बलात्कार आरोपमा ‘सिद्धबाबा’ माथि अनुसन्धान गर्न ४ दिन म्याद थप

          |   प्रकाशित मितिः सोमवार, मंसिर १६, २०७६     ::: 11 पटक पढिएको   |  

काठमाडौँ । बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई चार दिनको म्याद दिएको छ ।

सुनसरीका जिल्ला न्यायाधीस धर्मराज पौडेलको इजलासले उनीमाथि अनुसन्धान गर्न चार दिनको म्या दिएको हो । अनुसन्धानका लागि म्याद थप गरेपछि उनलाई विराट नर्सिङ होममा नै लगिएको छ । उनलाई सोमबार बिहान विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूबाट पक्राउ गरेको थियो ।

बलात्कार आरोपमा ‘सिद्धबाबाबा’ आईसीयूबाटै गिरफ्तार

एक महिलाले सिद्धबाबा भनिने गिरीले आफूमाथि बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरिएको सुनसरीका एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

गिरीले महिलासँग कुराकानी गरेको टेलिफोनको अडियो समेत सार्वजनिक भएको थियो । गिरीले आफू निर्दोश रहेको दाबी गर्दै आएका छन्।

सिद्धबाबाको करामतः प्रचण्डलाई भैंसी पुजाए, माधव नेपाललाई होम गराए

मुद्दा दायर भएपछि प्रहरीले उनको अनुसन्धान गर्न बिहीबारदेखि नै टोली खटाएको थियो। आफूमाथि अनुसन्धान सुरु भएको थापा पाएपछि उनी शुक्रबार बिहान विराट नर्सिङ होम भर्ना भएका थिए। पक्राउ गर्ने योजनासहित आइतबार बिहान प्रहरी अस्पताल पुगेपछि उनलाई आइसियुमा भर्ना गरिएको थियो।

उनलाई छात्ती, मुटु, प्रोस्टेट तथा मिर्गौलाको पत्थरीको समस्या रहेको अस्पतालले बताउँदै आएको थियो ।





Leave a comment

Your email address will not be published.


*