उप निर्वाचन: जहाँ परिणाम उल्टियो

          |   प्रकाशित मितिः सोमवार, मंसिर १६, २०७६     ::: 48 पटक पढिएको   |  

काठमाडौँ । निर्वाचनपछि विभिन्न कारणले रिक्त रहेका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा शनिबार उपनिर्वाचन भएकामा कतै पहिले जितेका दलले पराजय भोगेका छन् भने कतै पहिले पराजित भएका दलले जितेका छन् ।

आइतबार साँझसम्म प्राप्त मत परिणामअनुसार २०७४ मा सम्पन्न निर्वाचनमा कांग्रेसले जितेका ६ स्थानीय तहअन्तर्गतका वडाको उपनिर्वाचनमा नेकपाले जितेको छ । यस्तै, नेकपाले जितेका ६ वटा वडा र एउटा प्रदेशमा कांग्रेसले जित हात पार्दै परिणाम उल्टाएको छ ।

भक्तपुर १ ‘क’ मा यसअघि भएको निर्वाचनमा नेकपाका हरिशरण लामिछाने निर्वाचित भएकामा उपनिर्वाचनमा भने कांग्रेसका कृष्णलाल भँडेल निर्वाचित भएका हुन् ।

पादुका स्थानमा रहेका बहुमुल्य मुर्ति चोरी

भँडेल १३ हजार ४ सय ४९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी नेकपाका देवीप्रसाद ढकाल ११ हजार २ सय ६ मत ल्याएर पराजित भएका छन् ।

२०७४ मा सम्पन्न निर्वाचनमा कांग्रेसले जित हात पारेको बाजुराको त्रिवेणी १ मा उपनिर्वाचनको परिणाम नेकपाको पोल्टामा परेको छ । सो स्थानमा नेकपाका मनराज बुढा विजयी भएका हुन् ।

यस्तै, अछामको मल्लेख गाउँपालिका–५ मा पनि नेकपाका रमेशबहादुर खड्का निर्वाचित भएका छन् । सो वडामा अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको थियो । उपनिर्वाचनमा भने खड्काले ७ सय ७८ मत प्राप्त गरेर जितेका हुन् ।

यी हुन् कांग्रेसले जितेका वडा

यसैगरी, बाँकेको कोहलपुर–६ मा पनि नेकपाले नतिजा उल्टाएको छ । शनिबार सम्पन्न उपनिर्वाचनबाट नेकपाका रामशरण थारू ८ सय मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । सो स्थानमा पहिले कांग्रेसले जितेको थियो ।

यस्तै, सिरहाको कल्याणपुर–१२ मा नेकपाका दिलिपकुमार यादव विजयी भएका छन् । उनले ८ सय २५ मत प्राप्त गरे । सो वडामा यसअघि कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए ।

पाँचथरको फिदिम नगरपालिका–१ मा नेकपा उम्मेदवार गजाधर भट्टराई निर्वाचित भएका छन् । सो वडामा अघिल्लोपटक कांग्रेसले जितेको थियो ।

भोजपुरको पौवादुङ्मा १ मा ६ सय ६१ मत ल्याउँदै नेकपाका उम्मेदवार जितेन्द्र राई विजयी भएका छन् । यसअघिको निर्वाचनमा कांग्रेसले जितेको थियो ।

यी हुन् नेकपा विजयी भएका २२ वडा

२०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारले जितेको रोल्पाको थवाङ–१ मा पनि नेकपा उम्मेदवार जनकबहादुर बुढा मगर १ सय ७४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका विक्रम चौधरी निर्वाचित भएका छन् । यसअघि राजपा उम्मेदवारले जितेको सो गाउँपालिकामा तत्कालीन प्रमुख प्रतिस्पर्धी चौधरीले जित हात पारेका हुन् ।

भक्तपुर १ (क) मा कांग्रेसका भँडेल विजयी

चौधरीले ३ हजार २ सय ४९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवले ३ हजार ४१ मत पाएका छन् ।

कांग्रेसले भने यसअघि नेकपाले जितेका ६ र राजपाले जितेका एक वडामा आफ्नो वर्चस्व देखाएको छ ।





Leave a comment

Your email address will not be published.


*