कांग्रेसले तोड्यो पूर्वको ‘लाल किल्ला’ धरान, तिलक राईको जित सुनिश्चत

          |   प्रकाशित मितिः सोमवार, मंसिर १६, २०७६     ::: 31 पटक पढिएको   |  

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई जित नजिक पुगेका छन् । २०४६ सालपछि सधैं कम्युनिस्ट पार्टीले जित्दै आएको धरानमा कांग्रेसले हात पार्ने निश्चित भएको हो ।

आज बिहान सार्वजनिक भएको मत परिणामअनुसार कांग्रेसका उम्मेदवार राईले नेकपा उम्मेदवार प्रकाश राईलाई उछिनेका हुन् ।

वडा नम्बर ७ को मतगणना अन्तिम चरणमा रहँदा नेपाली काँग्रेसका तिलक राईले २५ हजार ९९५ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का उम्मेदवार प्रकाश राईले २३ हजार ३९३ मत प्राप्त गरेका छन् ।

उप निर्वाचन: जहाँ परिणाम उल्टियो

यसअघि, धरानमा नेकपाका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए । उनको निधनपछि धरानमा उपनिर्वाचन भएको हो ।

यसअघि, धरान उपमहानगरपालिकामा २० हजार ९७५ मत ल्याएर एमालेका तारा सुब्बा निर्वाचित भएका थिए भने कांग्रेसबाट तिलक राईले १६ हजार १०२ मत ल्याएका थिए । माओवादी केन्द्रबाट उम्मेदवार बनेका अइन्द्र विक्रम बेघाले ११ हजार १८० मत ल्याएका थिए ।

एमाले र माओवादीपछि बनेको नेकपाको करिब ३२ हजार मत देखिएपछि परिणाम भने त्यसको ठीक विपरित आएको छ । कम्युनिस्ट पार्टीको बहुमत रहने धरान ११ मा ४५ मत र १५ नम्बर वडामा २४२ मतले कांग्रेस अघि देखिएको छ ।

धरानमा आएको यो परिणामले नेपाली कांग्रेस उत्साहित बनेको छ । अन्तिम मतपरिणाम आउन अघि नै मतगणना स्थलबाहिर नेपाली कांग्रेसका कार्यकर्ताहरुले विजय उत्सव सुरु गरेका थिए ।





Leave a comment

Your email address will not be published.


*