भक्तपुर १ (क) मा कांग्रेसका भँडेल विजयी

          |   प्रकाशित मितिः आइतवार, मंसिर १५, २०७६     ::: 34 पटक पढिएको   |  

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ (क) मा प्रदेशसभा सदस्यका लागि भएको उपचुनावमा नेपाली कांग्रेस विजयी भएको छ । उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेमकिपालाई पछाडि पार्दै कांग्रेसका उम्मेदवार कृष्णलाल भडेँलले १३ हजार ४४९ मत ल्याएर विजयी हुनुभएको हो ।

निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार डि।पि। ढकालले ११ हजार २०६ मत प्राप्त गर्नु भएको छ भने नेमकिपाका उम्मेदवार निरज लवजूले ५ हजार ८२९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का श्यामप्रसाद नेपालले ५७४ र साझा पार्टीका सुरज प्रधानले ३८५ मत प्राप्त गरेका छन् ।

२०७४ सालमा भएको चुनावमा तत्कालीन एमालेबाट निर्वाचित हरिशरण लामिछानले १२ हजार ७८९ मत ल्याएर विजयी हुनु भएको थियो भने काँग्रेसका जीवन खत्रीले ९ हजार ९७७ मत र नेमकिपाका निरज लवजुले ७ हजार १९ मत प्राप्त गर्नु भएको थियो । लामिछानेको मष्तिस्कघातबाट निधन भएपछि रिक्त रहेको यो स्थानमा उपचुनाव भएको हो ।

चाँगुनारायण नगरपालिकाको ९ वटै वडा र भक्तपुर नगरपालिकाको वडा नं १० गरी कूल १० वटा वडामा भएको उपचुनावमा ७१.१७ प्रतिशत मत खसेको थियो ।

२१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी जम्मा ४५ हजार १५ मतदाता रहेको यो क्षेत्रमा १५ हजार ६६५ पुरुष र १६ हजार ३७२ महिला गरी जम्मा ३२ हजार ३७ मतदाताले मतदान गरेका थिए ।





Leave a comment

Your email address will not be published.


*