अमेरिकी सीमा नजिकै भिडन्त: १४ को मृत्यु

          |   प्रकाशित मितिः आइतवार, मंसिर १५, २०७६     ::: 37 पटक पढिएको   |  

मेक्सिको सिटी: मेक्सिकोमा प्रहरी र लागूऔषध तस्करबीच भिडन्त हुँदा तस्करीमा संलग्न १० जना हतियारधारी र चार प्रहरीको मृत्यु भएको छ ।

अमेरिकी सीमाक्षेत्र नजिकैको सहर भिल्ला युनियनमा यस्तो भिडन्त भएको हो । जुन सीमाक्षेत्रको सहर पिएद्रास निग्रासबाट ६५ किलोमिटर पर पर्छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीमाक्षेत्रमा आतंकवादी समूहका कारण द्धिपक्षीय तनाब बढेको बताएको भोलिपल्टै यस्तो भिडन्त भएको हो । प्रहरीसँग भिडन्त हुँदा हतियारधारी समूहले केही सवारी साधन समेत प्रयोग गरेका थिए ।





Leave a comment

Your email address will not be published.


*