाद साहले १ हजार ७ सय ०१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो वडामा यस अघिको चुनावमा नेकपाले जितेको थियो । प्राप्त मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तकी ज्योती पासवानको २४ मत, नेपाल लोकतान्त्रिक पार्टीका देवनारायण मण्डलको ८ मत, मंगोल नेशनल अर्गनाइजेशनका मेघनाथ पासवानले ७ मत मात्र प्राप्त गर्नुभयो ।

त्यस्तै जनमत पार्टीको तर्फबाट उम्मेदवार भएकी चनरादेवी मण्डलले ९ मत प्राप्त गर्नुभयो । ४ हजार ७४ मतदाता रहेको यो ठाउँमा ३ हजार २ सय ८४ मत खसेको थियो । खसेको मत मध्ये ३८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





Leave a comment

Your email address will not be published.


*