धरानमा कांग्रेस उम्मेदवार २६ सय मतान्तरले अगाडि

          |   प्रकाशित मितिः सोमवार, मंसिर १६, २०७६     ::: 29 पटक पढिएको   |  

विराटनगर – सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाममा नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर थप फराकिलो पारेका छन् ।

यी हुन् कांग्रेसले जितेका वडा

भर्खरै सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले २६०५ मतान्तरसहित अग्रता लिएका छन् । उनले हालसम्म २५९९८ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश राईले २३३९३ मत पाएका छन्।

उप निर्वाचन: जहाँ परिणाम उल्टियो

२० वटा वडा रहेको धरान उपमहानगरपालिकामा अब वडा ७ को मात्र मतगणना हुन बाँकी छ । अहिलेसम्म ५३५१७ मत गणना भइसकेको छ जसमा १०९० मत बदर भएको छ ।





Leave a comment

Your email address will not be published.


*